एनआइसी एसिया बैंकद्वारा शिरुबारीमा शाखारहित सेवा
स्याङ्जा । एनआसी एसिया बैंकले शिरुवारीमा शाखारहित सेवा विस्तार गरेको छ । बैंकले नेपालकै पहिलो ग्रामीण पर्यटकीय स्थल स्याङजाको शिरुवारीमा शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको हो । बैंकका अनुसार उक्त सेवाअन्तरगत सेवाग्राहीले एक दिनमा ५० हजारसम्म झिक्नसक्ने र एक लाख रूपैयाँसम्म जम्मा गर्न सक्नेछन् ।
सेवाको उद्घाटन गर्दै गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमानले सरकार विकासको गतिमा रहेको बताए । उनले नागरिकले पछिल्लो समयमा सरकारको विकासको अनुभूति गरेको बताए ।
सरकारले काम नगरेको भन्नुको कुनै तुक नभएको बताउँदै मन्त्री चुमानले सही कामलाई सही र गलतलाई गलत भन्न प्रतिपक्षलाई आग्रह गरे । चुमानले प्रदेश सरकारले कानुनको निर्माण गर्नुपरेकाले विकास गर्न ढिलाइ भएको बताउँदै मन्त्री चुमानले जति कानुन बन्यो सोहीअनुसारले विकासले पनि गति लिएको बताए ।