लकडाउनको अवधिमा ४० वटा बलात्कारका घटना


बुटवल। लकडाउन अबधीभर प्रदेश ५ मा ४० वटा बलात्कारका घटना भएको जनाइएको छ । प्रहरी कार्यालय दाङ तुल्सीपुरका प्रवक्ता पोखरेलले दिएको जानकारी अनुसार २०७६ चैत्र १२ गतेदेखि २०७७ बैशाख २१ गतेसम्म प्रदेशभर ३ जवर्जस्ती करणी उद्योगसहित ४० वटा बलात्कार घटनाका मुद्धा प्रहरी कार्यालयमा दर्ता भएका छन् ।

प्रहरीका अनुसार ४ वर्षीया बालिकादेखि ५९ वर्षीया महिलासम्म बलात्कारको शिकार भएको उल्लेख गरिएको छ । सबैभन्दा बढी बलात्कारका घटना रुपन्देहीमा १३ वटा र कपिलवस्तुमा १० वटा घटना भएका छन् ।

बाँकेमा ४ गुल्मी, रोल्पा र बर्दियामा २–२ वटा र प्युठान, नवलपरासी, दाङमा १–१ वटा बलात्कारका मुद्दा दर्ता भएका छन् भने अर्घाखाँची, पाल्पा र रुकुममा भने बलात्कारका घटना नभएको प्रहरीले जनाइएको छ ।