बित्तीय संघीयता र सहकारीको कार्यदिशा
परितोष पौड्याल
“समृद्ध नेपाल र सुखी नेपाली” को राजनीतिक आयामलाई पूर्णता दिन बित्तीय संघीयतामा आधारित बित्तीय सहकारीको कार्यदिशा निश्चित गर्नु अर्थराजनीतिक चिन्तनको अनिवार्य र महत्त्वपूर्ण पक्ष हो । समृद्धिको यात्रा पुरा गर्न आर्थिक वृद्धि र आर्थिक विकासलाई सम्पूर्ण आयामलाई संवोधन गर्नु पर्दछ । राज्यको संकल्प समृद्धिको यात्रा पुरा गर्न आयमा असमानतालाई न्यूनीकरण र धन सिर्जनाको लागि नागरिकलाई सक्षम वनाउनु पर्दछ । नागरिकलाई सक्षम वनाउन वित्तीय मध्यस्तकर्ताको रुपमा शोषण र नीजि स्वामित्वमा आधारित वैंकीङ्ग प्रणालीको अतिरिक्त समुदायमा आधारित वित्तीय सहकारीसंस्थाको भूमिका निश्चित गर्नु पर्दछ । नागरिकको आर्थिक अधिकार सुनिश्चित गर्न वित्तीय समावेशीकरण मार्फत सामथ्र्य, उपलब्धता र पहुँचलाई सुनिश्चित गरि सामाजिक न्याय र समानता प्राप्तिको लागि बित्तीय मध्यस्थकर्ताको रुपमा वित्तीय सहकारीको प्रभावकारी भूमिका हुनुपर्दछ । समुदायमा आधारित सम्पूर्ण वित्तीय समाधान र व्यक्ति केन्द्रित वित्तीय पहुँच, वित्तीय वजार व्यवस्थाको सन्तुलनका लागि वचत तथा ऋण सहकारी संस्था(साकोस)को सक्षमता विना समाजवादमा अर्थराजनीतिको स्थायित्व सम्भव हुदैन ।
नेपालको संविधानको परिकल्पना गरेको राज्य, सहकरी र नीजि क्षेत्रमा आधारित अर्थराजनीति र समृद्धिको यात्रालाई साकार स्वरुप दिनका लागि बित्तीय सहकारीको प्रर्वधन अनिवार्य र महत्त्वपूर्ण शर्त हो । बित्तीय क्षेत्र जोखीमको क्षेत्र भएकाले तीन तहका सरकारले बित्तीय सहकारी सन्चालनको मापदण्डमा एकरुपता कायम गर्नु पर्दछ । गुणस्तरीय सुशासन, प्रतिस्पर्धामा आधारित वित्त वजार, सन्चालनमा प्रभावकारीता, बित्तीय पहुँच र समावेशीकरणको सम्वन्धमा पश्चिम यूरोप र अमेरिकाका अभ्यासहरु फरक फरक पाइन्छन । मानिसको चेतनाको स्तर, सामाजिक परिबेश, सञ्चालनको विधिको हिसावले दुईवटा अभ्यासहरु विश्वव्यापी रुपमा भेटिन्छन । एउटा अभ्यासले सापेक्षिति रुपमा कमजोर सञ्जालीकृत विषयलाई जोड दिन्दै ऐक्यवद्धता र स्वेच्छिक सहभागिता आधारमा सिमित स्रोत र साधनको साझा वाडफाँड गरिएको हुन्छ । बित्तीय सहकारीको एक सञ्जाल निर्माण गर्न, बित्तीय स्थिरता कायम राख्न, सघन बित्तीय एवम् सुशासनलाई अनुगमन गर्न, वस्तु तथा सेवाहरुमा गुणस्तर निश्चितता र प्रविधिमा एकरुपता काय गर्न, सुरक्षित र दिगो साकोस विकासका लागि संरचनागत सुधार गर्न र साकोसको गुणात्मक विकास गर्न एकीकरणको अभियान सुरुवात गर्नु पर्दछ । सहकारी संस्थाहरुको सम्वन्ध, वहस पैरवी र सार्वजनिक सम्वन्धमा कमजोर हुन्छ । संस्थाहरु सदस्य सुरक्षा, गुणस्तरीय सुशासन, प्रभाकारी सञ्चालन र कुशल व्यवस्थापन प्रणालीमा अन्तरसम्बन्धित नभई स्वतन्त्र स्वाधीन र अधिकार सम्पन्न हुन्छन ।
राज्यको पुनरसरचनासंगै बित्तीय संघीयता एउटा महत्वपूर्ण आयाम बनेको छ । संविधानको सर्वोच्चता र केन्द्रीय कानुनको माताहतमा प्रादेशिक कानुन र प्रादेशिक कानुनको माताहतमा पालिकाको कानुन रहने वैधानिकता छ । संस्थालाई सुशासनमा राख्न, सदस्य केन्द्रीत र समुदायमा आधारित बनाउन संस्था सञ्चालनका अनिवार्य शर्तहरु कायम हुनु पर्दछ । बित्तीय पहुँच र बित्तीय समावेशीकरण बिना बित्तीय संघीयताले पूर्णता पाउँदैन । राष्ट्रबैंकले आगामी १३ वर्षको बित्तीय रणनीतिमा बित्तीय सहकारी