यो नगरपालिकालाई पर्यटन नगरीको रुपमा विकास गर्नेछौं
– घनश्याम गिरी, प्रमुख, चन्द्रागिरी नगरपालिका
तपाईं यस नगरपालिकाको नगर प्रमुख भएपछि गर्नुभएका उत्कृष्ट कामहरु के के हुन ?
०७२ सालमा मात्र यो नगरपालिका घोषणा भएको हो । त्यसभन्दा अगाडि यो गाबिस थियो । नगरपालिका घोषणा भएपनि नगरपालिकाको लागि आवश्यक पुर्वाधार थिएनन । हामीले चुनाव जितेर आएपछि ४–५ महिना जति नगरपालिकाको लागि आवश्यक पर्ने पुर्वाधारहरु खडा गर्न नै समय लाग्यो । स्थानीय ऐन बनेर कार्यान्वयनमा आएपछि हामीलाई काम गर्न अलि सजिलो भएको हो । त्यसपछि नगरपालिकाले ऐन नियम, नियामावली तयार ग¥यो । ऐन नियम बनिसकेपछि बिकास निर्माणलगायत जनताका काम गर्न हामीलाई बल्ल बाटो खुल्यो । अहिले हामी तिब्र गतिका साथ आफ्ना गतिबिधि अगाडि बढाईरहेका छौं ।
यो नगरपालिकाले वडाहरुको बिकास गर्न कसरी बजेट बिनियोजन गरेको छ ?
चन्द्रागिरी नगरपालिकाले फर्मुला नै बनाएर १५ वटा वडालाई समानुपातिकरुपमा बजेट बितरण गरेको छ । उद्योग, कलकारखाना, जमिन, राजश्व, पुर्वाधारलगायत बिषयलाई ध्यानमा राखेर बजेट पठाएका छौं । यसैगरी जनसंख्या, भुगोल, खर्च गर्नसक्ने क्षमतालाई पनि आधार बनाइएको छ । समानुपातिक ढंगले प्रत्येक वडालाई ३ करोडका दरले बजेट उपलव्ध गराइएको छ । त्यसैगरी आवश्यकता हेरी पुर्वाधारको लागि थप रकम पनि उपलव्ध गराएका छौं । जस्तो बाटो, अस्पताल, खानेपानी, पुलको लागि भनेर थप डेढ करोढ जति रकम पठाएका छौं । वडाहरुलाई बिकास निर्माणको लागि यसरी धेरै बजेट पठाउने उपत्यकाको यो नै पहिलो नगरपालिका हो । हामीले यो वर्ष ६० करोड भन्दा बढि रकम वडाहरुमा पठाएका छौं ।
चन्द्रगिरी नगरपालिकाको आम्दानीको स्रोतहरु के– के हुन त ?
नेपाल सरकारले शसर्त उपलव्ध गराउने अनुदान बाहेक नगरपालिकाबाट उठने राजश्व नै हाम्रो प्रमुख स्रोतहरु हुन । यस बाहेक प्रदेश सरकारले पनि हामीलाई सहयोग गर्छ । नगरपालिकाले आन्तरिक तवरबाटै संकलन भएको राजश्वले मात्र नगरपालिका बिकास गर्न कठिन हुने देखियो । त्यसपछि मैले कलंकी मालपोत कार्यालयसँग समन्वय गरेर साबिकको भन्दा घरजगा खरिद बिक्री गर्दा जग्गाको अवस्था हेरेर केही प्रतिशत कर बढाएका छौ । हामीले नगरपरिषदबाटै त्यो निर्णय गराएका हौं । त्यसपछि यस नगरपालिका भित्रको ठाउँ हेरेर जग्गा जमीनको पनि मुल्याङकन केही बढाएका छौं । त्यसैगरी खरिद बिक्री गर्दा हुने मुनाफामा केहि प्रतिशत कर बढाएका छौं । यो करबाट नगरपालिकालाई राम्रै आम्दानी पनि भएको छ । गत असार मसान्तमा त्यो कर बापत झण्डै २९ करोड जति थप राजश्व उठेको छ । हामीले यसरी उठेको करको सदुपयोग गर्दै यो नगरपालिकालाई फरक ढंगले बिकास गर्ने सोच अगाडि बढाएका छौं । काठमाडौं उपत्यकाभरीमा यसरी थप जग्गा कर लगाएर बढि राजश्व संकलन गर्ने नगरपालिका पनि यहि हो । यो नगरपालिका भित्रका संरचनालगायत अन्य भौतिक कुराहरुको बास्तबिक तथ्याङकहरुलाई डिजिटलाइज गर्न पनि हामीले छुट्टै बजेटको व्यवस्था गरेका छौं । डिजिटल प्रणाली लागु भएपश्चात नगरपालिका भित्र बसोबास गर्नेहरुको सम्पुर्ण बिबरण स्वतः आउने छ । त्यसपछि हामीले हिजोको जनसंख्यालाई आधार मानिरहन जरुरी पर्दैन । सो प्रणालीले नै सबै कुराको अपडेट गर्नेछ । एकजना बालक जन्मिएको, बसाई सरेको, मरेको तथ्याङ्क स्वतः अपडेट हुनेछ । यो कामको शुरुवात चाँडै नै हुँदैंछ ।
नेपाल सरकारले आगामी सन् २०२० लाई भ्रमण बर्षको रुपमा मनाउने निर्णय गरेको छ, तपाईंहरुको आन्तरिक तयारी के छ ?
