विश्वभर मृतकको संख्या १ लाख ५४ हजार नाघ्यो
संक्रमित २२ लाख ५८ भन्दा बढी
जेनेभा । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट शनिबार मृत्यु हुनेको संख्या एक लाख ५४ हजार नाघेको छ ।
विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी देखिएको उल्लेख छ ।
अमेरिकामा ७ लाख १० हजार भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् भने ३७ हजार भन्दा बढीको मृत्यु भएको छ । गत चौबीस घण्टामा अमेरिकामा दुई हजार ५३५ जनाको मृत्यु भएको थियो ।
दोस्रो र तेस्रो स्थानमा इटाली र स्पेन रहेका छन् । इटालीमा २२ हजार ५०० भन्दाबढीको ज्यान गएको छ, भने संक्रमितको एक लाख ७२ हजार नाघेको छ । स्पेनमा भने २० भन्दा बढीको मृत्यु भएको छ । संक्रमितको संख्या एक लाख ९० हजार ५०० नाघेको छ ।
कोरोनाभाइरसकै कारण अर्को युरोपेली मुलुक फ्रान्समा १८ हजार ६८१ जना र बेलायतमा १४ हजार ५७६ जनाको मृत्यु भएको छ । बेल्जियममा ५ हजार १६३ जना, जर्मनीमा ४ हजार ३५२ जना, नेदरल्यान्ड्समा ३ हजार ४५९ जना, स्वीट्जरल्यान्डमा १ हजार ३२७ जना, स्वीडेनमा एक हजार ४०० जना र आयरल्यान्डमा ५३० जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणको नेपाली समयाअनुसार शनिबार दिउँसोसम्म विवरण
क्र.सं. | देश | कूल संक्रमित | निको भएका | कूल मृत्यु |
विश्वभर | २२,५८,७२५ | ५,७५,८३७ | १,५४,३८१ | |
१. | अमेरिका | ७,१०,२७२ | ६३,५१० | ३७,१७५ |
२. | इटाली | १,७२,४३४ | ४२,७२७ | २२,७४५ |
३. | स्पेन | १,९०,८४९ | ७४,७९७ | २०,००२ |
४. | फ्रान्स | १,४७,९६९ | ३४,४२० | १८,६८१ |
५. | बेलायत | १,०८,६९२ | ३४४ | १४,५७६ |
६. | बेल्जियम | ३६,१३८ | ७,९६१ | ५,१६३ |
७. | इरान | ७९,४९४ | ५४,०६४ | ४,९५८ |
८. | चीन | ८२,७१९ | ७७,०२९ | ४,६३२ |
९. | जर्मनी | १,४१,३९७ | ८३,११४ | ४,३५२ |
१०. | नेदरल्यान्ड्स | ३०,४४९ | २५० | ३,४५९ |
दक्षिण एसिया
१. | भारत | १४,४२५ | २,०४५ | ४८८ |
२. | पाकिस्तान | ७,४८१ | १,८३२ | १४३ |
३. | बंगलादेश | १,८३८ | ५८ | ७५ |
४. | अफगानिस्तान | ९३३ | ११२ | ३० |
५. | श्रीलंका | २४४ | ७७ | ७ |
६. | नेपाल /माल्दिभ्स | ३० | २ | – |
७. | माल्दिभ्स | २९ | १६ | – |
८. | भूटान | ५ | २ | – |