गुल्मी दरबार गाउँपालिकामा सरोकारवालाको अभिमुखिकरण सम्पन्न

गुल्मीमा स्वास्थ्य बिमा कार्यक्रम

गुल्मी । गुल्मी दरबार गाउँपालिकामा गत सोमवार स्वास्थ्य बिमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार स्वास्थ्य बिमा बोर्डको आयोजनामा गाउँपालिकाको कार्यालयमा सरोकारवालाको लागि अभिमुखिकरण गरिएको हो ।
हालसम्म नेपालका ४७ जिल्लामा सन्चालन भैसकेको स्वास्थ्य बिमा कार्यक्रम नेपाल सरकारको योजना अनुरुप यो बर्ष सबै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु हुँदै छ । स्वास्थ बिमा कार्यक्रममा सहभागी परिवारले बार्षिक ३ हजार ५ सय बुझाएपछि बार्षिक १ लाख सम्मको उपचार निःशुल्क पाउने छन । तर ५ जना भन्दा धेरै सदस्य भएको परिवारले भने थप प्रती सदस्य ७ सय बुझाउनु पर्ने छ । यहि बर्षको असोज भित्रै यहाँ स्वास्थ्य बिमा कार्यक्रम सन्चालन गर्ने उद्देश्य रहेको भन्दै स्वास्थ्य बिमा बोर्डका जनस्वास्थ्य अधिकृत हिमलाल ज्ञवालीले यो कार्यक्रमलाई सफल बनाउन सकृयताका साथमा लाग्न सरोकारवाला लाई आग्रह समेत गर्नु भयो ।


कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख अशोक कुमार थापाले स्वास्थ्य बिमा कार्यक्रम लाई गाउँपालिकामा सफल कार्यान्वयन गर्न आफू कटिबद्द भएर लाग्ने प्रतिबद्धता ब्यक्त गर्दै यसले स्वास्थ्यको क्षेत्रमा आमूल परिवर्तन हुने बिस्वास ब्यक्त गर्नु भयो ।
कार्यक्रमको सभापतित्व ग्रहण गर्दै गाउँपालिकाका कार्यकारी अधिकृत लेखबहादुर बस्नेतले स्वास्थ्य बिमा कार्यक्रम प्रत्येक नेपालिका लागि बरदानयुक्त कार्यक्रम हो भन्दै गुल्मी जिल्लामै पहिलो कार्यक्रम आफ्नो गाउँपालिकामा संचालन गरेकोमा स्वास्थ्य बिमा बोर्डलाई धन्यवाद दिनुभयो ।
कार्यक्रमको सन्चालन गाउँपालिकाका स्वास्थ संयम्सेवक नारायण अर्यालले गर्नुभएको थियो । साथै सोही दिन बोर्डले गाउँपालिकाका स्वास्थ्यकर्मीहरुसंग पनि अन्तक्र्रिया एबम अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
‘बेलैमा स्वास्थ्य बिमा गरौं, आफू आफ्नो परिवारको स्वास्थ्य उपचारको लागि ढुक्क होउ’ भन्ने मुल नाराका साथ संचालित सो कार्यक्रम स्वेच्छिक कार्यक्रम भएपनि सरकारी कर्मचारी र बैदेशिक रोजगारीमा जानेका लागि भने अनिवार्य गरिएको छ ।