संस्थालाई निश्चित मापदण्ड (प्रोवेशन र जोखिममा आधारित सुपरिवेक्षण) मा राख्ने विषयलाई संबोधन गरेको छ । बित्तीय संघियताको महत्वपुर्ण आयमा भनेको बित्तीय सहकारीहरुको सञ्जालको सन्चालन र व्यवस्थापन हो । सन्जालीकृत बित्तीय सहकारीकै माध्यमबाट अबको बित्तीय सहकारी अभियान निर्देशित हुनुपर्दछ । सरकारका तीन तहले नै बित्तीय सहकारीको स्रोतकेन्द्र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) संग सम्वन्ध विस्तार र सहयोग आदान प्रधान गर्नु पर्दछ ।
अर्को अभ्यासमा सन्जाल उच्चतम रुपमा अविभाज्य हुन्छन जहाँ स्रोत र साधनको साझा वाँडफाँड, सरोकारवालासंगको सम्बन्ध, बहस पैरवी र सार्बजनिक सम्बन्ध प्रभावकारी हुन्छन । अनुगमन संयन्त्र, सेवा र उत्पादनको गुणस्तर, प्रतिनिधित्व र सञ्चालन क्रिया उच्चतहमा अन्तरसम्वन्धित हुन्छन । उच्चस्तरको सहयोग, प्रयत्न र सशक्तीकरणको लागि प्रारम्भिक संस्थाहरुको लोकतान्त्रिक अधिकारको प्रयोग गरिन्छ । आर्थिक प्रणालीमा सदस्य केन्द्रित समाधान, सघनरुपमा प्रतिस्पर्धी र एकैनासको नवप्रर्वतन हुन आवस्यक हुन्छ । व्यवसायिक सेवाहरु ः परामर्ष, बित्तीय लगानी, बिमा, लेखामान, सञ्जालीकृत संरचना विशिष्ट र सर्बव्यापी बनाउँदै व्यवसायिक संस्कृति, उत्पादकत्व क्षमता र परिवर्तित व्यवस्थापनमा योगदानको नियन्त्रण र मापन हुनु आवश्यक हुन्छ ।
बित्तीय सक्षमता, आन्तरिक व्यबसायमा प्रतिस्पर्धात्मक स्थान, परिवर्तनलाई संबोधन, ब्यवसायिक लचकता, भविष्यको प्रविधिमाथि नियन्त्रण, पुँजी र वित्तमा पहुँच, अध्यावधिक विशेषज्ञता,जोखिम सुपरीवेक्षणको आधारमा अन्तरसम्बन्धित सञ्जालले अभियानको सबै तहमा निर्णय प्रक्रियामा साझा बाँडफाँड गर्नु पर्दछ ।
१. अविभाज्य सञ्जालको प्रभावकारिता ः
मानिसको जीवन पद्धति न्यूनस्तरबाट उच्च स्तरमा र सरलताबाट जटिल तर्फ विकसित हुदै जाँदा बजार गमन, स्थिरता, बित्तीय प्रभावकारीता, सेवाको विस्तार र लक्षित सदस्यको पहुँचको आधारमा संस्थाको कार्यसम्पादनको मूल्यांकन गर्नु पर्दछ । विश्वब्यापी रुपमा अन्तरसम्बन्धित सञ्जालको माध्यमबाट आफ्नो सेवालाई प्रभावकारी बनाएको पाइन्छ । क्यानडाको डिजार्डिन, निदरल्याण्डको रावो र कोरियाको कृषि सहकारी बैंक स्वेच्छिक प्रतिस्पर्धात्मक सन्जाल बतयmष्शभम(अयmउभतष्तष्खभ लभतधयचपक mयमभ िक्रमिक रुपमा अन्तरसम्बन्धित सन्जाल ाभमभचबतभम लभतधयचप mयमभ िझुकाउ राखेको पाइन्छ । अमेरिकामा धेरै बित्तीय सहकारीहरुले संयुक्त सेवाको रणनीति बनाएका छन । क्यानडाले जिल्ला तहको संघहरुको राष्ट्रिय रुपमा एकीकरणको राष्ट्रिय रणनीति बनाएको छ । त्यस्तै अस्टेलियाले पनि अन्तरसम्वन्धित सहकारी सञ्जालको निर्माणमा उन्मुख देखिन्छ । प्रभावकारी बित्तीय क्रियाकलाप र स्थिरताको लागि साझा छवि, साझा नीति, विधि र प्रविधि, सञ्चालनको स्पष्ट कडा नियम, साझा ऐक्यवद्धता, स्वअनुशासित र हस्तक्षेपको शक्तिको माध्यमबाट अन्तरसम्बन्धलाई मजबुत बनाउनु पर्दछ । प्रारम्भिक तहको संस्था र नेफ्स्कूनका् वीचमा स्रोत, साधन र शक्तिको गतिशीलता नै अन्तरसम्बन्धको आधार हो । अभियानलाई सञ्चालन गर्ने मार्गदर्शन, नीति, विधि र प्रविधिको निर्माणमा केन्द्रीयता र सदस्य सुरक्षा, शुसासन, सञ्चालन र व्यवस्थापनका विषयहरु ः उत्पादन र सेवाको मूल्य निर्धारण, वृद्धि, सुरक्षा, स्वनियमन, कार्यदक्षता, रणनीति निर्माण र प्राप्तिमा प्रारम्भिक संस्था अधिकार सम्पन्न र स्वायत्तता रहनु पर्दछ ।
