राष्ट्रिय वाणिज्य बैंकले सहायक कम्पनी स्थापना गर्ने
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्मातासम्बन्धी कार्य गर्न सहायक कम्पनी स्थापना गर्ने भएको छ । बैंकको हालै हालै सम्पन्न विशेष साधारण सभाले सो सम्वन्धी विशेष प्रस्ताव पारित गरेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङको सभापतित्वमा सम्पन्न सभामा अध्यक्ष गुरुङले प्रस्ताब प्रस्तुत गर्दै बैंकले विभिन्न सहायक कम्पनीमार्फत व्यवसाय गरी आर्थिक सबलीकरणमा सहयोग पु¥याउने विचार व्यक्त गरेका थिए ।
विशेष साधारण सभामा बैंकका सेयरधनीहरू क्रमशः नेपाल सरकारका महालेखा नियन्त्रकको कार्यालय, ऊर्जा मन्त्रालयका प्रतिनिधि तथा साधारण सेयरधनी डमरुबल्लभ घिमिरेले राखेको जिज्ञासाबारे बैंक सञ्चालक समितिका अध्यक्ष गुरुङले जवाफ दिएका थिए ।
सभामा बैंकका सञ्चालक समितिका सदस्यहरू रबीन्द्रलाल श्रेष्ठ, जनककुमार बराल, विद्यावारिधी सिग्देल, अर्जुनबहादुर अधिकारी, डा.माधवप्रसाद दाहाल, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायव प्रमुख कार्यकारी अधिकृतद्वय कविराज अधिकारी, केशवप्रसाद लम्साल, उपककार्यकारी अधिकृतहरू महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी तथा बैंकभित्र क्रियाशील तीनवटै ट्रेड यूनियनका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो । विशेष साधारण सभालाई कम्पनी सचिव भोलानाथ पौडेलले सहजीकरण गरेका थिए ।
बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा दुुई सय २२ वटा शाखा कार्यालय, एक सय ७८ वटा एटिएम, ९३ वटा शाखारहित बैंकिङ सेवा रहेको छ । चालू आव२०७५÷०७६ को चौथो त्रैयमाससम्म बैंकले एक खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४४ अर्व रुपैयाँ कर्जा लगानी गरी पाँच अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ ।