कोरोनाको माहामारी र विश्वको अर्थतन्त्र

डिसेम्वर २०१९ बाट चीनमा देखापरेको coronavirus Disease (CoviD-19) विश्वमा माहामारीको रुपमा देखापरेको छ । यसले विश्वको अर्थतन्त्रमा हलचल ल्याउने र राष्ट्रहरुलाई आर्थिक मन्दिकरणतर्फ लैजाने देखिन्छ । जुन आज विश्वको प्रमुख चासोको विषय बन्दै गइरहेको छ ।
विश्वमा CoviD-19 को नामले परिचित Coronavirus Disease चीनको हुवान प्रान्त हुँदै विश्वका सबै राष्ट्रहरुमा पुगिसकेको छ । जसलाई WHO ले मार्च ११, २०२० बाट माहामारीको नामांकरण गरेको छ । २०२० को जनवरीबाट आफ्नो प्रभाव देखाउन थालेको माहामारीले आजका दिनसम्म आइपुग्दा विश्वका हरेक राष्ट्रलाई थुरथुर पारिरहेको छ । रुघाखोकीको लक्षण देखाउँदै सिधै फोक्सोमा आक्रमण गर्न पुग्ने Coronavirus Disease ले विश्वका सम्पन्न मुलुकहरुमा झनै ठूलो त्रास फैलाइरहेको छ । दिनैपिच्छेको परीक्षण, संक्रमण र मृत्युको खवरले मानिसहरुमा विरक्तता थप्दै लगिरहेको छ । यो संक्रमणीय रोग भएकाले मानिसहरुमा आफ्नो सुरक्षा आफैले गर्नुपर्छ भन्ने मनस्थितिको विकास हुन थालेको पाईन्छ । यो प्राकृतिक वा कृतिम भनी बहस गरिएको पाइएतापनि यसले विश्वमा ठूलो क्षति पु¥याउने निश्चित छ । यसले पु¥याउने मानवीय क्षतिबाट विश्वले के शिक्षा लेला र के शिक्षा देलाभन्ने विषयमा भन्दा पनि मनगणन्ते शितयुद्ध (Coldwar) ले आम मानिसमा भ्रम सृजना गर्दै लगिरहेको छ । अव यस्ता भ्रमहरुलाई चिर्दै बाँच्नु र बचाउनुपर्छ भन्ने सिद्दान्तमा लागियौं भने हामी कोरोनादेखि डराउने होइन कोरोना हामीदेखि डराउँछ ।
Coronavirus Disease शरीरमा रोग प्रतिरक्षा क्षमता कमजोर हुने मानिसलाई लाग्छ र लागेपछि मृत्युवरणसम्म गराउछ भन्ने भनाईले सामान्य लक्षणमा पनि डर थप्दै लगिरहेको छ । माक्स र स्यानिटाईजरको हवालाले त बजार नै ततायो । यसले धनी, गरीब, शक्तिशाली, कमजोर कुनै पनि व्यक्ति वा राष्ट्रलाई भेदभाव नगर्ने हुँदा यसलाई “प्रजातान्त्रिक कोरोनाभाइरस डिजिज” भन्दा पनि दुईमत नहोला । WHO ले यसबाट बच्ने उत्तम उपाय– ‘घरबाट बाहिर ननिस्कने र भिडभाडमा नजाने’ बताएकाले मुलुकले लकडाउनको प्रणाली अवलम्बन ग¥यो । आज विश्व नै लकडाउनमा छ । यस परिस्थितिमा मानिसहरु सुरक्षित रहेर बाँच्ने अभिलाषाले संयमता अपनाइरहेका छन् । यस्तो परिस्थितिमा मानिसहरु बाँच्ने र बाँच्नका लागि खाने बाहेकका विकल्प छैनन् । शक्ति सम्पन्न राष्ट्रहरुले पनि यसलाई नियन्त्रण र व्यवस्थापन गर्न सक्ने परिस्थिति नदेखिएकाले आम मानिसमा त्रास बढिरहेको छ । त्रासले कमजोरी बनाउँछ, कमजोरीले लगनशिलता घटाउँछ, घटेको लगनशिलताले आर्थिक कृयाकलाप गर्दैन, आर्थिक कृयाकलाप शिथिल हुनुले अर्थतन्त्र शिथिल हुन्छ जसलाई अर्को शब्दमा आर्थिक मन्दी पनि भनिन्छ । तसर्थ Coronavirus Disease २०१९ विश्वको आर्थिक मन्दीको सुई (Injection) हो । यस्तै परिस्थितिले विश्वलाई आफ्नो भैरहेको स्तरमा पुग्न निकै समय कुर्नु पर्ने अवस्था सृजना भैरहेको देखिन्छ । सायद यो ९० वर्ष पछिको विश्वकै सबैभन्दा ठूलो आर्थिक मन्दिबनेर हामी सबैको ढोका ढोकामा नआइपुग्ला भन्न सकिने अवस्था पनि छैन ।

