बंगलादेशका राष्ट्रपति नेपाल आउने !
काठमाडौं । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद यही कात्तिक २६ गते नेपाल आउने भएका छन् । वंगलादेशका विदेश सचिव साहिदुल हकले राष्ट्रपति हकिदले नेपालको भ्रमण गर्ने जानकारी कात्तिक ९ गते दिएका थिए । यस्तै वंगलादेशको अंग्रेजी दैनिक द डेली स्टारले बाकुमा हालै भएको असंलग्न शिखर सम्मेलनमा वंगलादेशका विदेशमन्त्रीले त्यस्तो जानकारी दिएको खबर प्रकाशित गरेको छ ।
सम्मेलनका अवसरमा प्रधानमन्त्री केपी ओली र वंगदादेशका प्रधानमन्त्री शेख हसिनाबीच पनि कुराकानी भएको थियो । वंगलादेश, भारत, भुटान र नेपाललाई सडक मार्गले जोड्ने विषयमा केही वर्षयता छलफल भइरहेको छ भने तत्सम्वन्धमा आउँदा दिनहरुमा केही प्रगति हुने जनाइएको छ ।
बंगलादेशका राष्ट्रपतिको नेपाल भ्रमणबारे मन्त्रिपरिषद् वैठकमा छलफल समेत भएको बताइएको छ ।