दुर्गेशको देउसी गीत विवादमा

काठमाडौं । हिन्दु नारीहरुको महान पर्वको अवसरमा ‘हामी पनि नाच्नुपर्छ बीच्च बीच्चमा’ बोलको तिजगीतबाट आफ्नो चर्चा उचाईमा पुर्याएका गायक दुर्गेश थापाले ‘देउसी गीत’ पनि ल्याएका छन् । तर देउसी गीतमा प्रयोग भएका शव्दलाई लिएर उनको आलोचना शुरु भएको छ ।
गत हप्ता युट्युब मार्फत सार्वजनिक गीतका भ्युज बढेसँगै आलोचक पनि बढेका छन् ।
ह्याप्पी तिहार
ह्याप्पी तिहार
चिसो बियर
डन आयो डन
जा मुला भन
राजा हो राजा
बजाइदिन्छ बाजा
ले निकाल गाँजा
खानुपर्छ आज
लुटेको माल
हुँदा सबैको राज
गीतका शब्दहरुले ‘देउसी’ लाई विकृत बनाएको र रक्सीको खुलेआम प्रचार गरिएको भन्दै आलोचना भएको छ । उनले देउसीलाई मोर्डनाइज गर्ने नाममा उछृङ्खलता प्रदर्शन गरेका छन् । क्लवमा सुटिङ गरिएको म्युजिक भिडियोमा युवायुवतीहरु बियर पिएर झुमेको देखाइएको छ । रक्सी चुरोट पिएको दृष्य देखाउँदा सचेतना सन्देश साथसाथै राख्नुपर्ने नियमको पालना समेत गरिएको छैन ।