कोरोना संक्रमणको त्रासले जनजीवन प्रभावित

काठमाडौं । बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको प्रभाव नेपालमा पनि परेको छ । यही कारण नेपालको सम्पुर्ण जनजीबन पनि प्रभाबित भएको छ । गत डिसेम्वर महिनामा नेपालको उत्तरी छेमिकी मुलुक जनवादी चीनको हुवेई र बुहान शहरबाट शुरु भएको महामारी संक्रमण हाल बिश्वका पौने दुईसय भन्दा बढि मुलकमा फैलिसकको छ । यो रोगबाट हालसम्म १४ हजार चार सय सातभन्दा बढीले ज्यान गुमाइसकेका छन भने तीन लाख भन्दा बढी संक्रमित भएका छन ।
महामारीको संभाबित जोखिम कम गर्नको नेपालले पनि हालै बिभिन्न किसिमका उपायहरु सार्वजनिक गरेको छ । नेपाल कोरानाको उच्च जोखिममा रहेको भन्दै बिश्व स्वास्थ्य संगठनले सजकता अपानाउन बारम्वार ताकेता गरेपछि सरकारले निजी शैक्षिक संस्था, सार्वजनिक बिद्यालय, कलेजहरु संचालनमा रोक लगाएको छ । यसैगरी सार्वजनिक कार्यक्रमहरु नगर्न अनुरोध गरेको छ । साथै २५ जना भन्दा बढी भिडभाढ हुने होटल, रेष्टुरेन्ट, डान्सबार, मनोरञ्जनस्थल, सिनेमा हल, प्यार्टी प्यालेसहरुलाई बन्द गर्न निर्देशन दिएको छ । यसैगरी नेपालमा घुम्न आउने पर्यटकहरुलाई एयरपोर्टबाट दिइदै आएको अनअराइभल भिषासमेत दिन बन्द गरेको छ । नेपालबाट अन्तर्राष्ट्रिजगतमा हुदै आएको हवाइ सेवालाई समेत १० दिनको लागि पुर्णरुपमा रोक लगाएको छ । यसैगरी सिमा नाकाबाट हुने ओहोरदोहोरलाई पनि कडाई गरेको छ ।
अस्ति शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्वोधन गर्दै आजदेखी लामो दुरी र राजमार्गमा चल्दै आएका सम्पुर्ण यातयातका साधनहरु संचालनमा रोक लगाएको बताएका छन । यसैगरी सम्पुर्ण अन्तर्राष्ट्रिय हवाई उडानहरुमा पनि रोक लगाएको बताएका छन । महामारीको संक्रमणले गर्दा मुलुकमा आइपर्ने संभाबित जोखिमलाई न्युनिकरण गर्न भन्दै सरकारले यस्तो निर्णय गर्न बाध्य भएको जानकारी प्रधानमन्त्री ओलीले दिएका छन । साथै मुलुकमा आइपरेको असहज परिस्थतिलाई मध्यनजर गर्दै लगाइएको बाध्यकारी नियमले आम सर्वसाधरण जनतामा पुगेको असुबिधाप्रति सरकारले दुख प्रकट गर्दै जनतालाई ढुक्क र आत्मसम्मानका साथ बस्नसमेत आग्रह गरेको छ ।
प्रधानमन्त्री ओलीको सम्वोधन पछि मुलुक एक किसिमको अर्ध लकडाउनमा गएको महसुस भएको छ । संघीय राजधानीमा हरेक पेशा व्यवसाय गरेर बसेका आम सर्वसाधरण नागरिक स्कुल, कलेज, होटल र पेशा व्यवसाय बन्द भएपछि मुलुकभित्रै एक किसिमको बेरोजगार भएपछि धमाधम जन्मथलो घर फर्किएका छन । बिगत दुई चार दिनदेखि घर फर्किनेहरुको लहरले गर्दा संघीय राजधानी सुनसान भएको छ । ग्यास, चामल, दाल, तरकारीलगायत दैनिक उपभोग्य बस्तुको अभाव देखिएको छ । तर सरकार यो कुरा मान्न तयार छैन । अभाव नै नभए पनि सहजरुपमा उपलव्ध भने हुन सकिरहेको छैन । सरकारले दैनिक उपभोग्य बस्तुलाई कुनै पनि हालतमा अभाव हुन नदिने भनेता पनि यर्थातमा त्यसो सत्य हुन सकिरहेको छैन । सर्वसाधरणले हप्तौदेखि ग्यास सहजरुपमा प्राप्त गर्न नसकेको गुनासो बाहिर आएको छ ।
सरकारले दैनिक उपभोग्य बस्तुलाई लुकाएर कृतिम अभाव र कालोबजारी गर्नेहरु बिरुद्ध निरन्तर अनुगमन गरिरहेको भएपनि सहजरुपमा उपभोक्ताले सामान पाउन सकिरहेका छैनन । सरकाले जति सुकै क्रान्किारी कुरा गरेर जनतालाई अलमलाउन खोजेपनि जनता सरकारको कुरा पत्याउन तयार छैनन । किनभने बजारमा ५ रुपैयाको माक्स समेत सहजरुपमा उपलव्ध छैन । यदी पाइएको खण्डमा पनि परल मुल्य भन्दा तीन दोव्वय मुल्य तिर्न उपभोक्ता बाध्य छन ।
सरकारले पर्याप्त मात्रामा संभाबित कोरोना संक्रमणको उपचार गर्न अस्पतालहरुमा आइसोलेसन बेडको तयारी गरेको बताए पनि बुटवलका एक बिरामीले अस्पतालबाटै भोग्नुपरेको पीडाले त्यसलाई फिक्का बनाइदिएको छ । कारोनाको शंका लागेपछि उपचारका लागि नवलपरासी, बुटवल, काठमाडौं हुदैं ती बिरामीको पुन बुटवलमा नै पुगेर उपाचार गर्न बाध्य भएको कुरा सार्वजनिक भइसकेको छ । यसबाटपनि समग्र मुलुकको स्वास्थ्य संबेदिनशीलता र उपचार पद्धती के कस्तो छ भन्ने कुरा घाम जतिकै छलङग भएको छ ।
यदि नेपालमा जनवादी मुलुक चीन र युरोपको इटली मुलुकमा जसरी छिटो छिटो संक्रमण फैलियो भने सरकारले नागरिकको उपचार के कसरी गर्ला र बचाउँला ? माथिको घटनाले पनि धेरै कुराको पुष्टि गर्दछ । यसो भनेर सरकारको चालेका कदमको अनादर र मानमर्दन गर्न खोजेको होइन । सरकारी संयन्त्रले अहिलेको अवस्थामा जे जसरी प्रभावकारी रुपमा भुमिका निर्वाह गर्नुपर्ने थियो त्यो नगरेको भने पक्कै हो ।