बानेश्वर व्यापार व्यवसायी संघमा गिरी
काठमाडौं । नयाँ बानेश्वर व्यापार व्यवसायी संघको अध्यक्षमा रामशरण गिरी निर्वाचित भएका छन् । गिरीले प्रतिद्वन्द्धी एवं निवर्तमान अध्यक्ष हेमबहादुर क्षेत्रीलाई हराउदै विजयी भएका हुन । गिरीले १२७ मत ल्याई विजयी भए भने प्रतिद्वन्द्धी क्षेत्रीले ९५ मत ल्याएका थिए । कुल २२५ मत खसेकोमा ३ मत बदर भएको थियो ।
संघको २५ सदस्यीय कार्यकारी समितिका अन्य पदाधिकारी एवं सदस्य भने निर्विरोध निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष गिरीले बताए । उनका अनुसार संघको उपाध्यक्षमा खुलातर्फ सृजना श्रेष्ठ र खिमलाल खरेल तथा महिलातर्फ कल्पना दाहाल निर्विरोध चयन भएको, सचिवमा नवीन लुइँटेल, सहसचिवमा विक्की तण्डुकार, कोषाध्यक्षमा रमेशमान शाक्य र सहकोषाध्यक्षमा गीता श्रेष्ठ निर्विरोध भएको बताए । सदस्यहरूमा लक्ष्मी खड्का, मीना पाण्डे, यशोदा सिके बुढाथोकी, बसन्ती अधिकारी, प्रदीपकुमार लम्साल, सुधन पौडेल, बिक्रम महत, विवश काफ्ले, नरेन्द्रबहादुर श्रेष्ठ, प्रदीप घिमिरे, हिरानारायण श्रेष्ठ, बिक्रम गौतम, सुदर्शन तिमल्सिना, रमेश चिमोरिया, दीपा उदास, राजनारायण श्रेष्ठ र महेश पंगेनी निर्वाचित भएका छन् ।