यो नगरपालिकालाई अहिले पनि पर्यटकीय नगरीकै रुपमा चिनिन्छ । यो नगरपालिका भित्र तीनवटा प्रमुख धार्मिकस्थलहरु रहेका छन । मातातीर्थमा आमाको मुख हेर्ने दिनमा दश लाख भन्दा बढि आन्तरिक पर्यटकहरु दर्शन गर्न आउनुहुन्छ । त्यसैगरी इन्द्र दहमा पनि आन्तरिक पर्यटक र भक्तजनको भिड लाग्ने गरेको छ । यसैगरी मच्छेनारायणमा पनि बर्षेनी २० लाख भन्दा बढिले त्यहाँको दर्शन गर्ने गरेका छन । सात गाउँले जात्रा पनि यहाँको प्रमुख जात्रा हो । यहाँ हजारौले दर्शन गर्नेछन । यो मेला अब केहि दिनमै शुरु हुदैछ । धार्मिक पर्यटन गर्नका लागि बलम्वु, कालु पाँडेको समाधीस्थल लगायत थुप्रै ठाउँ यहाँ रहेका छन । यसैगरी त्रिभुवन पार्कले आप्mनो पहिचान बनाइसकेको छ । यस नगरपालिकाको अर्को आकर्षक गन्तव्यको रुपमा चन्द्रागिरी केवुलकार पनि यहि नगरपालिकामा नै पर्दछ । यो केवुलकार चढ्न स्वदेशी मात्र होइन बिदेशी पर्यटकहरुको पनि ओइरो लाग्ने गरेको छ । त्यसैले यो नगरपालिका आफैं पनि अर्को आकर्षक पर्यटकीय नगरी बनेको छ । यहाँ अहिले पनि तराई, सुदुरपश्चिम हुदैं लाखौ लाख आन्तरिक र बाह्य पर्यटकहरु यो नगर भित्र प्रवेश गरिरहनु भएकै छ । काठमाडौं उपत्यका प्रवेश गर्ने र बाहिरिने मुख्य नाका पनि यहि नगरपालिका भित्र पर्छ । यसबाट पनि धेरै कुरा पुष्टि हुन्छ चन्द्रागिरीको महत्व । यो नगरपालिका प्रवेश नगरी संघीय राजधानी प्रबेश गर्न मुस्किल नै छ । यद्यपी अहिले अन्यत्रबाट पनि प्रबेश नाकाहरु खुलिरहेका छन । यहाँको केहि पुराना बस्तीहरुलाई हामीले सम्पदा बस्तीको रुपमा पनि बिकास गर्न गईरहेका छौ.। सम्पदा बस्तीमा जातिय संग्रहालयहरु स्थापना गरिनेछ । त्यसैगरी इन्द्रदह, मसिनेलगायत ठाउँहरुलाई होमस्टे संञ्चालन गर्ने र त्यहाँ आन्तरिक र बाह्य पर्यटकलाई घुमफिर गर्न, बास बस्न योग्य बनाएर त्यहाँका जनताको आयस्तर बृद्धि गर्न पहल गर्ने योजना रहेको छ । चन्द्रागिरी नगरपालिकाबाट गोरखाको मनकामना, धादिङ, नुवाकोटसम्मको दृश्यावलोकन गर्न सकिन्छ । सरकारले मनाउन लागेको भ्रमण वर्षलाई सहयोग पुग्ने गरी हामीले पदमार्ग हाइकिङको लागि पनि बजेट व्यवस्थापन गरेका छौं । यो नगरपालिकालाई मिनी उपत्यका भनेर पनि चिनिन्छ । थानकोट देखि नैकापसम्मको भुभाग हेर्दा त्यहि झल्को दिन्छ । त्यसैगरी चन्द्रागिरी हिल्सबाट सगरमाथाको पनि अवलोकन गर्न सकिन्छ र अन्नपुर्णको रेन्ज पनि यहि बाटै देख्न सकिन्छ । बिभिन्न ठाउँको दृष्यावलोकन गर्न सकिने भएकोले पनि यसलाई हामीले पर्यटन नगरीको रुपमा बिकास गर्ने सोच अगाडि सारेका हौं ।
तपाईं निर्वाचित भएको दुई बर्ष बित्यो, अब बा“की तीनवर्षको अवधिमा के के काम गर्ने योजना अगाडि सार्नुभएको छ ?
