चाडपर्व व्यवस्थित र सुरक्षित बनाइने

काठमाडौ । नेपालीहरुको महान पर्वहरु वडा दशैं, शुभदिपावली, छठपर्व नजिकिँदै छन् । चाडपर्वको अवसर केहीका लागि ठगीको अवसर पनि बन्ने गरेको छ । धेरै किनमेल हुने समयका रुपमा हेरिने दशैमा सर्वसाधारणहरुलाई ठगीबाट वच्न सरकारका सरोकारवाला निकायमहरुले के कसरी काम गरिरहेका छन् भन्ने आम सर्वसाधारणको चासोको विषय बनेको छ । यसै सन्दर्भलाई ध्यान दिँदै आम उपभोक्ताहरुलाई सरकारी तर्फबाट के कस्ता राहतका कार्यक्रम ल्याएको छ भन्ने विषयमा तराई विकास तथा सञ्चार केन्द्र नेपालको हलमा ‘नजिकिँदै गरेको चाडपर्व र बजार अनुगमनको अवस्था’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।
सो अन्तक्र्रिया कार्यक्रममा काठमाडौं प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अनुगमनको प्रक्रिया निरन्तर रुपमा चलिरहने प्रक्रिया भएको बताउँदै चाडपर्वको बेला सबै क्षेत्रमा चाप बढ्ने भएको हुनाले विशेष रुपले अनुगमन गर्नुपरेको बताएका छन । हुल बाँधेर जाने शैलीको अनुगमन प्रभावकारी नभएकाले आफ्नै शैलीमा एक्सनमा उत्रिन सबै सरोकारवाला निकायलाई आग्रह गरेको जानकारी दिएका छन् । उनले चाडपर्व ढुक्क भएर मनाउने व्यवस्था गरिने पनि बताएका छन् ।
त्यस्तै वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेद्र कुमार गौचनले चाडपर्वलाई लक्षित गरेर आफूहरुले दैनिक अनुगमन सुरु गरेको वताए । महानिर्देशक गौचनले चालु आर्थिक वर्षमा मात्र एक हजार फर्ममा अनुगमन गरिएको जानकारी दिँदै त्यसमध्ये ३४० फर्म कारबाहीको दायरामा आएको र १६० फर्मलाई जरिवाना समेत गराएको दावी गरे । उनले चाडपर्वको मौका छोपेर कालाबजारी गरे कडा कारबाही हुने चतावनी पनि दिएका छन् ।
विभागले हालै काठमाडौंको न्यूरोडमा रहेको रञ्जना मल र दरवारमार्गमा अनुगमन गरेको थियो । रञ्जन मलमा हुलदंगादेखि अनुगमनकर्ताहरुमाथि अपशब्द प्रयोग भएको थियो । त्यहाँ अनुगमन टोलीले ठूलो मात्रामा सुरक्षाकर्मी नै परिचालन गर्नु परेको थियो । त्यस्तै दरवारमार्गमा टोली अनुगमनमा जाँदा अधिकांस पसलहरु बन्द गरेर हिडेका थिए ।
चाडपर्वलाई लक्षित गरि अहिले देशभरि ७३ वटा सुपथ मुल्यका पसलहरु सञ्चालनमा रहेको महानिर्देश गौचनले बताएका छन् । सरकारले आफैं घाटा व्यहोरेर भएपनि नुन, चिनी, डिडिसीको घ्यू, खसी बोका, चामलमा सहुलियत दरमा उपलब्ध गराएको उनले वताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवक्ता यामलाल भुसालले दशैं, तिहार छठ चाडपर्व नजिकिँदै बजार व्यवस्थापन विषयमा प्रधानमन्त्री कार्यालयको ध्यान केन्द्रित भएको बताए । चाडपर्वलाई लक्षित गरी शान्ति सुरक्षा, आपूर्ति व्यवस्थापन, यातायात क्षेत्रलाई सरल र सुरक्षित बनाउने दायित्व राज्यको भएकोले सञ्चारमाध्यमले पनि यस क्षेत्रलाई सुसूचित बनाउन सहयोग गर्नुपर्ने उनले बताए ।
उपत्यका प्रहरी प्रमुख (डिआइजी) शैलेश थापाले चाडपर्वको बेला अपराधका घटनाहरु पनि बढ्न सक्ने हुनाले यसतर्फ नेपाल प्रहरी सचेत रहेको बताउँदै दशैंमा घर जाने यात्रुहरुलाई सकुसल गन्तव्यसम्म पु¥याउन सुरक्षा निकायले खेल्नुपर्ने भूमिकामा आफूहरु सचेत रहेको बताए ।
त्यसैगरी कार्यक्रममा साल्ट टेडिङ्ग कर्पोरेशनका नायव महाप्रबन्धक कुमार राजभण्डारीले जनताको माग र गुणस्तरलाई ध्यान दिँदै साल्ट टेडिङ्ग कर्पोेरेशनले आफ्ना कामहरु गर्दै आइरहेको बताए । महाप्रबन्धक राजभण्डारीले सुपथ मूल्य पसल, घुम्ती सेवाले उपभोक्ताहरु लाभान्वित भएको जनाए । माग भई आएका कतिपय जिल्लाहरुमा कर्पोरेशनले सुलभ मूल्यको घुम्ती सेवा जिल्ला जिल्लामा समेत पु¥याएको बताए ।