काँग्रेसमा उर्जा भर्दै क्रियाशील सदस्यता वितरण
चितवन÷साविकको भरतपुर १६ मा शनिवार नेपाली काँग्रेसले क्रियाशील सदस्यताको कार्ड वितरण ग¥यो । सयको हाराहारीमा वितरण भएको सदस्यता लिन उपस्थित काँग्रेस कार्यकर्तामा देखिएको उत्साहले नेपाली राजनीतिमा काँग्रेस सधैँ बाँचिरहने सङ्केत गरेको थियो । काँग्रेसको प्राण भर्न त्यत्ति नै नेता उपस्थित थिए । काँग्रेस सिद्धियो भन्नेलाई यो एउटा दृष्टान्त मात्र हो । काँग्रेस कहिल्यै सिद्धिन्न युवादेखि बृद्धसम्मले भेलाबाट निस्केपछि यसो भने ।
भेलामा सहभागी कार्यकर्ता मिनबहादुर लामाका अनुसार नेपाली काँग्रेसको सदस्यता वितरण एवं यसको सान्दर्भिकता भन्ने कार्यक्रममा नेता टेकप्रसाद गुरुङले प्रमुख अतिथिका रूपमा व्यक्त गरेका विचार कार्यकर्तालाई उर्जा भर्न र पार्टीलाई सही दिशामा डो¥याउन असाध्यै मननीय थिए । देश काँग्रेसको सिद्धान्तले चलेको तर काँग्रेस हारेको अवस्था हुनुमा पार्टी क्रियाशील सदस्यताको मर्म अनुरुप नचल्नु र नेता व्यक्तिगत स्वार्थ र गुट उपगुटमा लाग्नु हो उहाँले भन्नुभयो । क्रियाशील सदस्यता वितरण गर्दा व्यक्तिगत स्वार्थ भन्दा पार्टीलाई महत्व दिनुपर्ने अनुभव सुनाउँदै पार्टीलाई सही दिशानिर्देश गर्न क्रियाशील सदस्यहरू नै क्रियाशील हुनुपर्ने उहाँको धारणा थियो ।
अर्का सहभागी शिव पौडेलका अनुसार जबसम्म चुनावमा अन्तर्घात रोकिन्न तबसम्म काँग्रेसले चुनाव जित्दैन भन्ने जिल्ला सदस्य दीपक अधिकारीको दावीमा पनि सहभागीको समर्थन रह्यो । व्यक्तिभन्दा पार्टी बलियो बनाउने ध्येयले क्रियाशील सदस्यता बाँडिनुपर्ने जिल्ला सदस्य सुरविर पोखरेलको अनुभव सकारात्मक सुनियो अर्का एक सहभागी रामशरण पण्डितले बताउनुभयो । कार्यवाहक क्षेत्रीय सभापति अमृत बानियाले समग्रमा पार्टी हितमा काम गर्ने उद्देश्य राख्न सके पार्टीले नहार्ने कुरा आपूmले बुझेको काँग्रेस भएको धारणा राख्नुभयो ।
वडा नं. १६ का सभापति रामबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ज्ञानु घिमिरेले स्वागत मन्तव्य राखेपछि वडा नं. १७ का सभापति यमबहादुर गुरुङ र नगर सभापति भरत अधिकारीले नेपाली काँग्रेसमा क्रियाशील सदस्यता लिएर निष्कृय हुने अवस्था सुधार्न जरुरी भएको बताउनुभयो । कार्यक्रमको सहजीकरण पार्टीका वडासचिव कुलायनन्द अधिकारीले गर्नुभएको थियो । नेपाली काँग्रेसमा १४औं महाधिवेशनको रडाको सँगै क्रियाशील सदस्यता वितरण हुने क्रम पनि जारी छ ।