अर्घाखाँचीदेखि प्रधानमन्त्री कार्यालयसम्म

– नारायण प्रसाद पौडेल, प्रवन्ध निर्देशक, होटल रामेश्वरम, गौशाला

बहुआयामिक ब्यक्तित्वका धनी, साथै बौद्धिक, प्राज्ञिक र व्यवसायिक समेत रहेका छन उनी अर्थात नारायणप्रसाद पौडेल । अर्घाखाँचीबाट उच्च शिक्षा हासिल गर्न राजधानी छिरेका उनले यो शहरमा दुःख गर्न केपो बाम्की राखेर । आफुले त्यो समयमा भोगेको दुःखकष्ट, हण्डर र ठक्करका बारेमा अहिले संझदा उनी आफै दंग पर्छन् । पौडेल भन्छन्– ‘हातमुख जोर्न र पढाई खर्च जोहो गर्नका लागि भोगेका समस्या अहिले यहाँ उल्लेख गरेर साध्य नै छैन ।’ हिम्मत हारेनन् उनले भन्छन्–कामलाई कहिल्यै पनि सानो नठानिकन पढाईलाई पनि निरन्तरता दिदै अगाडि बढिरहे । मिहेनत र अथक परिश्रम गरिरहंदा अवश्य नै सफलता मिल्छ भन्ने कुराको भोगाइ आफैले प्राप्त गरेर छाडे । सफलताबाट आपूmले खुशी प्राप्त गरिरहेको महसुस पनि उनले गरेका छन् । राजधानीमा आफुले भोगेका र हाल गरिरहेको व्यवसायमा केन्द्रित रहेर गौशाला पिंगलास्थानमा रहेको रामेश्वरम होटलका प्रवन्ध निर्देशक पौडेल रेसुगां टुडे साप्ताहिकसँग यसरी प्रस्तुत भए :-
गाउ“बाट शहर पसेपछि…
अर्घाखाँचीबाट म काठमाडौंमा ०५२ साल तिर उच्च शिक्षा पढनको लागि आएको हँु । त्यो समयमा राजधानीमा बस्ने आफन्त, साथीभाईहरु निक्कै कम थिए । भएकाहरुलाई पनि भेट्न मुश्किल थियो । पढाईंको सिलसिलामा महेन्द्ररत्न क्याम्पस ताहाचलमा भर्ना भएँ । पढ्नको लागि शुरुमा डेरा गरेर बसियो । डेरा भाडा तिर्न, भात खान र पढाइ खर्च जोहोका लागि त्यो समयमा निकै नै समस्या थियो । कतिसम्म भने घट्टेकुलोमा रहेकोे डेराबाट भात खान हामी कीर्तिपुरसम्म हिडेर गयौं । त्यसबेला कीर्तिपुरमा २ रुपैंया ५० पैसामा पेटभरी भात खान पाइन्थ्यो । दुख र पीडालाई भुलेर पढाईलाई निरन्तरता दिनुपर्छ भन्दै निरन्तर अगाडि बढियो । पछि पढाइको सिलसिलामा अनेक प्रयत्न गरेर क्याम्पसको होस्टलमा बस्ने प्रवन्ध मिलाएँ र बसेँ । होस्टलका मेरा साथीहरु लेखनाथ न्यौपाने, शालिग्राम भुषाललगायत हुनुहुन्थ्यो ।


पहिलो नोकरी
क्याम्पस पढिरहेको समयमा मैले एउटा चाउमिन प्mयाक्ट्रीमा काम पांए महिनाको दुईसय तलब लिने गरी । त्यहाँ कतिसम्म दुख थियो भने दैनिक दुई क्विन्टल मैदाको पिठो म एक्लैले मुस्नुपथ्र्यो । काम गर्दै जादाँ मेसिन चलाउन, कटिङ गर्ने देखि बजार लैजाने र मार्केटिङसम्मको काम मैले जाने । त्यसपछि ममा अलि हौसला पनि बढ्यो । तर काम अत्यन्तै कठिन थियो । बिबिध कारणले गर्दा मैले त्यो