एनआरएनए अध्यक्षमा पन्त
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई हराउँदै पन्त एनआरएनएको अध्यक्षमा विजयी भएका हुन् । पन्तले १२ सय १७ मत ल्याउँदा आचार्यले एकहजार ७० मत ल्याएका छन् । यसैगरी उपाध्यक्षमा डा. बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, सोनाम लामा, मन केसी र रविना थापा विजयी भएका छन् । महासचिवमा हेमराज शर्मा र कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ विजयी भएका छन् भने सचिवमा गौरी जोशी र आरके शर्मा विजयी भएका छन् । यसैगरी सह–कोषाध्यक्षमा लोक दाहाल विजयी भएका छन् । युरोप संयोजकमा नारायण प्रसाद आचार्य विजयी हुँदा उप–संयोजकमा कृष्ण प्रसाद तिमल्सिना, शुक्रराज न्यौपाने र मुक्तबहादुर गुरुङ विजयी भएका छन ।
त्यसैगरी महिला संयोजकमा भोमादेवी लिम्बू, युवा संयोजकमा हिमाल गुरुङ, मध्यपूर्व क्षेत्रको संयोजकमा प्रविन गुरुङ, उप–संयोजकमा मनोजकुमार श्रेष्ठ र राजेन्द्र अर्याल, महिला संयोजकमा सुमित्रादेवी पौडेल र युवा संयोजकमा राजु रेग्मी चयन भएका छन् । अफ्रिका क्षेत्रको संयोजकमा रोशन थापा र महिला संयोजकमा मनकला थापा निर्वाचित भएका छन् । एसिया प्रशान्त क्षेत्रको संयोजकमा गोविन्द श्रेष्ठ, उप–क्षेत्रीय संयोजकमा खगेन्द्र न्यौपाने र पारसमणि पोखरेल, महिला संयोजकमा अमृता थापा र युवा संयोजकमा दीपकप्रसाद कँडेल चयन भएका छन् । अमेरिका क्षेत्रको संयोजकमा राजन त्रिपाठी, उपसंयोजकमा रामसी पोखरेल विजयी भएका छन् । त्यस्तै महिला संयोजकमा उमा कार्की थापा र युवा संयोजकमा विमला सापकोटा चयन भएका छन् । ओसिएन क्षेत्रको संयोजकमा होमनाथ पाण्डे, उपसंयोजकमा नवीन कँडेल विजयी भएका छन् । त्यस्तै महिला संयोजकमा जानकी पौडेल र युवा संयोजकमा राजकुमार थपलिया विजयी भएका छन् ।