सेञ्चुरी बैंकको नायव कार्यकारीमा न्यौपाने

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको नायव कार्यकारी प्रमुखमा मनोज न्यौपाने नियुुक्त भएका छन् । साउन २८ गते बसेको सञ्चालक समितिको बैठकले न्यौपानेलाई नियुुक्त गरेको हो ।
दुुई वर्षदेखि बैंकको सहायक कार्यकारी प्रबन्धक पदमा कार्यरत न्यौपाने करिव १५ वर्षदेखि विभिन्न बैंकहरुमा काम गरेर अनुभव हासिल गरेका व्यक्ति हुन् । लक्ष्मी बैंक लिमिटेडबाट बैंकिङ सेवा शुरु गरेका न्यौपाने हिमालयन बैंक लिमिटेड तथा सनराईज बैंक लिमिटेडमा काम गरिसकेका छन् ।
काठमाडौँं विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका न्यौपानेको लगनशीलता, बजार पहुँच, बैंकिङ तथा वित्त बजारसम्बन्धी ज्ञान तथा प्रभावकारी नेतृत्वमा बैंक आगामी दिनहरूमा अझ गतिशील भई सफलताका साथ अगाडि बढ्ने विश्वास लिइएको बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।