विश्व रेकर्ड त्यागेकी मोनिकाको आमा बन्ने चाहना

विश्वको मोटी महिलाको रेर्डक राख्ने तयारीमा रहेकी एक महिलाले आमा बन्न उद्देश्य नजिक पुगेर पनि आफ्नो सपनालाई बलिदानी दिएकी छन् । विश्वको सबैभन्दा मोटी महिला बन्ने चाहना राख्ने मोनिका रिले विश्व रेकर्डको नजिक पुगेर पनि पातली हुन चाहेकी छिन् । आमा बन्ने चाहनाले उनी पातली हुन थालेको बताइएको छ । मोनिकाका अनुसार आमा बन्ने सौभाग्य विश्वको मोटि महिलाको रेकर्ड राख्नु भन्दा महत्वपूर्ण छ । आमा बन्ने सौभाग्य मोटोपनाका कारण गुमेको थाहा पाएर उनी पातली हुन खोजेकी हुन् ।
उनले झण्डै एक दशकदेखि विश्व रेकर्ड राख्नका लागि तयारीमा रहेकी उनी ३ सय १७ किलोग्राम सम्म पुगेकी थिइन् । पहिले मोनिकाको रेकर्ड राख्नका लागी वजन बढाउन दिनरात लागि पर्ने उनका प्रेमी अहिले मोनिकालाई पातली बनाउन मेहनत गर्दैछन् ।
मोनिका र उनका ब्वायफ्रेण्ड सिडले अब फेरि सन्तान पाउने चाहना राख्दै गत मार्चमा गर्भधारण गरेका छन् । यस पटक चिकित्सकको सल्लाहमा डाइट बदलेर मोनिका पातली बन्न मेहनत गरीरहेकी छन् । हरेक १५ दिनमा उनले डाक्टरको सल्लाह लिने गरेको बताइएको छ ।