अविभाज्य संघीय सञ्जालका सिद्धान्त र सुचांकहरु ः
१.१. स्रोतको बाँडफाँड
१.२. सञ्चालनमा स्तरीकरण
१.३. करारीय ऐक्यवद्धता
१.४. सुशासनमा आन्तरिक नियमनको रणनीति
१.१.स्रोतको वाँडफाँड ः बित्तीय सहकारी अभियानलाई अन्तरसम्वन्धित सञ्जालमा ल्याउन स्रोतका सवै पक्षलाई स्वीकार गर्नु पर्दछ । आगतलाई समूहमा राख्ने, उत्पादन र सेवामा स्तरीकृत समाधान दिने र अनिवार्य सेवामा संयुक्त आर्जित सम्पत्तिको प्रयोग गर्न नेफ्स्कूनले सेवा र उत्पादनको कुशल व्यवस्थापनको लागि विवेकीय समाधान मार्फत साझा सहयोगी सेवा र गठवन्धनको लागि उत्प्रेरणा दिनु पर्दछ । वित्त प्रणालीलाई औपचारिक बनाउन सूचना र सेवालाई एकीकरण गरी सदस्य सूचना सेवालाई प्रभावकारी बनाउनु पर्दछ । स्रोत ब्यक्तिहरुको आदान प्रदान, बस्तु तथा सेवाको प्रयोग, नेफ्स्कून अन्तरलगानीको मूल्य निर्धारण, कर्मचारीको स्तर तथा सुविधा, नेफ्स्कूनद्धारा सञ्चालित वा सिफारिस गरिएका सेवाहरुको उपयोग, साकोसहरुको वर्गीकरण, स्तर निर्धारणमा स्वेच्छिक रुपमा सहभागी हुनेभन्दा पनि बित्तीय सहकारीहरु स्रोेतको वाँडफाँडमा अनिवार्य रुपमा सहभागी हुन नेफ्स्कूनमा आवद्ध हुनु पर्दछ । अनिवार्य आवद्धताले अन्तरसम्बन्धलाई प्रभावकारी र रणनीतिक बनाउँछ । बित्तीय सहकारी अभियानमा स्रोतको बाँडफाँडले प्रस्तुत तीन पक्षलाई सम्वोधन गर्दछ ।
१.१.१. आगतलाई एकट्ठा राख्ने ः संस्थाका आगतहरुलाई एकट्ठा गर्नु पहिलो बाँडफाँड हो । नेफ्स्कूनले निर्धारण गरेका नीति, विधि र प्रविधिलाई प्रारम्भिक संस्थाले आन्तरिकीकरण गर्नु पर्दछ । आवद्ध संघ, संस्थाले अभ्यास गर्ने प्राविधिक समाधान, उत्पादन र सेवा, सम्पूर्ण बित्तीय सेवाको गुणस्तरलाई प्रभावकारी बनाउन नेफ्स्कूनको सहयोगी उत्पादन र सेवामा स्तरीकृत समाधानलाई चुस्त बनाउनु पर्दछ ।
१.१.२ स्तरीकृत सेवामा पहुँच ः नेपालको सन्दर्भमा संवैधानिक रुपमै राज्यव्यवस्था प्रणालीको तीन तहको उल्लेख गरेका अवस्थामा सहकारी अभियानमा पनि समानजस्यता ल्याउनु पर्दछ । वित्तीय सहकारी संघ सस्थालाई लोकतान्त्रिक अधिनस्ततामा आधारित केन्द्रीयता मार्फत सन्जालिकृत साकोस अभियान सन्चालन गर्नु पर्दछ । बचत तथा ऋणको केन्द्रीय संघले माताहतका संघ र संस्थाहरुलाई एकरुपतामा आधारित स्तरीकृत सहयोगी सेवाको दायित्व लिनु पर्दछ । केन्द्रीय संघको अनिवार्य दायित्व लिनु पर्ने विषय क्षतिपूर्ति, तरलता व्यवस्थापन, जोखिम र मूल्य निर्धारण तहगत रुपमा फरक भए पनि तालिम, अनुगमन, बित्तीय समाधान, मार्गदर्शन, सेवा र उत्पादनको विकास र अनुगमनको निश्चिततालाई केन्द्रीय संघको दायित्वमा रहन्छ । विद्युतीय बित्तीय सेवा प्रत्येक सहकारी संस्थाका सदस्यलाई उपलब्ध गराउन डेविट र क्रेडिट कार्ड, तलवी विवरण, वित्त र मुद्रा प्रवाहको सेवालाई प्रभावकारी बनाउनु पर्दछ । सहयोगी सेवाको सम्वन्धमा कर्मचारी र सञ्चालकहरुको क्षमता अविबृद्धिको लागि निरन्तर सहभागिता जनाउनु पर्दछ । केन्द्रीय संघले उन्नत सहकारीकर्मी र प्रभावकारी प्रविधिको प्रयोगलाई गुणात्मक वनाउन शिक्षण र प्रशिक्षणलाई प्रभावकारी बनाउनु पर्दछ ।
