लुम्बिनी विकास बैंकले १७ प्रतिशत बोनस सेयर वितरण गर्ने
काठमाडौँ । लुम्बिनी विकास बैंकको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार बैंकका अध्यक्ष शुशिलराज पराजुलीको सभापतित्वमा सम्पन्न वार्षिक साधारण सभाले अध्यक्षको प्रतिवेदन, आव २०७५ आषाढ मसान्तसम्मको वासलात, नाफानोक्सान हिसाब र सोही अवधिको नगद प्रवाहको विवरणलगायतका अनुसूचीहरू पारित गरेको छ ।
सभाले सेयरधनीहरूलाई चुक्ता पुँजीको १७ दशमलव सात प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय समेत पारित गरेको छ । उक्त बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी दुुई अर्ब ५८ करोड ६९ लाख पुग्ने बंैकले जनाएका छ ।
बैंकले २०७६ असार मसान्तसम्ममा २४ अर्ब ८० करोड निक्षेप संकलन गरी २२ अर्ब ७६ करोड कर्जा प्रवाह गर्नुका साथै आव २०७५÷०७६ को आषाढ मसान्तसम्ममाको अपरिष्कृत वित्तीय विवरणअनुसार बोनस र करअघि ९३ करोड ६० लाख मुनाफा आर्जन गरेको छ ।