कुटाईको निहुँ, जागरणको बिऊ
जागरण अभियान संगठनात्मक नहुनु दुर्भाग्यपूर्ण ः पौडेल
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रसले देशभर जागरण अभियान सञ्चालन गरेपनि खासै प्रभावकारी देखिएको छैन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबाले दुई ठुला कम्युनिष्ट पार्टीहरु एक भएदेखि नै अब मुलुकमा कम्युनिष्ट अधिनायकबाद आउँछ भन्दै हिंडेका थिए । केपी शर्मा ओलीको नेतृतवमा सरकार गठन भएको पनि अहिले डेढ बर्ष बितिसक्यो । तर आजम्म पनि काँग्रेसले अधिनायकबादको छनक किन पाउन सकेको छैन । ०४६ सालमा प्रजातन्त्र ल्याएपछि बर्षौसम्म सत्तामा बसेर मुलुकको शासन चलाएको उसलाई सरकारले गरेका कमी कमजोरी थाहा नहुने कुरै थिएन । यसबारे उसलाई राम्रोसँग थाहा छ । थाहा पाएर पनि बुच पचाउँदै अधिनायकबादलाई पचाइरहेको छ ।
गत बिहिबार जागरण अभियानकै क्रममा बाँकेको नेपालगंंजमा दिन दहाडै पार्टी सभापति किरण कोईरालामाथि सरकारबादी कम्युनिष्ट कार्यकर्ताले आक्रमण गरेका छन । उनीहरुले यो हाम्रो इलाका हो यहाँ कार्यक्रम गर्न पाईदैन भन्दै खुल्लारुपमा आक्रमण गरे । सुरक्षाका लागि खटिएका प्रहरी प्रशासनले कुनै प्रतिबाद नगरेको पीडितहरुले बताएका छन । यसबाट प्रस्ट हुन्छ मुलुकको शुसासन । यस्ता गतिबिधि सत्ताको आडमा देशभर नै भइरहेका छन । प्रतिपक्षी दल नेपाली काँग्रेसले खासै प्रतिबाद गर्न सकेको छैन । कोइरालामाथि भएको आक्रमणको बिषयमा गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाउने र संंसद अबरोध गर्ने धम्कीमात्र दिइएको छ ।
गएको चुनावबाट नेपाली काँग्रेस प्रतिपक्ष दलमा खुम्चिएको छ । प्रतिपक्षमा नै बसेर भएपनि सरकारले गरेका गल्तीको खबरदारी गर्न जनताले उसलाई म्याण्डेट दिएका हुन । प्रतिपक्षको भुमिका पनि राम्रोसँंग निर्वाह नगरेको भन्दै उसको अहिले सबत्र आलोचना भइरहेको छ । शुसासनको नाममा दुई तिहाइको सरकारले सिन्को पनि भाँच्न सकेको छैन । स्थानीय सरकार गठन भएपश्चात गाउँगाउँमा पु¥याएको भनिएको ंिसंहदरबार केबल देखाउने दाँत मात्र भएको छ । स्थानीय जनतालाई करको भारी बोकाइएको छ । जनतासँग लिइएको कर बापतको रकम बिकास निर्माणमा भन्दा पनि जनप्रतिनिधिको सेवा सुबिधामा बढि खर्च भएको छ । यो कुरा सत्तारुढ दल नेकपा र उसको सरकारलाई त थाहा नहुने कुरै भएन । थाहा पाएर पनि उ बोल्न मिलेन । बोल्नुपर्ने र यस्को कडा प्रतिबाद गनुपर्ने थियो प्रतिपक्ष दल नेपाली काँग्रेसले । तर उ बोलिरहेको छैन । किन ? यसअघि सरकारमा बस्ता यस्ता सेवा सुबिधा आफु र आफना कार्यकर्ताले लिएको हेक्का उसलाई राम्रैसँग छ ।
मुलुक संघीतामा गइसकेपछि भएको निर्वाचन पश्चात संसदमा कम्युनिष्टको प्रचण्ड बहुमत छ । संघीय केन्द्र सरकार दुई तिहाइको छ । सात प्रदेशमध्ये छ वटामा कम्युनिष्टहरुको एकल बहुमतको सरकार छ । २ नम्वर प्रदेशमा मात्र मदेशबादी दलले सरकार गठन गरेका छन । सातै प्रदेशमा काँग्रेस प्रतिपक्षमा छ । तर उसले प्रतिपक्षी दलको भुमिका केन्द्र र प्रदेशमा समेत राम्रोसँग निर्वाह गर्न नसकेको गुनासो सबत्र बढिरहेको छ । नेपाली जनता हजारौं समस्या बाट पीडित छन । मुलुकमा सरकार भएको अनुभुती गर्न सकेका छैनन । मुल्य बृद्धि दिनदिनै बढदो छ । बजारमा तरकारीको भाउ अकासिएको छ । किसानले उत्पादन गरेको कृषि बस्तुले लागत मुल्य पाउन सकेको छैन । सरकार भ्रष्टाचार र अत्याचारमा रमाइरहेको अवस्था छ । यो मारबाट नेपाली जनता अक्रान्त छन ।