१.१.३. संयुक्त स्वामित्व ः बित्तीय सहकारीका उत्पादन,सेवा, समाधान र कानुनी संहिताको परिपालनाको संयुक्त स्वामित्व लिनु स्रोत बाँडफाँडका अनिवार्य र आधारभूत विषयहरु हुन । बजारमा प्रतिस्पर्धात्मक स्थान र बित्तीय सक्षमताको लागि बचत तथा ऋण अभियान सन्जालीकृत र अविभाज्य हुनुपर्दछ । स्थिरीकरण कोष, बचत सुरक्षा कोष, बीमा, गुठी र लगानी प्रवर्दन सेवाका सम्वन्धमा पनि संयुक्त स्वामित्वको विषयमा अभियान अविभाज्य हुनु पर्दछ । सबै संघ संस्था मिलेर एक विशिष्टीकृत संघको कल्पना सहकारी ऐन २०७४ ले पनि गरेको छ ।
२. सन्चालन प्रणालीमा स्तरीकरण ः अविभाजित बचत तथा ऋण अभियानको सन्चालन प्रणालीको प्रभावकारिता, संस्थागत छविमा निर्माण, व्यवस्थापन र विकास एकरुपता कायम गर्न केन्द्रीयतामा अधिनस्तताको आधारमा संस्थाहरुलाई स्तरीकृत गर्नु पर्दछ । स्तरीकरणको लागि प्रारम्भिक संस्थामा प्रभावकारी कार्यसम्पादन मार्फत सदस्यको सन्तुष्टिलाई ध्यान दिनु पर्दछ । सन्जालले अन्य बित्तीय प्रदायकको वीचमा प्रतिस्पर्धात्मक स्थान कायम राख्न एकरुपता प्रणाली, साझा वुझाइ र नियामक मापदण्डहरुको निर्माण गर्नु पर्दछ । प्रारम्भिक संस्थाको नियामक मापदण्डको आधारमा प्रणालीमा स्तरीयता कायम राखी अभियानलाई उच्च स्तरमा लानु पर्दछ । नियामक मापदण्डमा कठोर केन्द्रीयता मार्फत बित्तीय सहकारीको सन्चालन गर्नु पर्दछ । स्वतन्त्र प्रतिस्पर्धी नेटवर्कमा सबै तहका संघ संस्थाहरु आफ्नै ढंगले सञ्चालित हुन्छन । ती संस्थाहरुको छवि निर्माण, प्रणाली सम्भार, नीति र प्रविधिमा एकरुपता कायम हुन्छ । अविभाजित साकोसमा केन्द्रीय सन्जालमा आबद्ध साकोसका हरेक सदस्यहरुले सबै साकोसमा अपनत्व र स्वामित्वको अनुभूति गर्दछन । फरक बजारमा पनि अविभाजित सञ्जाल भित्र रहेका साकोसका सबै सेवा र उत्पादनमा, विधि, नीति र प्रविधिमा उस्तै फेसन, प्रभावकारी सञ्चालन र कुशल व्यवस्थापमा उस्तै कार्य कुलता वीचमा प्रतिस्पर्धात्मक प्रर्दशन गर्दछन ।
अविभाजित अभियानका साकोसका स्तरीकृत प्रणालीको आधारभूत तत्वहरु
२.१. सन्चालन प्रणालीमा एकरुपता प्रणाली
२.२. नीति, विधि र प्रविधिमा एकरुपता प्रणाली
२.३. उत्पादन र सेवामा एकरुपता
२.४. संस्थागत छविमा एकरुपता
२.१. सन्चालन प्रणालीमा एकरुपता प्रणाली
सञ्चालनको लागि अभियानका वित्तीय संस्थाको कार्यालयको ब्राण्ड रङ, तथा नीति विधि र प्रविधिमा एकरुपता कायम गर्नु पर्दछ । पहिलो प्रभाव पार्ने पक्ष बचत तथा ऋणका उत्पादनहरुले नै हो । यसले लेखा प्रणाली, कार्यविधि, आवेदन फारम, नियन्त्रण प्रणाली र सूचना व्यबस्थापन प्रणाली, हार्डवेर र सफ्टवेर प्रणाली, बित्त र मानवसंसाधान प्रणालीमा एकरुपता कायम गरी सन्चालान प्रणालीमा समेत एकरुपता ल्याउनु पर्दछ ।
२.२. विधि, नीति र प्रविधिमा एकरुपता ः
बित्तीय सहकारीलाई सञ्चालन गर्न विश्व ऋण परिषदले विधि अर्थात सिद्धान्तहरु प्रतिपादित गरेको छ । ती विधिहरुमा ः सदस्य सुरक्षा सिद्धान्त, सुशासनको सिद्धान्त, सन्चालनका सिद्धान्त र सुरक्षा र सदृढताको सिद्धान्त छन जसको आधारमा संस्थाहरु निर्देशित हुन्छन जसको आधारमा राज्यका कानुन र नियमावलीहरु वन्दछन । संस्थाको लक्ष्य र उद्देश्य प्राप्त गर्न यी प्रस्तुत सिद्धान्तको माताहतमा केन्द्रीय संघले स्वीकृत गरेका आधारभूत नीतिहरु संस्थाले अभ्यास गर्दछन । यस्तो अवस्थामा नेफ्स्कून नीतिहरु कार्यान्वयनको लागि उत्तरदायी हुनु पर्दछ । नीतिगत केन्द्रीयताको आधारमा प्रत्येक संघ संस्थाहरुले केन्द्रीय संघको साधारण सभामार्फत प्रतिनिधिमूलक सहभागितामा नीतिहरु निर्माण गर्दछन पारित गरिएका नीतिलाई संघ÷संस्थाले अनिवार्य रुपमा अवलम्वन गर्दछन र संघ÷संस्थाहरु यसलाई पालना गर्न प्रतिवद्ध रहन्छन ।
