विगत र भविष्यको कुरा नगरौ, वर्तमानलाई हेरौं र कृषिमा लागौं

देश आज कोरोना भइरस ओभिड –१९ ले आक्रान्त छ । प्रत्येक व्यक्तिलाई सफल वनाउनको लागि हृदयमा समझदारी, मस्तिष्कमा इमानदारी र काँधमा जिम्मेवारी हुन नितान्त आवश्यक छ । जिम्मेवारी विना कुनैपनि काम सफल हुन सक्दैन । देश विकासका लागि जिम्मेवारीझनै महत्वपूर्ण हो । आज हामीहरु कुनै पनि जिम्मेवारी वहन गर्न अघि सर्दैनौ, एकले अर्कोलाई, अर्कोले अर्कोलाई अघिकोले पछिकोलाई, पछिकोले अघिकोलाई देखाउँदै जिम्मेवारवीबाट टाढा रहने प्रचलन यो नराम्रो परम्परा जस्तै भएको छ ।
यसै कारणले गर्दा आज हामी किन गरीव भयौ, कसैले यस कुराको जवाफ दिन सक्छ ? यस्ता अनुत्तरित प्रश्नहरु धेरै छन् । आज हामी कृषि प्रधान देशका नागरिक भएर विश्वमा चिनिन्छौं तर हाम्रो कृषि प्रणाली अत्यन्त कमजोर छ । ८० प्रतिशत जनता कृषिमा आश्रित छन् भनेर भाषण गरिरहन्छन् नेताहरु । हामी अत्यन्त कमजोरीका साथ कछुवा गतिमा छौ । हाम्रो देशको कषि प्रणाली, आज कस्तुरीले आफ्नो शरीरमा भएको विणाको महत्वलाई थाहा नभएर जंगलमा खोज्न हिडे जस्तो भएको छ ।
कृषि मानवजीवनको एउटा संजीवनी वुटि हो । यो विना हाम्रो मानव सभ्यताको इतिहास लेख्न सकिदैन । यस कारणले गर्दा २१ औं शताव्दीका हामी मानवहरु विचार, विवेक सोच, चिन्तन दुरदर्शिताका साथ कृषि पेशामा आवद्ध हुनु नै आजको आवश्यकता हो । अव हामी विगत र भविष्यलाई विर्सेर वर्तमान समयमा मैले के गर्ने, हामीहरुले के गर्ने ? अथवा हामी र हाम्रो कर्तव्यलाई हृदयंगम गर्दै अघि वढ्नु नै आजको आवश्यकता हो । आज हाम्रो धनि देशका गरीव मानसिकता वोेकेका कैयौ पारिश्रमिक युवाहरु सातसमुन्द्र पारी गएर जीवनलाई वन्धक बनाई नाटकीय रुपमा अर्काको गुलामी भएका छौं । आफ्नो मातृभूमि आमालाई छाडेर सात समुन्द्र पुगे पनि हात लाग्यो शून्य जस्तो स्थिति आउने संकेत देखा परेको छ ।
विश्वमा दैनिक प्रकोप कोरोना भाइरसले संसारका मावन जातीलाई तहस–नहस वनाइसकेको छ । यस्तो परिस्थिति राष्ट्रियता, स्वाधिनता र नागरिकको महत्वपूर्ण भूमिका हुन्छ । आज विश्वमा वसेका हाम्रा नागरिकहरु आफू जन्मेको ठाउँ मातृभूमि, जन्म दिने आमा, कर्म दिने अभिभावक, गुरु, शिक्षालय आफ्नो शुभचिन्तक मिठो मसिनो आफ्ना वनपाखा, खोलानाला, लेखवेसी, डाँडाकाडा, दौतरी–चौतारी आदिलाई सम्झदै मन र मस्तिष्क एकातिर भौतिक शरीर अर्कोतिर मुर्दा जस्तै भएर पराइको गुलामी गरेको अवस्था छ । त्यसकारण मानिसलाई समयले पाठ सिकाउँछ, यही समयको महत्वलाई आत्मसाथ गर्दै कोभिड १९ ले आफ्नो भाृतभुमि फर्कि आमाको लागि केही गरौं । एक गाग्रोमा लाखौ थोपा पानी अटाउँछ भने तपाई हामी २÷४ थोपा किन अटाउन सक्दैनौ ! यो हामीहरुलाई कोडिभ – १९ ले दिएृका सन्देश हो । त्यसकारण अब हामी युवाहरुले के गर्ने भन्ने सम्बन्धमा मैले वुँदागत रुपमा केही सुझावहरु पेश गर्दै कृषि पेशामा लाग्न र आफ्नो जीवनलाई सार्थक वनाउन हामीलाई कुनै सीमा कुनै दशगजाले छेक्दैन ।
१. हामी कृषि प्रधान देशका नागरिक श्रमिक भएर यस पेशालाई रोज्ने ।
२. सकारात्मक सोच राखी कृषि पेशालाई सम्मान गर्ने ।