काम छोडिदिंए । त्यसपछि म अर्को नयाँ पानी उद्योगमा काम गर्न गएँ । क्युसन भन्ने नयाँ फयाक्ट्री । त्यो उद्योगले पानी फिल्टर गरी शुद्ध बनाउँथ्यो । त्यसपछि त्यो पानीलाई घरघरमा पु¥याउनुपर्ने । मार्केटिङको जिम्मेवारी मेरो थियो । त्यो एकजना मारवाडीले चलाएको कोरियन पानी उद्योग हो । त्यो समयमा मार्केटिङ गर्ने क्रममा म काठमाडौंका स्थानिय रैथानेदेखि ठुलाबडाहरुका घर–घर पुगेको छु । त्यो समयका चर्तित राजनीतिज्ञ, वकिल, साहित्यकार, बुद्धिजीबी, नायक, नायिकालगायतको घर, गल्ली तथा ढोकामा पुगेर मार्केटिङ गरेको छु । कसै कसैको घर, ढोकामा पुग्दा के कामले आएको भनेर माया पनि गरे तर कतिपयले गाली गर्दै हकारे, लखेटे, घरको छतबाट पानी खन्याएर भगाए पनि । यतिसम्मकी उनीहरुले मलाई कुकुर लगाएर पनि लेखेटेका छन् । त्यो समय अहिलेको भन्दा अलिक फरक थियो । किनभने नेकपा माओबादीले जनयुद्धको नाममा मुलुकभर हत्या, हिँसाको राजनीति चलाइरहेको अवस्था थियो । त्यहिकारण अलि बढि नै समस्या भोग्नु परेको हो भन्ने मलाई लाग्दछ ।
व्याचलर पास
जागिरको हण्डर ठक्करको यहि बिचमा मैले ब्याचलर पास गरेँ र मास्टर्सको लागि भर्ना पनि भएँ । मेरो एकजना साथीमार्फत म कमलपोखरीमा रहेको तिरुपति होटलमा पुगें । त्यो होटल सिन्धुलीका श्रेष्ठ दाजुभाइले सञ्चालन गरेको हो । उनीहरुले मलाईं तपाईं मास्टर डिग्रीको बिद्यार्थी यो होटलमा के काम गर्नुहुन्छ भनेर सोध्नुभयो । मैले आफनो मजवुरीलाई ख्याल गर्दै जस्तो काम दिए पनि गर्ने बताएँ । उहाँहरुले मलाईं त्यतिखेर एकाउन्टको जिम्मेवारी दिनुभयो । मेरो पढाई थियो एजुकेशन तर जिम्मेवारी पाएँ एकाउन्टको । तै पनि मैले दुई चारजना एकाउन्ट सम्वन्धी काम गरिरहेका साथीभाई र केहि अडिटर साथीहरुसँग कन्सल्ट गर्दै मिहिनेत गरेर त्यो जिम्मेवारी पुरा गरिछाडें । होटललाइन सम्वन्धी धेरै ज्ञान पनि हासिल गरेँ । त्यो सँगै मैले काठमाडौंका आठदश वटा होटलहरुको एकाउन्ट हेर्ने जिम्मेवारी सम्वन्धी काम पनि शुरु गरेँ । त्यो समय अर्थात ०५४–५५ सालमा नेपाल पर्यटकको लागि उर्वर भुमि नै थियो । दुई चार सयको जागिरमा अल्मलिएको मान्छे कामको जिम्मेवारी थपिएसँगै मेरो कमाइ पनि राम्रै पो हुनथाल्यो । सायद बे्रक फास्ट भन्ने शव्द पनि मैले त्यहि बेला होटलमा काम गर्दागर्दै सिकेको हुँला । नत्र हामी त खाजा, भात भन्न नै बढि रुचाउँदछौं हैन र ? होटलमा काम गर्दा गर्दै केहि मुलुकका भाषा पनि सिक्ने अवसर मलाई मिल्यो । खानाको परिकारका बारेमा थुप्रै ज्ञान हासिल भयो । मेरो इमान्दारीता र मिहेनत देखेर जुन होटलमा काम गरिरहेको थिएँ, उहाँहरुले नै मलाई अब जागिरमा मात्र होइन साझेदारीमा बसेर काम गर्नुपर्छ भन्नुभयो । अवसरलाई क्याच गर्नुपर्छ भन्ने मानसिकता ममा पनि बिकास भइसकेको थियो र त्यसपछि म पनि अगाडि बढें । काम गर्दै अनुभव पनि बटुल्दै अगाडि बढे । त्यसपछि नयाँ कामको थालनी आफैले गर्नुपर्छ भन्ने सोच ममा बिकसित भइसकेको थियो ।

आफ्नै व्यवसाय
तिरुपतिमा काम गर्दागर्दै मैले ठमेलको सञ्चयकोषको ठीक अगाडि तिव्वत होलिडे नाम राखेर नयाँ होटल खोलें । बाहिर जागिर खादैं आफ्नै लगानीमा होटल खोलेपछि म उत्साहित भएँ । हिजो अर्काको काम गर्दै पढाईंलाई अगाडि बढाएर २–४ सयको जागिरमा रमाएको मानिस आज केहि साथीभाईलाई रोजगारी दिनसक्ने अवस्थामा पुगें । यो ०६२–६३ सालतिरको कुरो हो । तर पनि मैले मेरो पेशा र त्यसैगरी पढाईंलाई पनि निरन्तरता दिदै अर्थशास्त्रमा एम ए र एजुकेशनमा एम एड पनि पुरा गरेँ । यहि सिलसिलामा मलाई क्याम्पसमा पढाउन अफर आयो । शुरुमा ग्रामीण आदर्श बहुमुखी क्याम्पस नेपालटारमा पढाएँ । त्यसपछि बिगत १०–११ बर्षदेखि कैलाशकुट बहुमुखी क्याम्पस जयबागेश्वरीमा आज पर्यन्त निरन्तर प्रध्यापन गरिरहेको छु र होटल व्यवसायलाई पनि निरन्तरता दिई नै रहेको छु । म काम र पेशालाई सम्मान गर्ने भएकोले पनि आप्mनो पेशा र व्यवसायहरुलाई निरन्तर अगाडि बढाइ नै रहेको छु ।
समयको परिवर्तन र नया“ अवसर
मुलुकमा गणतन्त्र स्थापनापछि मैले नेपाल सरकारको उच्च ओहोदामा बसेर काम गर्ने मौका पाएँ । यहि सिलसिलामा नेपाल सरकारको भौतिक योजना मन्त्रालयअन्तर्गतको ग्रामीण खानेपानी तथा सरसफाई कोषको सदस्यमा मेरो नियुक्ति भयो । छ महिनापछि त्यहि कोषको अध्यक्ष हुने अवसर मिल्यो । त्यसपछि स्थानीय बिकास मन्त्रालयअन्तर्गतको काठमाडौं महानगरपालिकाको पीपीपी मोडल अन्र्तगतको बोर्डमा रहेर तीनवर्ष काम गरेँ । मेरो लगनशिलता र अथक मेहनतको कदर गर्दै २०६८ सालमा तत्कालीन प्रधानमन्त्री डां बाबुराम भटट्राईले प्रधानमन्त्रीको सचिवालयमा राख्नुभयो । त्यहाँ रहेर काम गर्दा मुलुकका ठुला र गन्यमान्यहरुसँग बसेर काम गर्ने अवसर मिल्यो । मैले त्यहाँ रहेर काम गर्दा सरकारलाई पु¥याएको सहयोगको उच्च मुल्याङकन गरेर पद छोडनु पर्दा पर्दै पनि तत्कालिन प्रधानमन्त्री भटट्राईले मलाई राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा नियुक्ति दिलाइ दिनुभयो । त्यो समयमा प्रधानमन्त्रीले नै खेलकुदलगायत ५–७ वटा मन्त्रालय संहाल्नु भएको थियो । उहाँले नै मलाई सपथ खुवाएर त्यहि समयमा बाहिरिनु भयो ।
