राजतन्त्र फर्किन्छ भन्ने मुर्ख : देउवा
काठमाडौं । नेपाली काग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फेरि राजतन्त्र फर्किन्छ भन्नेहरुलाई मुर्खको संज्ञा दिएका छन् । प्रेस युनियन दाङ शाखाले शनिबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले जनताले ठूलो संघर्षबाट फालेको राजतन्त्र अब फर्कन नसक्ने दावी गरे ।
राजतन्त्रको पक्षका कांग्रेस नभएको स्पष्ट पार्दै सभापति देउवाले राजतन्त्रको बारेमा पार्टीमा छलफल नै नभएको प्रष्ट पार्दै काग्रेसले राजा फर्काउन चाहेको छ भन्नु मुर्खता भएको बताए ।
काग्रेसको जनजागरण अभियानको सफलता देखेर कम्युनिस्टहरुले बाँकेको कार्यक्रममा आक्रमण गरेको आरोप लगाउँदै देउवाले शान्तिपूर्ण रूपमा सभा समारोह गर्न पाउने अधिकार सबैमा रहेको र त्यसैको लागि कांग्रेस सात सालदेखि अनवरत लड्दै आएको बताए । उनले भविश्यमा पनि लडिरहने वताउँदै त्यसका लागि कांग्रेस पार्टीको एकता आवश्यक रहेको औल्याए ।
गृहमन्त्री रामबहादुर थापाका भाइलाई पक्राउ गरी अनुसन्धान गर्दा प्रहरी डराउन नहुने वताउँदै सभापति देउवाले प्रहरी राष्ट्र र जनताप्रति बफादार हुनुपर्ने बताए । जनताको करबाट तलब खाने प्रहरीले जनताको शान्ति सुरक्षामा ध्यान दिनुपर्ने बताउँदै देउवाले कसैको दवाव र इसारामा प्रहरीले काम गर्न नहुने बताए ।
त्यस्तै सभापति देउवाले प्रदेश ५ को राजधानी सञ्चालनका लागि भौतिक पूर्वाधारको अभावमा भएकाले बुटवलमा अस्थायी केन्द्र तोक्नु परेको बताए । उनले तत्कालीन समयमा काम चलाउनका लागि बुटवलमा अस्थायी राजधानी तोकेको भन्दै स्थायी राजधानी तोक्ने जिम्मा प्रदेश सरकारको भएको स्पष्ट पारे ।
सभापति भट्टराईले वाईडबडी भ्रष्टाचार प्रकरणमा आफू दोषी नभएको जिकिर गरेका छन् । सो प्रकरणका भ्रष्टलाई कारवाही हुनुपर्छ भन्ने आवाज उठाउने पहिलो व्यक्ति आफै भएको वताउँदै देउवाले आफ्नो बदनाम गर्न नाम जोडिदिएको आरोप लगाए । उनले सत्यतथ्य छानविन गर्न माग गर्दै दोषी ठहरिए कारबाही भोग्न तयार रहेको समेत बताए ।