गुल्मीमा आगलागीमा परी एक जनाको मृत्यु
गुल्मी । गुल्मीमा किराना पसलमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । सोमबार जिल्लाको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरको बसपार्कमा पूर्ण खनालको पसलमा आगलागी हुँदा उनका १६ वर्षिय छोरा समिर खनालको जलेर मृत्यु भएको हो।
आगालागीमा परेर एकै परिवारका तीन जना घाइते भएको इलाका प्रहरी कार्यालय चन्द्रकोटका इन्चार्ज रामप्रकाश धबलले जनाकारी दिए। आगलागीमा परी खनाल स्टोर्सका सञ्चालक वर्ष ४५ का पूर्ण खनाल, उनकी श्रीमती वर्ष ४२ की रुपा खनाल तथा जेठा छोरा वर्ष १९ का सञ्जय खनाल घाइते भएका छन् ।
घाइते तीन जनालाई उपचारका लागि पाल्पा पठाईको छ । बिहान करिब साढे एघार बजे लागेको आगो करिब ३ घण्टापछि नियन्त्रणमा आएको छ । विद्युत सर्ट हुँदा आगालागी भएको प्रहरी इन्र्चाज धवलले जनाकारी दिए। आगलागीले पसलको सबै सामग्री जलेर नष्ट भएको छ । घरबाटै डिजल, पेट्रोलसमेत विक्री हुँदै आएको थियो ।