‘हिजो आजका कुरा’ अब ठूलो पर्दामा

काठमाडौं । लगातार १८ वर्ष नेपाल टेलिभिजनमा प्रशारण भएर ६ वर्षअघि बन्द भएको हाँस्य सिरियल ‘हिजो आजका कुरा’ को नामबाट चलचित्र बन्ने भएको छ ।
सोही सिरियलका प्रमुख पात्र सन्तोष पन्तका छोरा साकार पन्तले निर्देशन गर्ने चलचित्रमा कुनै न कुनै तरिकाले विदेशसँग सम्बन्ध राख्ने ४ परिवारको कथा समेटिएको बताइएको छ ।
पन्त फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा हाँस्य सिरियल ‘हिजो आजका कुरा’को मुख्य जोडी सन्तोष पन्त र रमा थपलिया नै मुख्य भूमिकामा देखिने बताइएको छ । चलचित्रमा नितेशराज पन्त, ऋचा शर्मा, केकी अधिकारी, अनुष्का अधिकारी, रीमा विश्वकर्मा, जेबिका कार्की, रमेश अधिकारी, सविन शाक्य, विनायक कुँइकेललगायतको अभिनय रहने बताइएको छ ।