मेगा बैंकका ग्राहकलाई फुडमाण्डुले घरमै किराना सामान ल्याइदिने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफुना ग्राहकहरुलाई लकडाउनको बेलामा पनि घरमै बसेर घरायसी सामान खरिद गर्न सक्ने व्यवस्था मिलाएको छ । मेगा बैंकले फुडमाण्डु डटकमसँगको सहकार्यमा यस्तो व्यवस्था मिलाएको हो ।
फुडमाण्डुको अनलाइन सेवाबाट सामान अर्डर गरी बिना झण्झट घरमै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । मेगा बैंकका ग्राहकहरुले मेगा स्मार्ट क्यूआर कोडबाट रकम भुक्तानी गरी १० प्रतिशतसम्म छुट पाउने सहमति पनि फुडमाण्डूसँग भएको जनाएको छ ।