आजका दिन विश्वको लगभग ७ अर्व ८० करोड पुरै जनसंख्या Coronavirus Disease बाट त्रसित छ । विश्वको आर्थिक स्तरमा बलिया राष्ट्र इटाली, स्पेन अमेरिकालगायतका राष्ट्रहरु यस रोगबाट बढि प्रभावित भएको देखिन्छ । यस्ता राष्ट्रहरुमा देखिएको विपतिले औद्योगिकीकरण घट्ने र विश्वकै अर्थतन्त्रमा ठूलो क्षतिहुने आंकलन अर्थविज्ञहरुले गर्दै आएको पाइन्छ ।


CoviD-19 ले रोग सबैको साझा रहेछ, हामी सबै एक भई परास्त गरौं भन्ने अभिप्रायले मानिसहरुमा एकता थपिइरहेको छ भने बाँच्नै गाह्रो भैरहेको छ, के काम गर्नु र भन्ने अभिप्रायले मानिसले आर्थिक कृयाकलाप गर्न चाहिरहेको छैन । यसले चरम संकट निम्त्याउन सक्नेछ ।
अर्थतन्त्र समग्र आर्थिक कृयाकलापहरुको योग हो । यसले विश्वका हरेक देशहरुको स्तर मापन गर्दछ । अर्थतन्त्रकै स्तरमा रहेर विश्वले राष्ट्रहरुलाई तीन भागमा बाँडेको छ । विकसित, विकासोन्मुख र अतिकमविकसित । अर्थतन्त्र बलियो सबल रहेको देश विकसित कहलिन्छ भने कमजोर या निर्वल अर्थतन्त्र भएको देश अतिकमविकसित कहलिन्छ । यसैको आधारमा विश्वको आर्थिक मान सुचक निर्धारण हुन्छ । अर्थतन्त्रलाई बलियो र सबल राख्न धेरै भन्दा धेरै आर्थिक कृयाकलाप सञ्चालन हुनुपर्छ । सञ्चालन भै रहेका आर्थिक कृयाकलापहरुले रोजगारी सृजना गरी मानिसहरुको आयस्तर बढाइरहेका हुन्छन् । बढ्दो आयस्तरले मानिसको गुणस्तरीय जीवन निर्धारण गर्दछ । हामी सबैको प्रमुख ध्येय भनेकै गुणस्तरीय जीवन यापन गर्नू हो । सबल अर्थतन्त्रमा खर्च गर्ने क्षमता मानिसहरुमा बढि हुन्छ, बढि खर्च बढि उत्पादनको अभिप्राय हो । बढ्दो उत्पादनले उच्च गुणस्तर र बजार मूल्यमा कमि ल्याउछ । जसको कारण मानिसहरुको खरिद क्षमता बढ्छ र उपभोक्ताको बचत सृजना हुनपुग्दछ । HDI को सबलिकरण पनि प्रमुखतः अर्थतन्त्रको स्तरमा नै निर्भर रहन्छ । आजका दिन विश्व नै उत्पादनविहीनको अवस्थामा छ । यो ६/७ महिनासम्म रहिरह्यो भने विश्वको लगभग आधा जनसंख्या कोरोनाले होइन भोकमरीले मर्ने सम्भावना बढेको छ ।
आजका दिन विश्वको लगभग ७ अर्व ८० करोड पुरै जनसंख्या Coronavirus Disease बाट त्रसित छ । विश्वको आर्थिक स्तरमा बलिया राष्ट्र इटाली, स्पेन अमेरिकालगायतका राष्ट्रहरु यस रोगबाट बढि प्रभावित भएको देखिन्छ । यस्ता राष्ट्रहरुमा देखिएको विपतिले औद्योगिकीकरण घट्ने र विश्वकै अर्थतन्त्रमा ठूलो क्षतिहुने आंकलन अर्थविज्ञहरुले गर्दै आएको पाइन्छ । लगानी घट्ने, उत्पादन घट्ने, रोजगारी घट्ने हुनाले मुद्राविस्फिति (Deflation) हुने देखिन्छ । निजी क्षेत्रहरु शिथिल हुन्छन्, सरकारी क्षेत्रको ठूलो धनराशि कोरोना नियन्त्रण