मैलै माथि पनि उल्लेख गरे हामीले यो अवधिमा भौतिक पुर्वाधारलाई नै बढि जोड दियौं । हाम्रो आफ्नै भवन थिएन । अहिले करिव सात रोपनी क्षेत्रफलमा हाम्रो आप्mनै भवन बनिरहेको छ । अहिले त्यो निर्माणाधिन अवस्थामा छ । १५ वटै वडाहरुले सडकलाई बढि प्राथमिकतामा राखेर काम गरिरहेको अवस्था छ । सवै वडाहरुमा रहेका स्वास्थ्य चौकीहरुलाई स्तरोन्नति गरेका छौं । त्यसैगरी आवश्यक ठाउँहरुमा नयाँ सुबिधासम्पन्न स्वास्थ्य भवनहरु पनि निर्माण भैरहेका छन । एनलाइजर मेसिनदेखि सुबिधासम्पन्न ल्यावको पनि सेवा शुरु गर्दैछौ । स्वास्थ्य चौकीहरुमा डक्टरको पनि व्यवस्था मिलाएका छौं । १५ सैय्याको नगरस्तरीय अस्पतालको स्थापना गरेका छौं । त्यहाँबाट स्थानीयले बर्थिङ सेवा समेत लिनसक्ने छन । अर्को महिनादेखि त्यहाँ ४–५ जना डक्टरको व्यवस्था मिलाएर सबै किसिमको सेवा उपलव्ध गराउन लागेका छौं । अहिले पनि त्यहाँबाट न्युन शुल्क लिएर सेवा प्रदान भइरहेकै छ । थप सेवा उपलव्ध गराउनको लागि पहल गरिरहेका छौं । यो अस्पताललाई सुबिधा सम्पन्न बनाउन आवश्यक पर्ने भौतिक सामान खरिदको लागि पनि बजेटको प्रवन्ध मिलाइसकेका छौं ।
सार्वजनिक सम्पती संरक्षणको लागि कस्तो योजना अगाडि सार्नुभएको छ ?
हामीले सार्वजनिक जग्गा संरक्षणको लागि वडा कार्यालयहरुलाई बजेट नै दिएका छौं । सार्वजनिक जग्गालाई तारबार गर्ने, कम्पाउण्ड घेर्नको लागि हामीले स्थानीय निर्वाचित जनप्रतिनिधिहरुलाई निर्देशन पनि गरिसकेका छौं । यसैगरी सार्वजनिक बिद्यालयलाई संरक्षणको लागि पनि हामीले अभियान नै चलाएका छौं । यहाँ झण्डै ७०–८० वटा जति सार्वजनिक बिद्यालय छन । भ्यालीभित्र धेरै सार्वजनिक बिद्यालयहरु भएको नगरपालिका पनि हो यो । सार्वजनिक बिद्यालयहरुलाई आधुनिक भवनका साथै सुबिधा सम्पन्न बनाएका छौं । १७–१८ वटा तयार नै भइसकेका छन । बांकी बिद्यालयहरुलाई पनि आधुनिक र सुबिधासम्पन्न बनाउन पहल गरिरहेका छौं । पुनर्निर्माण प्राधिकरणबाट बिल्डिङ निर्माणको लागि बजेट आएको भएपनि अन्य भौतिक पुर्वाधारको लागि नगरपालिकाले सबै बिद्यालयहरुलाई बजेट उपलव्ध गराएको छ । एकै किसिमको पाठ्यक्रम, परीक्षाप्रणाली कम्प्युटर ल्याव, छात्राहरुलाई सेनेटरी प्याडलगाएतको लागि बजेटको व्यवस्था गरिसकेका छौं । तालीम, उत्कृष्ट बिद्यालय, बिद्यार्थी र शिक्षकलाई पुरष्कृत र सम्मान गर्ने योजना अगाडि सारेका छौं । हरेक बिद्यालयका बिद्यार्थीहरुलाई कसरी सामाजिकरण तर्फ अग्रसर गराउने भन्ने तर्फ पनि हाम्रो ध्यान गएको छ । त्यसको लागि हरेक बिद्यालयहरुमा स्काउटको व्यवस्था हुनुपर्छ भन्ने मान्यतालाई अगाडि सारेका छौं । अहिले बिद्यार्थीको ध्यान मोवाइल, कम्प्युटर र इनटरनेटमा मात्र बढि केन्द्रित भइरहेको छ । स्काउट र रेडक्रसमार्फत उनीहरुलाई सामाजिक उत्तरदायित्वतर्फ पनि आकर्षण गर्नेगरी बजेटको ब्यवस्था गरेका छौं । यसबाट थोरै बिद्यार्थी भएपनि सामाजिक कामतर्फ सचेत र अग्रसर भएर निस्कन सकुन भन्ने अपेक्षा हामीले लिएका छौं । उनीहरुले सामाजिक दायित्व निर्वाह गर्न सकुन साथै सामाजिक दायित्व सँगसँगै स्वयम्सेबक तयार गर्ने उद्देश्य र लक्ष्य सहित त्यसरी बजेटको ब्यवस्था गरेका हौं । २०–३० जना स्वयमसेबीहरु उत्पादन भएर समाज सेवामा लागे भनेपनि समाजलाई बदल्न सकिन्छ भन्ने मेरो मान्यता छ ।