२.३. उत्पादन र सेवाको स्तरीयता
उत्पादन र सेवाको स्तरीयता अविभाज्य अभियानको एक प्रक्रिया हो । प्रारम्भिक संस्थाले बजारको आवश्यकताको आधारमा प्रतिस्पर्धात्मक स्तरलाई कायम राख्नु पर्दछ । यसरी प्रतिस्पर्धात्मक स्तरलाई कामय राख्दा अविभाज्यताको आधारभूत मान्यतालाई आत्मसात गर्नु पर्दछ । अविभाज्य सञ्जालका सदस्यले सबै साकोसबाट समान स्तरका सेवा र उत्पादन पाउन सकून भन्ने विषयमा केन्द्रीय संघ सजग हुुनु पर्दछ । प्रारम्भिक संस्थाले आफ्ना उत्पादन र सेवा सदस्यको उपयोगी छ । सो विषयमा उत्पादन र सेवालाई विकास गर्न सञ्जाललाई सूचित गर्नु पर्दछ । अविभाज्य सञ्जालले उत्पादन र सेवा बितरणमा अनुकूलताको आधारमा स्रोतको उपयुक्त बाँडफाँड गर्नु पर्दछ ।
२.४ संस्थागत छवि ः
छवि निर्माण कुनै संगठित संस्थाको प्रस्ट र विस्तारित कल्पना मात्रै होइन यो हरेक ब्यक्तिमा संस्था प्रतिको अवधारणा र अनुभूति हो । छवि मानिसको चेतनामा वास्तविकताको प्रतिविंवको त्यो स्वरुप हो जुन संगठनात्मक चरित्रको माध्यमले प्रकट हुन्छ । छविले आम नागरिकमा विश्वसनियता, आचरण, गुणस्तरीय सेवाको प्रत्याभूतिको प्रस्तुति गर्दछ । अविभाज्य संघीय संरचनामा छविले आफ्नो संगठनको विशिष्ट व्यानर र राष्ट्रिय बजारीकरणको रणनीतिलाई संवोधन गर्दछ । अविभाज्य संरचनामा कानुनी दृष्टिकोणबाट हरेक प्रारम्भिक संस्था एउटा हुन्छ र बजारको छविको रुपमा एकरुपता प्रणालीलाई स्वीकार गरेको हुन्छ । केन्द्रीय संघ संस्थाको छवि कायम राख्न र नागरिकहरुमा प्रभाव पार्न र धारणा बनाउन महत्वपूर्ण भूमिका खेल्दछ । नेफ्स्कूनको ऐक्यवद्धता लोगो प्रयोग गर्दा एकीकृत साकोस सञ्जाल विकास कार्यक्रममा समाविष्ट संस्थाले मात्र प्रयोग गर्न पाउने छन । ऐक्यवद्धता लोगो प्रयोग गर्दा एकरुपता सम्वन्धी कम्तीमा तोकिए बमोजिमका सञ्चालन विधि पुरा गरेको हुनुपर्नेछ । कुनै संघ संस्थाहरुमा प्रतिनिधित्व गर्दा अर्थात सद्भाव भ्रमणमा जाँदा योग्यता पुरा गरेको ब्यक्तिले मात्र सहभागी हुन पाउने ब्यवस्था मिलाउनुपर्नेछ । समुदाय प्रति चासो र वातावरण सहित कम्तीमा संस्थाको बर्गीकरण अनुसार कार्यक्रम सञ्चालन गर्नुपर्नेछ । सदस्य कल्याण कार्यक्रम अन्तर्गत संस्थाको वर्गिकरण अनुसार कार्यक्रम सञ्चालन गर्नुपर्नेछ । ब्राण्ड ब्यवस्थापनमा एकरुपता ल्याउन कार्यालय ब्यवस्थापन, रङग रोगन, साइनवोर्ड, शेयर प्रमाण पत्र, परिचय पत्र, लेटर प्याड, कागजात लगायतका विषयलाई एकरुपता व्राण्डमा स्तरीयता कायम गर्नुपर्नेछ ।
३. करारीय ऐक्यवद्धता ः सञ्जालमा संस्थाको अविभाज्यको मापन प्रारम्भिक संस्थाले व्राण्ड व्यवस्थापन र ब्राण्ड निर्माणमा भर पर्दछ । करारीय ऐक्यवद्धतामा केन्द्रीय संघमा आवद्ध सवै संस्थाहरुले औपचारिक संझौता गर्नु पर्दछ । जव प्रणालीले मुर्त स्वरुप लिन्छ अमुर्त रुपमा यसले छवि निर्माण र पहिचानको निर्माण गर्दछ । त्यतिवेला दर्शकको लागि एकीकृत बित्तीय संस्थाको पहिचान प्राप्त हुन्छ । बित्तीय पहुँच र समावेशीकरणको लागि सझौतामूलक ऐक्यवद्धता, संस्थाको आकारमा सन्तुलन, सदस्यता शुल्कमा शुद्धता, आर्थिक प्रतिवेदन, अभिलेख व्यवस्थापन, कागजातको ढाँचाको स्तरीयता र एकरुपता, सफ्टेयरमा एकरुपता, साकोस सुरक्षा प्रणालीमा सहभागिता, जोखिम ब्यवस्थापन, भाखा नाघेको ऋण विवरण मासिक रुपमा पठाउने व्यवस्था, गुणस्तर सुनिश्चितता कार्यक्रममा अनिवार्य सहभागिता र वित्तीय सहकारीमा मात्र अन्तरलगानी कार्यक्रम सहभागीताका विषयमा सन्जालबीच करारीय ऐक्यवद्धता हुनु पर्दछ ।