र व्यवस्थापनमा खर्च हुनेछ । अधिकांश श्रमिकहरु वेरोजगार बन्नेछन्, ज्यालाको दर घट्ने छ र मानिसहरुको सिमान्त उपभोग प्रवृति (MPC) बढ्छ, बचत झिनो हुन्छ तसर्थ लगानी लगभग शून्य हुन पुग्छ । यसले विश्वलाई प्राकृतिक कृषि प्रणालीमा लाग्न वाध्य बनाउन सक्ने देखिन्छ । अनावश्यक आधुनिकिकरणले पु¥याएको क्षति घट्न गई स्वच्छता र स्वस्थताको वातावरण सृजना नहोला भन्न पनि सकिदैन । यसरी हेर्ने हो भने Coronavirus Disease मानवीय सचेतिकरणको कारण स्वच्छता र स्वस्थताका जीवन जीउने अवसर पनि बन्न सक्छ । यसले विश्वबन्धुत्व र भाइचारा सृजित भई राष्ट्र–राष्ट्रहरुबीच रहेको बेमेल, द्वन्द्व नष्ट हुने र हामी सबै समान भन्ने भावना मुखरित हुन सक्ने देखिन्छ । वाणिकवादको चरम स्थितिले मानिसहरु पकृतिवादतर्फ उन्मुखहुने सम्भावनाभयो भने मानिसहरुमा सामाजिक एकता बढ्छ । यसले वस्तु आयातमा रमाउने परम्परालाई तोड्दै स्वउत्पादनमा निर्भर हुने वातावरण सृजना गर्न सक्छ । वास्तवमा अहिले विश्वको अर्थतन्त्र शिथिल बन्दै गइरहेको छ । यो माहामारी अझै ४/५ महिना रह्यो भने अर्थतन्त्र लगभग ध्वस्त नै हुन्छ । यस अवस्थाबाट पार पाउन आयातलाई निश्चितिकरण गर्दै स्वदेशी वस्तुको उत्पादन र प्रयोगमा जोड दिनुपर्ने हुन्छ । अर्थतन्त्र ढल्यो भने परनिर्भर हुनुपर्ने स्थिति देखापर्दछ । जसले स्वदेशी प्राकृतिक स्रोत–साधनको विलय गराउँछ । नागरिकको अस्मिता गुम्छ, गरीबीले डेरा जमाउछ, देशमा अपनत्व हराउँछ । यदि अन्य देशलाई खतम गरेर आफ्नो अर्थतन्त्र बलियो बनाई विश्वमा राज गर्ने सपनाले यो काम गरिएको भए त्यो अत्यन्त घृणित, निन्दनीय काम हो । आफ्नो स्वार्थका लागि विश्वका त्यति धेरै मानिसहरुको वलिदानी गराउनु आफै विलय हुने चेष्टा हो । निर्दाेस आत्माहरुलाई सकेर माहाराज बन्ने सपना देख्नु घरमा आगो लगाएर पाटीमा आश्रय लिनु सरह हो । अवका दिनमा यस्ता वहसलाई छाडेर बाँचौ र अर्थतन्त्रको सबलिकरण उन्मुख काममा हामी सबै लाग्नु पर्ने देखिन्छ । रोग आयो भन्दैमा खुट्टा तानी हाल्नु पर्ने जरुरी छैन । सचेत हौं सचेत गराऔं ।
वास्तवमा विश्व कोरोनाभाईरस डिजिजबाट आक्रान्त छ । यसबाट जोगिन जोगाउन हामी सबैको भूमिका महत्वपूर्ण छ । लोभ, मोह, राघ, द्वेष सबैलाई त्यागेर आत्मासाथ गर्ने हो भने कोरोनाभाईरस डिजिज नियन्त्रण हुने निश्चित छ । यसै स्थितिमा हुन जाने अनियमितता, स्वार्थ आदिले मानवीय भावना हराउँछ र अर्थतन्त्र लंगडो बन्दछ । यसले विश्वमा चरम गरीबी र भोकमरी ल्याउने सम्भावना देखिन्छ । तसर्थ कोरोनाको भन्दा पनि भोकमरीको माहामारीले विश्वलाई झनै तहस–नहस बनाउन सक्ने देखिन्छ । यसलाई आवश्यक व्यवस्थापन गर्न हामी सबैमा लगनशिलता, कर्तव्यनिष्ठता, नियमितता जागृत गराउनु पर्ने देखिन्छ । अव हामी सबै “कोरोना भगाऔं, अर्थतन्त्र जोगाऔं” भन्ने नारालाई मुखरित गर्दै अगाडि बढ्नु पर्ने आवश्यक्ता छ ।