भरतपुर १६ : जस्ले जिते पनि हमाल
जिते पछि केके गर्लान् कमाल
चितवन÷भरतपुर १६ मा वडाध्यक्षका लागि हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अन्ततः भक्तराज हमाललाई उम्मेदवार छानेको छ । पार्टीमा अनवरत योगदान गरेका भनि चर्चामा आएका इन्द्रबहादुर बस्नेत यसपालिको दौडमा पनि पछि परेका छन् ।
नेकपा कार्यकर्ताका अनुसार उनले यसअघि चतुरमान गुरुङ(हालसालै स्वर्गीय) लाई छोडेका थिए । अवकाशप्राप्त शिक्षक हमालका हजारौं विद्यार्थी यसै वडाका मतदाता भएको र उनीहरूले भक्तराज सरलाई नै मत दिने भक्तराज पक्षको आशा छ । त्यो आशा राख्ने नेकपाका नेता कार्यकर्तालाई निरास नपार्न बस्नेत पक्षले सदासयता देखाए पनि त्यो आशालाई चिर्न नेपाली काँग्रेस चितवन र १६ नं. वडाको एकता नै प्रभावकारी उपाय हो, यद्यपि नेकाका युवा उम्मेदवार अमृतराज हमाल यसपालिको आकर्षण नै हुन् काँग्रेसले भनेको छ ।
दुवै पार्टी चुनावी रणनीतिको तयारीमा जुटेका छन् । नेकपाले निर्वाचन परिचालन समिति गठन गरि विभिन्न तह र तप्कामा उपसमितिहरूको भागबण्डा लगाइसकेको छ । महिला, युवा, विद्यार्थी, मजदुर तथा अन्यको बर्गिकरण गरी चुनावी नतिजालाई आफ्नो पोल्टामा पार्न जिम्मेवारी तोकेको छ । प्रचार प्रसार समिति, आर्थिक समिति, टोल समन्वय समिति आदि गठन गरेको छ । जस्ले जे दाबी गरे पनि १६ को चुनावी नतिजा हमालको पक्षमा जाने भएकाले अरुले कमाल देखाउन नसक्ने पार्टी खुलाउन नचाहने मतदाताले बताएका छन् ।