३.१ सेवा केन्द्र खोल्न नियन्त्रण ः
बित्तीयपहुँच र बित्तीय समावेशीकरणलाई संवोधन गर्ने गरी केन्द्रीय संघले संस्थाको स्थापना, सञ्चालन र विकास गर्नु पर्दछ । यसरी सञ्चालन गर्दा कसिलो बजार मापदण्ड, भौगोलिकता र सदस्य संख्याको आधारमा हरेक राजनीतिक इकाईलाई आधार बनाउनु पर्दछ । क्षेत्र विस्तार गर्दा प्रारम्भिक संस्था र संघको बीचमा आपसी भौगोलिक अतिक्रमण हुनुहुँदैन । प्रारम्भिक संस्थाले राष्ट्रिय स्तरको भूगोललाई कार्यक्षेत्र प्राप्त गर्नु असम्भव प्राय हुन्छ ।
३.२ प्रारम्भिक संस्थाको आकारलाई सन्तुलन कायम गर्ने ः
आधारभूत तहको व्यवसायिक निकायको रुपमा प्रारम्भिक संस्था रहन्छन । संघ÷संस्थाले सदस्यहरुलाई बित्तीय पहुँच र बित्तीय समावेशीकरणलाई आधार मानी निश्चित भूलोगमा जनसंख्याको प्रतिनिधित्व, पँुजीको अवस्था र नागरिहरुको पहुँचलाई आधार वनाउनु पर्दछ । संस्थाको सञ्जालमा आवद्ध गर्न संस्था एकीकरण र कार्यक्षेत्र थप गर्दा केन्द्रीय संघले सिफारिसमा नियामक निकायले स्वीकृति दिनु पर्दछ ।
३.३ बित्तीयमध्यस्तताको साधन ः
विश्व ऋण परिषदले तय गरेको सन्जाल व्यवस्थापनको सिद्धान्त अनुसार केन्द्रीय वित्तीय सहकारीको वित्त प्रणालीको आफ्नै सन्जालमा रहनुपर्दछ । केन्द्रीय संघको अधिनस्त संघ÷संस्थाले बित्तीय मध्यस्तकर्ताको केन्द्रीय अन्तरलगानीलाई आधार वनाउनु पर्दछ । बचत स्वीकार गर्ने, संस्थालाई ऋण प्रवाह गर्ने, तरलताको व्यवस्थापन गर्ने, स्थिरीकरणकोषको सन्चालन गर्ने र वचत सुरक्षाको अन्य औजारहरुको प्रवन्ध गर्न केन्द्रीय संघले बित्तीय मध्यस्तकर्ताको भूमिकामा रहनु पर्दछ । अविभाज्य संघीय सञ्जालले नियमावली बनाई सीमित सेवाशुल्क र सञ्चालक खर्च लिई औपचारिक व्यवस्थापनका अन्य साधनको प्रभावकारी प्रयोग गर्नु पर्दछ ।
३.४ आन्तरिक सुरक्षणको उपाय ः
प्रारम्भिक सहकारी संस्था र अविभाज्य सन्जालले कुनै पनि संस्थाको सम्भावित समस्याहरुको प्रभावकारी व्यवस्थापकीय समाधान दिनु पर्दछ । संस्थाको जोखिम व्यवस्थापनको लागि अविभाज्य सञ्जालले जोखिममा आधारित सुपरीवेक्षण, स्थिरीकरण कोष, आकस्मिक कोष, सदस्य सुरक्षा कोष, बचत सुरक्षण कोष समेतको व्यवस्थापन गरी कोषहरुको नियन्त्रण केन्द्रीय संघको नेतृत्वमा सन्चालन गरिनु पर्दछ ।
केन्द्रीय एजेन्सी ः अविभाज्य सञ्जालले कोषको वाहिय स्रोतमा पहुँचको व्यवस्थापन गर्दछ । केन्द्रीय अन्तरलगानी कार्यक्रमको सञ्चालन, कोषहरुको व्यवस्थापन, तरलताको व्यस्थापन, पुँजी बजारमा धन जुटाउने कार्य नेफ्स्कूनले गर्नु पर्दछ । केन्द्रीय संघले अन्तराष्ट्रिय वित्त बजारको समेत मध्यस्थता गर्दै सञ्जालभित्र सदस्यको जोखिमलाई साझा समस्या बनाई योगदान गर्नु पर्दछ । राष्ट्रिय रुपमा व्यवसायिक प्रवद्र्धन, सदस्यसंगको सम्वन्ध र अन्तराष्ट्रिय व्यापारिक सम्वन्धका आधारमा केन्द्रीय संघले आफ्नो आन्तरिक व्यवसाय गर्दछ ।
४. सुशासन प्रवर्दनको रणनीति र आन्तरिक नियमको स्थापना
