कोभिड – १९ले विश्व अर्थतन्त्रमा पार्ने प्रभाव

अंग्रेजी नयाँ वर्ष शुरु हुनै लाग्दा चीनको वुहानबाट फैलिन थालेको कोभिड–१९ (कोरोना) भाइरस संक्रमणले विश्वमा ठूलो मात्रामा जनधनको नोक्सानी पुर्याएको छ । यो क्रम अझै जारी छ ।
मानवीय क्षतिसँगै विश्व अर्थतन्त्रमा नराम्रो प्रभाव पारेको छ । चाहे विकासोन्मुख देश हुन् या विकसित देश नै किन नहोस, लाखौ मानिसको जीवन मरण भइसकेको छ भने लाखौ मरण दोसादमा छन्, कोही अस्पतालको शैया छटपटाइ रहेका छन् ।
विश्वभरमा कोरोना भाइरस संक्रमणबाट हालसम्म (२०७७ वैशाख ८गते) २४,०९,८३६ जनालाई संक्रमण भएको छ भने ६,२९,२३५ निको भएका छन् । १,६५,१०९ जनाको मृत्यु भइसकेको छ । यो प्रकोप विश्व मानव सभ्यताको इतिहासकै ठूलो घातक सावित भइसकेको छ । यस रोगले न धनी, न गरिव, न ठूलो, न सानो भन्ने गरेको छ । आज विश्वमा २१० राष्ट्र मध्ये सबैमा यो रोग फैलिसकेको छ । सायद बाँकी देशमा पनि यो रोग नलाग्ला भन्न सकिन्न ।
सञ्चारमाध्यममा यो रोग चीनले उत्पादन गरेको भन्ने आरोप लागेको समाचार आएका छन् त कतै चीनमा सैनिक अभ्यास गर्न जाँदा अमेरिकाले फैल्याएको हो भन्ने आरोप पनि लगाएका छन् । तर यसको पुष्टि हुन सकेको छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भन्ने गरेका छन् । उनले चीनले भाइरस उत्पादन गरेको प्रमाणित भए ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी पनि दिएका छन् । मलाई लाग्छ, कसैले उत्पादन गरेको नभई एउटा दैविक प्रकोप हो । दैविक प्रकोप कसैको वहसमा हुँदैन । जुन समय, घडी, पलामा पनि आउन सक्छ ।
अहिले यो महामारीको रुप लिएको भाइरस रोकथामका लागि विश्वका वौद्धिक अनुसन्धानकर्ता एवं औषधि शास्त्रको महाविद्यालय भनेर चिनिने विश्व स्वास्थ्य संगठन (डव्डूएचओ) पनि अनवरत रुपमा लागि रहेको छ । तापनि यसको औषधि कसैले पत्ता लगाउन सकेको छैन । तसर्थ रोग लाग्न दिनुभन्दा रोगबाट टाढै बस्नु सबैका लागि जाति हुने देखिन्छ । घरमै वसी राष्ट्रिय, अन्तर्राष्ट्रिय मावन समुदायलाई धैर्य धारण एवं यस दुखको घडीमा साहसका साथ भगवानसँग प्रार्थना गर्नु शिवाय अरु विकल्प देखिदैन ।


आज यस भाइरस प्रकोप फैलिएको तीन महिना विति सक्दा पनि घट्दो होइन, बढ्दो अवस्थामा छ । त्यसैले लकडाउनको पालना गर्नु हामी सवैको अनिवार्यता बनेको छ । यस्तो अवस्थामा आज विश्व अर्थतन्त्र धरासायी भएको छ ।
कोभिड १९ बाट विश्व अर्थतन्त्रमा प्रभाव पर्ने केही क्षेत्रहरु
१. पर्यटन वा पर्यटक आगनमा प्रभाव
२. वस्तुको माग आपूर्तिमा प्रभाव
३. रोजगारी र आय–आर्जनमा प्रभाव
४. उत्पादन र वैदेशिक लगानी प्रभाव ।
५. अन्तर्राष्ट्रिय उत्पादन र व्यापारमा प्रभाव
६. मुद्रास्थिरतामा प्रभाव
७. वित्तीय क्षेत्रमा नकारात्मक प्रभाव
८. विश्व बजारमा मन्दीको सम्भावना ।
९. शेयर कारोवार नकारात्मक प्रभाव
१०. वैदेशिक रोजगारी गुम्नु ।
११. रेमिट्यान्समा कमी ।
१२. दाता राष्ट्रको सहयोगमा कमी ।
१३। आर्थिक वृद्धिदर नगन्य कमी ।
१४. गरिवी, भोकमरी वृद्धि ।
१५. ऊर्जा क्षेत्र र पुनर्निर्माण लगानीमा कमी ।
यस क्षेत्र प्रभाव पार्ने सम्भावना रहेको हुँदा हाम्रो देशको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने देखिन्छ । नेपालको आयआर्जनका लागि महत्वपूर्ण मानिएको पर्यटन क्षेत्र पुनर्अवस्थामा आउन धेरै समय लाग्ने देखिन्छ । तसर्थ सरकारले अर्थतन्त्रमा पर्ने गम्भीर प्रभावलाई न्यूनिकरण गर्न विशेष योजनासहितको रणनीति अख्तियार गर्नु जरुरी देखिन्छ । निजी क्षेत्रले पनि देशको अर्थतन्त्रमा परेको असरलाई न्यूनिकरण गर्ने सरकारको योजनामा सहयोग गर्नुपर्ने देखिन्छ । कोभिड–१९ भाइरसको संक्रमण फैलिन नदिन र यसबाट अर्थतन्त्रमा परेको प्रभावको सामना गर्न सबै एकजुट होऔं ।
(पर्यटन व्यवसायी समेत रहेका लेखक नेपाल पब्लिक क्याम्पसका प्राध्यापक हुन्)