उप–प्रधानमन्त्री यादवलाई धर्मसंकट !

काठमाडौं । प्रदेश प्रमुखहरुको नियुक्तिमा आफुहरुसँग गम्भीर सल्लाह नगरेको भन्दै बर्तमान सरकारमा उप–प्रधानमन्त्रीसमेत रहेका उपेन्द्र यादवले असन्तुष्टि जाहेर गरेका छन् । उप–प्रधानमन्त्रीले आफ्नै सरकारको बिरोध गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट बनेका छन् ।
सरकारमा बसेर सरकारकै विरोध गरेको भन्दै समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवसँग प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट बनेको वालुवाटारस्रोतले पुष्टि गरेको छ । यादवले विभागिय जिम्मेवारी राम्रोसँग पुरा नगरेको, कर्मचारी समायोजन नटुंग्याएको, स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा नयाँ नीति ल्याउन नसकेका जस्ता विषयले प्रधानमन्त्री ओली उपप्रधानमन्त्री यादवसँग असन्तुष्ट भएको बताइएको छ ।
मन्त्रिमण्डलमा बसेर सरकारको आलोचना गर्नुभन्दा ‘विकल्प खोज्न’ प्रधानमन्त्री ओलीले यादवलाई निर्देशन दिइसकेको बताइएको छ । त्यसबारे यादवले पनि आफूनिकटसँग प्रधानमन्त्रीका भनाइबारे छलफल सुरु गरिसकेको बताइएको छ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकीकरण गरेपछि उपप्रधानमन्त्री यादव ‘सरकारको नियन्त्रण बाहिर गएको’ प्रधानमन्त्रीको बुझाई रहेको छ ।
प्रधानमन्त्रीको बुझाईअनुसारकै व्यवहार यादवले गर्दै आएका छन् । राजपासँग पार्टी एकीकरण गर्न खुटट उचालेर समाजबादी लागिपरेको छ । सरकारमा गएको १७ महिनासम्म पनि संबिधान संसोधन गर्न नसकेपछि सरकार छाड्न उपप्रधानमन्त्री यादवलाई दवाव बढ्दै गएको छ । तर उनी कुनै पनि हालतमा सरकारबाट बाहिरिने पक्षमा छैनन् । उनको मनसाय संबिधान संसोधन मुख्य बिषय नै होइन । यदि उनको प्राथमिकता सरकार थिएन भने राजपाले जस्तै सरकारलाई बाहिर बाटै समर्थन दिन सक्थे । पाँचवर्ष आयु भएको सरकारमा जाँदा राम्रै फाईदा लिनसकिने हिसावकिताव गरेर नै उनी सरकारमा गएका हुन् । त्यहिकारण उनले कसैको दवावमा परेर सरकारबाट बाहिरिने बिषयमा यादवले तत्काल निर्णंय गर्लान् भन्न सकिदैन । यहि बिषयमा छलफल गर्न संघीय परिषद र केन्द्रिय समितिको बैठक आगामी कात्तिक २८ गते बिहीवार बस्दैछ । त्यो बैठकले नै सरकारमा रहने नरहने बिषयको निधो गर्ने अनुमान गरिदैछ ।