अविभाज्य सन्जालले प्रतिनिधिमूलक लोकतन्त्रिक संरचना र केन्द्रीकृत अधिकार सुनिश्चित गर्दछ । केन्द्रीय संघको भूमिका र उत्तरदायित्वको केन्द्रीयतामा आधारित भई सञ्जालले अधिनस्त संघ÷संस्थाको अनुगमन, आवद्धता र सन्जालवाट निस्काशन गर्ने विषय आन्तरिक नीति, रणनीति र सुशासनको प्रत्याभूति गर्ने कार्य हो । सुशासनले प्रणाली (मूल्य, दायित्व, प्रथा एवम् परम्परा र कार्यविधि) लाई परिभाषित गरी संगठन(सदस्य, कर्मचारी, कार्यकारी, सन्चालक) प्रकृतिको आधारमा नेटवर्कभित्रका संघ÷संस्थाहरुको हितको सुरक्षा गरिन्छ । केन्द्रीय नीति बनाउँदा संघ÷संस्थाका प्रतिनिधिको लोकतान्त्रिक सहभागिता र कार्यगत रुपमा स्वयत्तता कार्यान्वयन गर्न विधि, नीति र प्रविधिमा एकरुपता कामय गरी सुशासनको प्रत्याभूति दिनुपर्दछ ।
४.१ अविभाज्य संघीय सञ्जालमा आन्तरिक रणनीति र कानुनी संहिताको माध्यमबाट सुशासनको प्रवद्र्धन गर्ने आयामहरु ः
· लोकतान्त्रिक नियन्त्रणमा आधारित संरचना र केन्द्रीकृत अधिकार
· अधीनस्तको सिद्धान्तलाई सम्मान
· निगरानी र अनुगमन
· आवद्धता र निस्कासन
लोकतान्त्रिक नियन्त्रणमा आधारित संरचना र केन्द्रीकृत अधिकार ः
सहकारी अभियानको अन्तराष्ट्रिय सिद्धान्तलाई सम्मान गर्दै अविभाज्य संघीय प्रणालीमा प्रारम्भिक संस्थाले आफ्नो निर्णय प्रक्रियाको स्वाधीनता आफैसंग हुने तथ्यलाई मनन गर्दै निश्चित शक्ति आफू आवद्ध रहेको केन्द्रीय संघलाई प्रत्यायोजन गरेका हुन्छन । केन्द्रीयसंघले एकरुपता प्रणाली कार्यान्वयन गरि उक्त प्रणालीमा आवद्ध र निस्कासित हुने अधिकार प्रारम्भिक संस्थालाई दिएको हुन्छ । आवद्ध संस्थाहरुको प्रतिस्पर्धात्मक स्थानलाई कामय राख्न केन्द्रीय संघले निश्चित गरेका स्तरीकरणमा आधारित मापदण्ड कार्यान्वयन गरी प्रारम्भिक संस्थाहरुलाई अविभाज्य संरचनाले निर्धारण गरेका आधारभूत विशेषज्ञताको पहुँचलाई सुनिश्चित गर्नु पर्दछ । प्रारम्भिक संस्थाले आफ्नो प्रतिस्पर्धात्मक छवि र स्तरीकरणलाई कायम राख्न बित्तीय सक्षमतालाई सुदृढ गर्नु पर्दछ । अविभाज्य संघीय सञ्जालले आफ्ना निर्णय र झुकावलाई निरन्तर प्रमाणीकरण गर्न कामहरुलाई परामर्शदात्री संयन्त्र र प्रभावकारी लोकतन्त्रलाई मध्यनजर गरी केन्द्रीकृत गरेको हुन्छ ।
४.२ अधीनस्तको सिद्धान्तलाई सम्मान
अधीनस्तको सिद्धान्तलाई सम्मान गर्न केन्द्रीयसंघको माताहातमा स्वयत्तताको अवधारणालाई संघ÷संस्थाले स्वीकार गरेका हुन्छन । माताहातमा रहने मापदण्डहरु साझा उत्तरदायित्वको रुपमा अविभाज्य सञ्जालका सदस्यले स्वीकार गर्दछन । केन्द्रीय संघले सञ्जालमा आवद्ध प्रारम्भिक संस्थाको क्रियाकलापलाई स्तरीकरण गर्न कार्यक्रमहरु निर्धारण गर्दछन । समुदायमा सम्पूर्ण बित्तीय समाधान कायम राख्न अधीनस्तको सिद्धान्तमा केन्द्रीय संघको माताहतमा प्रारम्भिक संस्था रहन्छन । प्रारम्भिक संस्थाले आफ्नो लक्ष्य र उद्धेश्य हासिल गर्न स्वयत्त, स्वाधीन र अधिकार सम्पन्न हुन्छ तर केन्द्रीय संघले तोकेका समाधानहरुको सुरुवात गर्नु र दायित्व लिनु प्रारम्भिक संस्थाको कर्तव्य हुन्छ । तीन तह भएको अवस्थामा केन्द्रीय संघको माताहातमा संघ÷संस्था रहनु पर्दछ । निर्णय कार्यान्वयन गर्न विरोधाभाष भएमा केन्द्रीय संघको निर्णयको प्रधानतामा माताहतमा संघ÷संस्थाले निर्णय लिनु पर्दछ । सबै बित्तीय सहकारीहरु केन्द्रीय संघमा अनिवार्य आवद्ध हुनु पर्दछ । सबै संघ संस्थाहरु प्रतिनिधिमूलक रुपमा रहेको केन्द्रीय संघको साधारण सभाको माताहतमा रहन्छन । केन्द्रीय समितिको