मेगा बैंकद्वारा उदयपुरमा न्यानो कपडा वितरण

काठमाडौँं । मेगा बैंक नेपाल लिमिटेडले उदयपुरमा बालबालिकाहरूलाई न्यानो कपडा वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेगा बैंकले नेपाल सामाजिक विकास तथा जनसशक्तीकरण केन्द्रमार्फत उदयपुरको बेलका नगरपालिकाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको हो ।
बेलकाको सरस्वती आधारभूत विद्यालय, एबीसी कोशीटप्पु र बेलका नगरपालिकाकै भालमनटीस्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पूर्वमन्त्री एवं संघीय सांसद डा. नारायण खड्का र मेगा बैंक प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपानेले न्यानो वितरण गरेका हुन् । चिसोका कारण विद्यार्थीहरू विद्यालय जान नसक्ने अवस्थाको अन्त्य होस् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको बैंकले जनाएको छ ।
गत साता मात्रै बैंकले लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीका एक सय ५० भन्दा बढी घरधुरीका लगभग दुुई सय बालबालिकालाई ब्याल्याङ्केट वितरण गरेको थियो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व मार्फत विभिन्न सहकार्य एवं सहायताका साथै असहाय तथा विपन्न वर्गका बालिकाहरूको शिक्षाका लागि पनि सहयोग गर्दै आएको छ ।