तिजको छेकोमा ‘मारुनी’

काठमाडौं । त्रिकोणात्मक प्रेम कथामाथि निर्माण भएको चलचित्र ‘मारुनी’ को पोस्टर सार्वजनिक भएको छ । पुनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको पोष्टरमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक पुष्प खड्का र कलाकार रेविका गुरुङलाई प्रस्तुत गरिएको छ । रेविकाको यो डेब्यु चलचित्र हो ।
अर्जुन श्रेष्ठ, आयुश प्रधान, विनोद भट्टराई, सम्पदा बानियाँलगायतको अभिनय रहेको सो चलचित्रको कथा, पटकथा र संवाद नवल नेपाल र गोबिन्द फुयाँलले तयार पारेको बताइएको छ ।
चलचित्रको छायांकन सञ्जय लामा तथा सम्पादन मित्र डी गुरुङको रहेको छ । चलचित्रमा अर्जुन पोखरेल, दीपक बज्राचार्य र कृष्ण काफ्लेको संगीत छ ।
भदौ १३ गतेबाट देशभर प्रदर्शनमा आउने मारुनीले महिला दर्शक निकै पाउने देखिएको छ । तीजमा दर्शकको चाहना नेपाली चलचित्रमाथि नै बढी हुने गरेको छ । जसको फाइदा, ‘मारुनी’ले उठाउन सक्ने चलचित्र समीक्षकहरु बताउँछन् । सो चलचित्र महिलाकेन्द्रित कथामा बनेको छ ।
चलचित्रलाई नवल नेपालले भने जस्तै मुटु छुने बनाइएको छ भने ‘मारुनी’का निर्माताले यसपटक राहतको श्वास फेर्न सक्छन् । तर, यसका लागि कलाकारको साथ र कथावस्तुमा दम भने आवश्यक हुने समीक्षकहरु बताउँछन् ।