३. विदेशीएका युवाहरु राष्ट्रिय भावनाका साथ स्वदेश फर्कने ।
४. घरका बाँझा खेतवारीहरु अव हरियाली वनाउने ।
५. कृषि पेशालाई परम्परागत प्रणालीबाट हटाउने ।
६. कृषिलाई आधुनिकीकरण गर्ने ।
७. कृषिलाई आय आर्जन वा व्यवसायी वनाउने ।
८. पशुपालनलाई व्यवस्थित गर्ने ।
९. स्थानीय जटिवुटीहरुको संरक्षण गरी औषधिमा रुपान्तरण गर्ने ।
१०. कपास, सनपाट, मौरीपालन उन संकलनलाई प्राथमिकता दिने ।
११. स्थानीय साधान र स्रोतलाई घरेलु उद्योगमा परिणत गर्ने ।
१२. आयातमा कम प्राथमिकता निर्यातमा वढी जोड, तथापी व्रस, दाँत कोट्याउने सिन्को र कान सफा गर्ने वस्तु पनि आयात गर्नु दूःखको कुरा हो ।
१३. हाम्रो गाउँघरका वाँसहरु त्यतिकै खेर गइरहेका छन् । तर त्यसबाट वनेका सामग्रीहरु, डोको, डालो, सोली, थुन्से, घुम किन्न सुपरपार्केट धाउने चलनलाई कम गर्ने ।
१४. कृषि उत्पादन क्षेत्रमा हामी युवाहरु नलाग्ने हो भने खाद्य संकट उत्पन्न हुन्छ ।
१५. वेरोजगारी वढ्ने, पर्यटन क्षेत्रमा असर पर्ने
१६. गरिव भोकमरी बढ्ने ।
१७. स्थानीय रुपमा उन जातका भेडावाख्राहरु पाल्ने ।
१८. उन्नत जातका पशुपंक्षी जस्तै कुखुरा, हाँस, मत्स्यपालन गर्ने ।
१९. यार्सा गुम्वा संकलन र वेचविखनमा विशेष जोड ।
२०. ऊनलाई सुनमा वदलौ ।
२१. दलालबाट र कमिसन खाएर टाढा रही स्थानीय रुपमा पशुपालनबाट उत्पादित दुध, दही, घ्यू, मही छुर्पी सहकारी मार्फत वजार सम्म पु¥याउने ।
२२. स्थानीय रुपमा उद्योग खोली वजारीकरण गर्नमा जोड दिने ।
२३. २१ औं शताव्दीको सूचना प्रविधिहरु युवटुव, फेसबुक, ट्वीटरलाई पयोग गर्दै किसानको खेतवारीबाटै तरकारीहरु घरघरमा पु¥्याउने ।
२४. कृषि चिस्यान केन्द्र शितभण्डारको व्यवस्था गर्ने ।


अब सरकारले के गर्ने कृषकको लागि ?
१. स्वरोजगारमा रहेका कृषकलाई अनुदान दिने ।
२. गरीवीको पहिचान गरी तीन महिनाका लागि नगद अनुदान दिने ।
३. स्थानीय उत्पादनलाई सरकार मार्फत अन्तर्राष्ट्रिय बजारीकरण व्यवस्था मिलाई दिने ।
४. स्थानीय सरकारलाई केन्द्रले जिम्मेवारी दिने ।
५. जमिनको प्लटिङलाई तत्काल रोक्ने ।
६. ठूल–ठूला कृषि चिस्यान केन्द्र खोली भण्डारणको उचित व्यवस्था मिलाई दिने ।
७. उन्नत वाली विकासको लागि कृषिविज्ञ जेटिएको व्यवस्था गर्ने ।
८. पशुपालक कृषकलाई हौसला प्रदान गर्न भेटेनरी डाक्टरका ेव्यवस्था मिलाउने ।
९. कृषिमा लागेका युवाहरुलाई आकर्षण गर्न प्रोत्साहन गर्ने ।
१०. गरिवको पहिचान गरी राज्यले रोजगारीको ग्यारेन्टी गर्ने ।
११. नगदे वाली र वेमौसमी खेतीमा जोड दि राज्यले उचित व्यवस्था मिलाई दिने ।
१२. उन्नत किसिमको विउ, विजन, मल र आधुनिक कृषि औजारहरु उपलव्ध गराई दिने ।
१३. कृषकहरुको बाली विमाको व्यवस्था सरकारले मिलाइदिने ।
१४. टोलटोलमा सहकारी घरघरमा भकारी भन्ने सन्देश दिदै युवाहरुलाई आकर्षित गर्ने ।
१५. विदेसिएका लाखौ युवाहरुलाई गाउँफर्क अभियान चलाउने ।
१६. अरुको घर वनाउने हातहरुले आफ्नो घर किन नवनाउने वा आफ्नो गाउँ आफै वनाआंै भन्ने सन्देश दिने ।
१७. कृषिमा लागौ, गरिवी र भोकमरीलाई भगाऔं ।
(लेखक नेपाल पब्लिक संघका उपमहासचिव हुनुहुन्छ ।)