सशस्त्र प्रहरी बलको चार्डपर्व लक्षित ९१ सहायता कक्ष
काठमाडौं । चार्डपर्वलाई ध्यानमा राखेर सशस्त्र प्रहरी बल, नेपालले देशका विभिन्न ९१ स्थानमा सहायता कक्ष राखेको जनाएको छ । यात्रु तथा स्थानीय नागरिकलाई सघाउ पु¥याउने अभिप्रायले दशैं, तिहार तथा छठ पर्वलाई लक्ष्यीत गरेर सहायता कक्ष राखिएको सशस्त्र पहरी नायव उपरीक्षक अजय छतकुलीले बताएका छन् ।
छतकुलीका अनुसार चार्डपर्व लक्ष्यीत सहायता कक्ष प्रदेश नम्बर १ मा २० स्थानमा राखिएको छ भने प्रदेश नम्बर २ मा ४७ स्थानमा तथा प्रदेश नम्बर ३ मा एक ठाउँमा, गण्डकी प्रदेशमा एक ठाउँमा, प्रदेश नम्बर ५ मा १६ ठाउँमा र सुदूरपश्चिम प्रदेशमा ६ ठाउँमा राखिएको छ । यी सहाताकक्षले स्थापनायता १ हजार ७ सय ७४ जना सेवाग्राहीलाई सेवा प्रदान गरिसकेका छन् । आवश्यक देखिएका अन्य स्थानहरुमा समेत सहायता कक्षहरु राखेर सेवा प्रदान गरिने छ ।