नाट्टाको अध्यक्षमा गुरागाईं
काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा)को अध्यक्षमा अच्युत गुरागाईं निर्वाचित भएका छन् ।
गुरागाईँले १५० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी भीमप्रसाद पन्तले १२६ र मिहिका धाख्वाले १०९ मत प्राप्त गरेका छन् । शुक्रबार सम्पन्न मतदानमा ४०५ मत खसेको थियो ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा विनय बस्नेत, उपाध्यक्षमा रमेश थापा, महासचिवमा सुधीरकुमार पौडेल उपाध्याय, सचिवमा जिस्वा तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा कुमारमणि थपलिया र सहकोषाध्यक्षमा युविका भण्डारी निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यमा लक्ष्मी कार्की अधिकारी, गीता ढकाल, सुवर्ण श्रेष्ठ, हरिकुमार श्रेष्ठ, विष्णु कार्की, डेण्डी शेर्पा, राजकुमार देवकोटा, भरतजंग पाण्डे विजयी भएका छन् ।
नवनिर्वाचित अध्यक्ष गुरागाईं करिब २७ वर्षदेखि पर्यटन व्यवसायमा क्रियाशील छन् । उनीसँग नाट्टाको सदस्य, महासचिव र वरिष्ठ उपाध्यक्ष भएर काम गरिसकेको अनुभव छ । सन् २०१९ मा लुम्बिनीमा सम्पन्न बुद्धिष्ट इन्टरनेसनल ट्राभल मार्टको संयोजक भएर काम गरेका गुरागाईले अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका छन् ।
अध्यक्ष गुरागाईले निर्वाचनमा पार्टीगत रुपले राजनीति गर्ने नभई पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने समूहले जीत हासिल गरेको बताएका छन् । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन नाट्टाको तर्फबाट महत्वपूर्ण भूमिका खेल्ने प्रतिवद्धता पनि जनाएका छन् ।