माताहतामा आफ्ना विषयगत संघ÷संस्था रहनु पर्दछ । केन्द्रीय तहको माताहातमा तल्ला तहका संघ÷संस्थाको सन्चालन, व्यवस्थापन, अनुगमत र प्रवद्र्धन नै अधीनस्तताको सिद्धान्तको आधारभूत अवधारणा हो । माताहातका संघ÷संस्थाको आवस्यकता र उद्देश्य पुरा गर्न केन्द्रीय संघले अनिवार्य रुपमा अनुमगन, परामर्श र सुझाव दिनु पर्दछ । व्यवसायिक केन्द्रीयताको सञ्चालनका लागि केन्द्रीय संघ र सदस्य संघ÷संस्थाको स्वमित्व, लोकतान्त्रिक नियन्त्रण प्रक्रियामा सहभागिता र स्रोतको बाँडफाडबाट फाइदा प्राप्तिको हक करारको आधारमा तय गरिनु पर्दछ । केन्द्रीय संघको निर्णयको कार्यान्वयनमा प्रारम्भिक संस्थाको दायित्व रहने भएकाले लोकतान्त्रिक नियन्त्रणलाई मर्यादित वनाउन र केन्द्रीय संघको शोषणबाट संघ÷संस्थालाई मुक्त राख्न यो सिद्धान्तले साधारण सभाको सर्वाेच्चता, एक व्यक्ति एक मत, आवधिक निर्वाचन र हरेक प्रतिनिधिको चुन्ने तथा चुनिने स्वतन्त्रता सुरक्षाको आधारमा सन्तुलन कायम गर्नु पर्दछ । यो सिद्धान्तले स्रोतको प्राप्तिमा अनुकूलता र अतिक्रमणलाई निषेध गरेको हुन्छ ।
४.३ निगरानी र अनुगमन
अविभाज्य सञ्जालले संस्थाको सङ्गठनात्मक रचनाको आन्तरीक सुपरिवेक्षण गर्दछ । प्रत्यायोजित अथवा सहायक कार्यको विषयमा सञ्जालका सदस्य संस्थाको संगठनको निगरानी अविभाज्य सञ्जालको मुख्य कार्य हो । अविभाज्य सञ्जालले राज्यको अनुमतिमा संस्थाले कानुनी संहिताको पालना गर्ने, केन्द्रीय संघलाई कानुनी रुपमा प्राप्त अनुगमनको अधिकारलाई संघहरुसंग सहकार्य गर्नु पर्दछ । अविभाज्य सञ्जालले कठोर विवेकपुर्ण मान्यता, सदस्य सूचना प्रणाली, आफ्नै सुरक्षा कोषको स्थापना, अपराधिक र समस्याग्रस्त भएका सञ्जालका सदस्यको निगरानी सुपरीवेक्षण, हस्तक्षेप गर्ने र समस्याग्रस्त भएको घोषणा गर्ने अधिकार दिइन्छ । अन्तराष्ट्रिय कुशल अभ्यासलाई हेर्दा डेजारडिन क्यानडा, राइफाइसन फेडेरेसन जर्मनी, नाकुफक कोरिया लगायतका देशहरुमा केन्द्रीय संघको साधारण सभाप्रति उत्तरदायी हुने नियुक्त र बरखास्त गर्ने गरी वनेको स्वतन्त्र व्यूरोले नियामक निकायको अनुसार प्रत्यायोजित अधिकारको प्रयोग गर्दछन ।
४.४ आवद्धता र निस्कासन ः
सञ्जालले आवद्धता र निस्कासनको विषय कडा रुपमा पालना गर्छ । यो अविभाज्य सञ्जालको महत्वपुर्ण कार्य हो । आवद्धता र निस्कासनको विषय सञ्जालले सदस्यसंग गरेको करारीय सम्वन्धका आधारमा निर्भर गर्दछ । सञ्जालले आबद्धताको लागि सम्बन्धित संघसंस्थालाई करारीय स्वेच्छिकता दिएको हुन्छ ।
५. तीनखम्वे अर्थराजनीति ः
विश्ववजारमा देखापरेको वित्तीय एकत्रीकरणले धनी र गरिव बीचको खाडल वढदो छ । राज्यले प्रगतिशील करप्रणालीको प्रवद्र्धन, आयमा समानता न्यूनीकरण, आर्थिक, सामाजिक र सांस्कृतिक न्यायको प्रत्याभूति, आर्थिक क्षेत्रको लोकतान्त्रिकीकरण को लागि राज्यका तीनवटै संरचनाले राज्यको आआफ्नो कार्यक्षेत्रभित्र पर्ने आर्थिक र मौद्रिक नीति, वाणिज्य र व्यापार नीति, उत्पादन र वितरणात्मक न्यायमा निश्चित रणनीति वनाउँनु पर्दछ । सामाजिक न्याय र असमानताको न्यूनीकरणका लागि समुदायमा आधारित आर्थिक प्रणाली प्रवद्र्धनका लागि वित्तीय सहकारीलाई सन्जाल व्यवस्थापनका लागि प्रेरित, नियमन र प्रवद्र्धनका जिम्मेवारी, कर्तव्य, कार्य र कामको परिभाषा तोकेर आगामी कार्यदिशा निश्चित गर्नुपर्दछ ।
(लेखक सहकारीकर्मी हुन् ।)