सरकार यो बिषयमा मौन बस्नु कुनै अनौठो बिषय होइन । तर प्रतिपक्ष दललले जनताको आवाजलाई बुलन्द गर्नु पर्नेमा उ मौन छ । कम्युनिष्ट सरकारले गरेका जनबिरोधी कामको भण्डाफोर गर्दै जनतालाई गोलबन्द गराउन उ अग्रसर बन्नुपर्दथ्यो । त्यसको सटट उ आफ्नै अन्तरबिरोधमा रुमलिइरहेको छ ।
सभापति देउबाले यसअघि नै कम्युनिष्ट सरकार आयो भने रुन पनि पाइँदैन भनेका थिए । यो बोलीमा सघाउ पुग्नेगरी बाँकेमा सत्तारुढ दलका कार्यकर्ताले सभामा आक्रमण गरेका छन । संसद र जनतासामु खासै उपलब्धी देखाउन नसकेको काँग्रेसलाई अब यो घटना गतिलो मसला बन्नसक्छ । जागरण अभियान चलिरहेको बेला जनतामाझ यो कुरा सार्वजनिक गर्न उसलाई सजिलो पनि हुनेछ । कुटाईको निहुँ, जागरणको बिउँ नबनोस ।
मुलुकमा स्थायी सरकार भएपनि जनताका समस्याले निकास पाउन सकेको छैन । बिकृति र बिसंगतिको अन्तय हुन सकेको छैन । भ्रष्टाचारको जरा उखेलिएका छैनन । यी कुराहरुलाई प्रतिपक्षी दलको हैसियतले संसद, सडक र जनतासामु लगेर उजागार गराउन सक्नुपर्दथ्यो । त्यसो गर्न सकेको भए जनताले काँग्रेसलाई साथ पनि दिने थिए । तर उ आफंै सरकारसँगै भ्रष्टाचारमा जोडिएका बिषय पनि बाहिर आईरहेका छन । त्यही भएर पनि उसले सरकारले गरेका गल्ती र कमी कमजोरीको खुल्लारुपले बिरोध गर्न सकिरहेको छैन ।
जागरण अभियान संगठनात्मक नहुनु दुर्भाग्यपूर्ण ः पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टीले शुरु गरेको जागरण अभियानमा कामभन्दा बढी प्रचारमुखी भएको टिप्पणी गरेका छन् । जागरण अभियान संगठनात्मक हुन नसक्नु दुर्भाग्यपूर्ण भएको बताउँदै पौडेलले अभियानले संगठनलाईं केन्द्रमा राख्न नसकेको बताए । पार्टी संगठनलाई मुल मर्ममा राखेर निर्वाचित जनतप्रतिनिधिले काम गर्न जरुरी रहेको बताउँदै कांग्रेसको सिद्धान्तको जीत भएपनि संगठनले हारेको उनले बताए । जागरणमार्फत हारेको संगठनलाई पुनर्जीवित बनाउनुपर्ने उनले बताए ।
गुठी विधेयकको विरोधमा माइतीघरमा भएको प्रर्दशन र रवि लामिछानेका पक्षमा चितवनमा भएको प्रर्दशन सरकारसंगको असन्तुष्टि भएको बताउदै नेता पौडेलले अहिले जनताले आधार खोजेका बताए । यस्ता विषयमा कांग्रेस गम्भीर भएर सोच विचार गरेर अघि बढ्न जरुरी रहेको वरिष्ठ नेता पौडेलले बताए ।
बिपी जयन्तीको अवसरमा शनिबार कीर्तिपुरमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले दुई तिहाईको सरकारले केही काम गर्न नसक्दा आम नागरिकमा राजनीतिप्रति वितृष्णा बढ्ने र त्यसका कारण व्यवस्थामाथि नै खतरा उत्पन्न हुने अवस्था आएको बताए ।
सरकारले समाजवादको मुल मर्म नै नबुझेको वताउँदै नेता पौडेलले कृषिलाई केन्द्रमा राखेर नीति बनाउन आवश्यक रहेको बताएका छन् । भ्रष्टचारबाट आजित जनतालाई राहत दिन नसकेको, नेता, कर्मचारी भ्रष्टाचारमा लिप्त भएका कारण राजनीतिबाट जनतामा वितृष्ण फैलिन सुरु भएको पौडेलको आरोप छ ।