कृषि विकास बैंकद्वारा वातावरण संरक्षण समितिलाई सहयोग

ललितपुर । कृषि विकास बैंकले महिला वातावरण संरक्षण समितिलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत महिला वातावरण संरक्षण समिति र गणेश युवाक्लब ललितपुर–१ कुपण्डोलमा सामाजिक सामुदायिक कार्यक्रमअन्र्तगत एक सय थान डष्टबिन सहयोग गरेको हो ।
काठमाडौँमा आयोजित कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथि तथा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बैंकले उपलब्ध गराएको एक सय थान डस्टबिन महिला वातावरण संरक्षण समिति र गणेश युवाक्लब ललितपुर–१ लाई संयुक्तरूपमा हस्तान्तरण गरेका हुुन् । स्थानीय नागरिकहरूको बाक्लो उपस्थित रहेको सो समारोहलाई सम्बोधन गर्दैकार्यक्रमका प्रमुख अतिथि तथा बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले आफ्नो नगर÷टोललाई सुरक्षित तथा सफा हराभरा बनाउने दायित्व त्यहाँ बस्ने नागरिकको पनि भएकोले हामीहरूले आफ्नो घरवरिपरि सरसफाई गर्ने बानी बसाल्यौँ भने भोलि टोल सफा हुन्छ भन्ने धारण व्यक्त गरे । टोल सफा र सुरक्षित हुँदा हामीहरूको सोचमा सकरात्मक परिवर्तन भई उत्कृष्ट समाजको रूपमा हामी हाम्रो टोललाई चिनाउन सक्दछौँ, उनले भने । नेपाली जनताको आर्थिकस्तर उकास्न तथा देशमा आर्थिक समृद्धि ल्याउन कृषि विकास बैंकले खेलेको भूमिकाबारे चर्चा गरे । उनले ५२बर्ष अगाडिकृषकहरूको आर्थिक समृद्धिका लागि स्थापित कृषि विकास बैंकले हाल आधुनिक प्रविधिमार्फत नेपालको कूल जनसंख्याको २५ प्रतिशत जनताहरूलाई आधुनिक तथा भरपर्दो बैंकिङ सेवा प्रदान गर्दैआइरहेको जानकारी दिए ।
नेपालमा सबैभन्दा बढी शाखा सञ्जाल भएको तथा वृहत पुँजी भएको यस बैंकले दूरदराजमा रहेका आम किसानहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको तथा उनीहरूको क्षमता वृद्धिका लागि विभिन्न वित्तीय साक्षरता एवम्तालिमहरूका साथसाथै यस्तै प्रकृतिका सेवामूलक कार्यहरू पनि निरन्तररूपमा गर्दै आइरहेको समेत बताए । कार्यक्रमका विशिष्ट अतिथि तथा महिला वातवरण संरक्षण समितिका अध्यक्ष विष्णु थकालीले वातवरण संरक्षण तथा सरसफाई गर्ने कार्य जीवनसँगै निरन्तर चलिरहने प्रकृया भएकोले यस्ता कार्यक्रमले जनचेतनामा परिवर्तन गर्दै यसलाई अभियानका रूपमा सञ्चालन गर्नुपर्ने बताउँदै बैंकले पु¥याएको योगदानको प्रसंशासमेत गरे । कार्यक्रमका विशिष्ट अतिथि तथा कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय काठमाडौँका कामु निर्देशक करुणचन्द्र घिमिरेले बैंक केवल नाफामुखी व्यवसाय मात्र नभई सामाजिक सेवामा पनि त्यतिकै समर्पित रहने र भविष्यमा पनि यस्ता कार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गर्ने भन्दै बैंकले सञ्चालनमा ल्याएका सुविधाहरू (एटीएम कार्ड, भिसा कार्ड, आईपीएस, मोबाईल बैकिङ, इन्टरनेट बैकिङ, सि.आस्वा सुविधा, डिम्याट सुविधा) को बारेमा समेत जानकारी दिए । त्यसैगरी कार्यक्रमका विशिष्ठ अतिथि तथा वडा अध्यक्षनिर्मल तण्डुकारले यस्ता कार्यक्रमले टोल सफा राख्नमा महत्वपूणर््ा भूमिका निर्वाह गर्ने भनि बैंकलाई विशेष धन्यवाद दिदै उपस्थित टोलबासीहरूलाई कृषि विकास बैंक लि.मा नै बैंकिङ कारोबार गर्न अनुरोध समेत गरे ।गणेश यूवा कलबका सदस्य श्री पुरन लोचनले कार्यक्रममा उपस्थित महानुभावहरूलाई स्वागत गर्दै कृषि विकास बैंक लि.ले पुराएको सहयोगको सराहना गरी बैंकको उच्च प्रगतिको कामना गरे ।
कार्यक्रममा बैंकमा विभागीय प्रमुख ध्रुवचन्द्र गौतम, कामु विभागीय प्रमुख शंकरकुमार अर्याल, क्षेत्रीय कार्यालय काठमाडौँका कामु निर्देशक अनिल यादव, कामु मुख्य शाखा प्रबन्धक माधव रिजाल, बैंकका प्रवक्ता हिमलाल पौडेल, बजार शाखा व्यवस्थापनका शाखा प्रमुख महेश्वर मरहठा, प्रबन्धकहरू राजेन्द्र रानाभाट, सुदन सिलवाल, राजु कार्की, खेटराज दाहाल, क्षेत्रीय कार्यालय काठमाडौँका कास छगेन्द्र आचार्यलगायतका अन्य कर्मचारीको समेत उपस्थिति रहेको थियो ।