जनता बैंकद्वारा भोजनका लागि दुई लाख रूपैयाँ सहयोग
काठमाडौँ । जनता बैंकले प्रेमसागर फाउण्डेसन नेपालले सञ्चालन गरेको जनभोजन अर्थात् फुुड फर पिपुलको लागि दुुई लाख रूपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत सो रकम सहयोग गरेको जनाएको छ ।
उक्त सहयोग रकम प्रेमसागर फाउण्डेसनका उपाध्यक्ष डा. प्रेमराज ढुङेललाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ । फाउण्डेसनले जनभोजन कार्यक्रममार्फत दैनिक पाँच सय बालबालिका र करिब एक सय जना वृद्ध आमाबुबाहरूलाई दैनिक बिहानको खाना खुवाउँदै आएको छ । यस बाहेक फाउण्डेसनले धदिङ र मकवानपुरका केही विद्यालयका करिब १५ सय बालबालिकालाई दिवा खाजाको कार्यक्रम सञ्चालन गर्दै आएको बताइएको छ ।
दैनिक करिब ५० हजार रूपैयाँ बराबरको बिहानी खाना र दिबा खाजाको सेवा उपलब्ध गराउँदै आएको फाण्डेसनलाई बैंकले चार दिन बराबरको खाना र खाजाको लागि दुुई लाख रूपैयाँ सहयोग गरेको जानकारी बैंकले दिएको छ ।