गुल्मीमा पहिलो पटक (कोभिड १९) विरुद्धको बिमा पोलिसी शुभारम्भ

गुल्मी । अजोड इन्सोरेन्स कम्पनी लिमिटेड गुल्मी शाखाले गुल्मीमै पहिलो पटक कोरोना भाइरस (कोभिड १९) विरुद्धको बिमा पोलिसी शुभारम्भ गरेको छ ।

आइतबार एकै दिन जिल्लाको सदरमुकाम तम्घास स्थित शुभलक्ष्मी फर्मा तथा नेश्नल प्याथ ल्याब तथा रिसर्च सेन्टर गुल्मीका स्वास्थ्यकर्मी, ल्याब एसिस्टेन्टहरु गरी २० जनाको प्रतिव्यक्ति १ लाख रुपैँया बराबरको बिमा गरि शुभारम्भ गरिएको हो ।

त्यस अवशरमा शुभलक्ष्मी फर्मा गुल्मीका व्यवस्थापक तथा नेश्नल प्याथ ल्याब गुल्मीका शाखा प्रमुख होम बहादुर पल्लीले स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु बढी जोखिममा हुने भएकाले पनि बिमा गरिएको उल्लेख गरे ।
कोभिड १९ विरुद्धको एक लाख बराबरको बिमा व्यक्ति एक्लेले लिन परेमा वार्षिक रु १ हजार र परिवार अथवा संघसंस्थाले लिनुपरेमा प्रति सदस्य रु ६०० रुपैँया तिर्नुपर्ने छ ।
यो बिमा लेख बिमा समितिद्धारा नयाँ बनाइएको अजोड इन्सोरेन्स कम्पनी लिमिटेड गुल्मीका शाखा प्रमुख सन्तोष न्यौपानेले जानकारी दिए । यो बिमा गरे बापत बिमित व्यक्ति कोभिड १९ कोरोना भाइरस संक्रमित पीसीआर द्धारा पुष्टि भएको ७ दिनभित्रमा रु १ लाख रुपैँया परिवारले पाउने छन् ।