स्वास्थ्य इकाइको नबनिर्मित भवन उद्घाटन

काठमाडौं । गुल्मीदरबार गाउँपालिका चिनियापोखरी सामुदायिक स्वास्थ्य इकाइको नबनिर्मित भबनको एक औपचारिक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष अशोक कुमार थापाले उद्घाटन गर्नुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै गुल्मीदरबार गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँच गाउँटोलसम्म पुर्याउन सामुदायिक इकाइहरुको बिस्तार गरिएको अध्यक्ष थापाले बताउनुभयो । गुल्मिदरबार गाउपालिका वार्ड न ६ का वडा अध्यक्ष हिरा बहादुर खत्रीको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमको संयोजन स्वास्थ्य शाखाका संयोजक नारायण प्रसाद अर्यालले गर्नुभएको थियो ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै अर्याल ले यस इकाइ स्थापना गर्दा सहयोग गर्ने अग्रज हरुलाइ स्मरण गर्दै इकाइले प्रबाह गर्ने सेवाहरु, गुणस्तरिय सेवा प्रबाह, सेवाप्रदायक र सेवाग्राहीले ध्यान दिनुपर्ने लगायतका कुराहरु बताउनुभएको थियो । कार्यक्रम मा जनप्रतिनिधी, कर्मचारी, पत्रकार, महिला स्वास्थ्य स्वयंसेबिका र सुनौलो १००० दिनका महिला र बच्चाहरु को उपस्थिती रहेको थियो ।
कार्यक्रममा दरबार देबिस्थान स्वास्थ्य चौकी कि अनमि सुमन पन्थी, कार्यपालिका सदस्य सोनुदेबि कार्कि, महिला स्वास्थ्य स्वयंसेबिका मिना पौड्याल लगायत ले शुभकामना मन्तब्य राख्नु भएको थियो । चिनियापोखरि सामुदायिक स्वास्थ्य इकाइ कि अ न मि मनिषा थापा ले स्वागत गर्नुभएको सो कार्यक्रम को सन्चालन स्वास्थ्य इकाइ प्रमुख सरस्वति कँडेल ले गर्नुभएको थियो ।