‘छ माया छपक्कै’को प्रमोशन गीत : ‘….यसपालि त दिपाश्री व्याउने कुरो छ !’
काठमाडमौं । चलचित्र ‘छ माया छपक्कै’ यही असोज २४ गतेटबाट देशभर पर्दशन हुँदैछ । यसअघिको चलचित्रबाट सफलता हात लागेसँगै फिर्ता बनाउने हौसिएको हाँस्यव्यंग्य कलाकारहरुको समूहले निर्माण गरेको चलचित्र ‘छ माया छपक्कै’ ले चलचित्रको प्रचारप्रसारका लागि नयाँ शैली अपनाएको छ ।
सो चलचित्रले यस पटकको तीजमा एकछत्र राजगर्न सफल ‘हामी पनि नाच्नु पर्छ बिच्बबिच्च’ मा बोलको गीतको शैलीमा चलचित्रको प्रचारप्रसारका लागि गीत तयार पारेको छ ।
गायक दुर्गेश थापाले आफ्नो राम्रो चर्चा पाएको गीतलाई चलचित्रको प्रचार शैलीमा ढालेका हुन् । ‘छ माया छपक्कै बिच्च बिच्चमा’ बोलको प्रमोशन गीत यस्तो छ–
“दिदी वहिनी, दाजुभाई, हजुरआमा, हजुरबाउ
टिकाटालो लगाएर फिल्म हेर्न जाऔं,
२१ गते टिका रैछ, २६ गते पूर्णिमा
छ माया छपक्कै (असोज २४) बिच्चबिच्चमा
केकी र दिपकराजको रोमान्स गर्ने सिनमा
माग्ने–मुद्रा किन छिर्छौ बिच्चबिच्चमा
कही नभएको जात्रा हुन्छ हाम्रो हाडी गाउँमा
यस्ता यस्ता हिरो हुन्छन् हाम्रा ठाउँमा
माग्ने मुद्रे भल्ट्याङभुल्टुङ दिपकराज बुढो छ
यसपाली त दिपाश्री व्याउने कुरो छ”
यो गीतले चलचित्रको प्रचारमा ठूलै फाइदा पु¥याउने देखिएको छ भने समाजमा आलोचित पनि बनेको छ । गीत सार्वजनिक भएसँगै भल्गर र समाजमा अपाच्य भएको शव्द चयनमा ख्याल नगरी फिल्मको प्रचारमा मात्र ध्यान दिएको जस्ता आरोप लागेको छ ।
गायक दुर्गेश थापाको निजी युट्युव च्यानलबाट सार्वजनिक गरिएको चलचित्रको प्रमोशन गीत दुई दिनमै झण्डै तीन लाखले हेरिसकेका छन् ।
गीतमा चलचित्रका मुख्य कलाकारहरु दिपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्टको साथमा गायक दुर्गेश थापा, सहयोगी निर्देशक दीपाश्री निरौला र निर्माता सुमन गिरी देखिएका छन् ।
प्यारोडी पारामा फिल्मको प्रचार गर्ने शब्द राखेर बनाइएको बिच्चबिच्चमा गीतमा फिल्म हेर्न दर्शकलाई आग्रह समेत गरिएको छ । गीतमा गायक दुर्गेश स्वयंको शब्द, संगीत र स्वर छ । भक्तपुरको राधेराधे चोकमा रहेको अग्लो भवनमा छायाँकन भएको गीत छ । गीतले फिल्मको प्रचारमा टेवा पुग्ने बिश्वास निर्माण युनिटको रहेको छ ।
आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्ले मिलेर बनाएको यो चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका छन् । फिल्म ‘छ माया छपक्कै’ मा दीपकराजले एक युवा नेताको भूमिका छन् । दीपकको अलवा जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी, सुपुष्पा भट्ट र दीपाश्री निरौला, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
राजनीतिक पृष्ठभूमिमा पलाउने प्रेमकथा समेटिएको फिल्मको कार्यकारी निर्माता जितु नेपाल र केदारप्रसाद घिमिरे हुन् भने निर्माता रोहित अधिकारी रहेका छन् ।