ओरालो यात्रा
०७२ साल बैशाख १२ गते गएको भुकम्पले मुलुकलाई ठुलो क्षति पु¥याएको हामी सवैलाई संझना छंदै छ । त्यो भुकम्पले मुलुकमा पु¥याएको क्षति आजसम्म पनि पुर्ति हुनसकेको छैन । त्यो भुकम्प सँगै मेरो व्यवसाय पनि धरासायी भयो मेरो पनि दिन ओरालो लाग्यो । चलिरहेको ठमेलको होटलमा ठुलो क्षति पुग्यो । भुकम्प र नाकाबन्दीले आर्थिक अवस्था चौपट भयो । मैले होटलको भाडा तिर्न सकिन, कर्मचारीहरु बेरोजगार भए । त्यो समयमा मैले ठुलै तनाव व्यहोर्नुप¥यो । मासिक ५ लाख ८० हजार भाडा बुझाउनुपर्दथ्यो । एकवर्षको अवधिमा मैलै झण्डै सवा करोड भन्दा बढि रकम गुमाउनु प¥यो । मुलुकमा बाह्य पर्यटनका साथै आन्तरिक पनि चौपट भयो । झण्डै झण्डै म गाउँघरतिर नै फर्किनुपर्ने अवस्था आइसकेको थियो । तर मैले हिम्मत हारिन । युद्धमा रहेको सिपाही एउटा दुईटा मोर्चामा हार्दैमा मैदान छोडेर भाग्नु हुदैन भन्ने उखानलाई व्यवहारमा उर्तार्दै फेरी होटल व्यवसायलाई निरन्तरता दिन कम्मर कसेर अघि वढे ।
ठमेलदेखि गौशालासम्म
ठमेलको होटल नाकाबन्दी र भुकम्पले क्षति पुगेपछि म नयाँ सोचका साथ गौशाला आईपुगे । यो ठाउँमा यो नयाँ भवन बन्दै रहेछ । घर मालिकसँग लामो कसरतपछि भेट भयो । त्यसपछि संझौता गरेर पुर्वाधार मात्र बन्दै गरेको यो भवनलाई होटल सञ्चालन गर्ने गरी नयाँ तरीकाले निर्माण गरियो । यस होटलमा करिव ३९ वटा कोठा रहेका छन् । सेमिनार हल समेत रहेको छ । यो होटलको मुख्य उद्देश्य नै धार्मिक पर्यटकको सेवा गर्नु रहेको छ । यहाँ आउने अतिथिहरु प्राय पशुपतिनाथको दर्शनार्थ आउने भारतीयमुलका नै बढि हुनुहुन्छ । भारतको चेन्नई, महाराष्ट्र, गुजरातलगायतका स्थानबाट अतिथिहरु आउने गर्नुभएको छ । नेपालीहरु पनि बिश्वका धेरै ठाउँमा पुग्नुभएको छ । उहाँहरुले मलाई माया गरेर चिनेर पनि नेपाल आउने पर्यटकलाई यो होटलमा जान अभिप्रेरित गरिरहनु भएको छ । लोकेशनको हिसावले पनि यो उपयुक्त स्थानमा रहेको छ । पशुपति दर्शन गर्न र राष्ट्रिय र अन्तर्राष्ट्रिय बिमानस्थल पुग्नका लागि पनि नजिक छ । अतिथिहरुलाई यो लोकेशन एकदमै उपयुक्त रहेको छ भन्ने मेरो ठम्याई हो । मैले यहाँ आउने पाहुनाहरुलाई एयरपोर्टबाट होटल आउन जानको लागि बिशेष प्रकारको सेवा सुबिधा उपलव्ध गराएको छु । होटलको सेवा सुबिधाबाट उहाँहरु पनि सन्तुष्ट हुनुहुन्छ । यो होटलको नाम पनि धार्मिक पयर्टनलाई नै लक्षित गरेर रामेश्वरम् राखिएको हो ।
प्रस्तुति : लक्ष्मी बोहोरा