गिनिजबुकमा नाम लेखाउने यादवको धोको
धनुषा । जनकपुुरधाम उपमहानगरपालिका–१७ का दिनेशसिंह यादवले आठ वर्षदेखि आफ्नो नङलाई पोस्दै आएका छन् । सोखले नङ पाल्न थालेका यादव नङ निकै लामा हुन थालेपछि गिनिज बुकमा नाम आओस् भन्ने लक्ष्य राखेका छन् ।
पाँचवटै ओलामा लामा नङ पालेका यादवले एक दिन गिनिज बुकमा नाम लेखाउनेमा आशावादी रहेको बताएका छन् ।
उनका नङको चर्चा सुनेपछि हेर्न पुगेका प्रदेश नं. २ का मुख्यमन्त्री लालवावु राउतले पनि यादवको गिनिजबुकमा नाम लेखाउने लक्ष्यलाई सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् ।