को बन्ला नेपाल बैंकमा सीइओ ?

काठमाडौं । मुलुककै जेठो बैंक नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत बन्न दौढधुप शुरु भएको छ । सिइओ नियुक्तिका लागि राजनीतिक दलका प्रभावशाली नेता र व्यक्तिको घर धाउने क्रममा सुरु भएको बताइएको छ ।
सिइओ बन्न निवेदन दिनेमा एकमात्र महिला दुर्गा कँडेल (छत्कुली) छिन अरु १३ जनामा रामदेव यादव, अरुणकुमार ढुङ्गाना, पूर्णप्रसाद आचार्य, मुरारिप्रसाद अर्याल, कृष्णबहादुर अधिकारी, सुन्दर पन्थी, शेषरमण आचार्य, पुष्पराज भण्डारी, राजुनाथ खनाल, गोविन्दप्रसाद दाहाल, अशोक खड्गी, शंकरकुमार रायमाझी र डिल्लीराम शर्मा रहेको बताईन्छ । सिइओ छनोटका गर्न तीन सदस्यीय समिति बनेको छ । समितिले तीनजनाको नाम सञ्चालक समितिमा पठाउने छ र सञ्चालक समिति बैठकले ती नाम मध्ये एकजना छनोट गरी सिइओका लागि नेपाल राष्ट्र बैंकमा पठाउने छ ।
२०७५ चैतमा देवेन्द्रप्रताप शाहको कार्यकाल सकिएपछि नेपाल बैंकको सिइओ पद रिक्त छ । उक्त पदका लागि बैंकले खुला प्रतिस्पर्धाबाट सिइओ नियुक्त गर्न साउन १५ मा सार्वजनिक सूचना आह्वान गरेको थियो । भदौ ३ सम्म सिइओ बन्न इच्छुक व्यक्तिबाट निवेदन मागिएको थियो ।