झापाको बिर्तामोडमा पनि टिम्बर क्राफ्टको शाखा

काठमाडौं । विगत लामो समयदेखि स्किन ढोकाहरुको उत्पादन तथा बिक्रीवितरण गर्दै आएको टिम्बर क्राफ्ट प्रालिको शाखा झापाको बिर्तामोडमा सञ्चालनमा ल्याएको छ । मंगलबार एक कार्यक्रमका बीच उक्त शाखा कार्यालय इस्ट टिम्बर प्रालिको उद्घाटन गरिएको हो ।
देशका विभिन्न जिल्लाहरुमा सेवा विस्तार गरिरहेको कम्पनीले अब प्रदेश १ मा पनि उक्त शाखामार्फत नेपालमै बनेका स्किन ढोकाहरु बजार विस्तार गर्ने टिम्बर क्राफ्टका प्रबन्धनिर्देशक योगेन्द्रजंग बस्नेतले जानकारी दिए । उनले भने, ‘नेपाली उत्पादन भनेपछि प्रयोग गर्न पनि आम मानिसले गर्व गर्नलायक परिणाम हाम्रा ढोकाहरुले दिनेछन्, यसको लागि हामी रात दिन नभनी सस्तोमा टिकाउ, भरपर्दो ढोकाहरु उत्पादन गर्नतिर लागेका छौं ।’ ललितपुरको सातदोबाटोमा प्रमुख कार्यालय र नवलपरासी गैंडाकोटमा कारखाना रहेको कम्पनीले पानीले असर नगर्ने, किराले नखाने, बाङ्गोटिङ्गो नहुने, सजिलै कम समयमै फिट गर्न सकिने, सबै प्रकारका घरहरुमा अनुकूल हुने, सस्तो तथा आकर्षक ढोकाहरु उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ । उक्त ढोकाहरुमा कम मात्रामा काठको प्रयोग गरिएको र सुरक्षाको लागि आवश्यक उपचार विधि अपनाइएको छ । कम्पनीका देशैभरिमा ४५ भन्दा बढी ठाँउमा डिलर रहेको कम्पनीले जनाएको छ । ढोकाहरुको बारेमा जानकारी दिँदै प्रबन्धनिर्देशक बस्नेतले भने, ‘देशमा काठको अभाव भइरहेको बेलामा काठको प्रयोग गरिएका टिकाउ ढोका दशैँभरि पु¥याउन पाउँदा अत्यन्तै खुसी भएका छौँ ।’ टिम्बर क्राफ्टबारे थप जान्न कम्पनीको वेबसाइट हेर्न सकिने कम्पनीले जनाएको छ ।