खै मेरो सरकार कहाँ छ ?


निश्चित जनसंख्या र भूगोलमा आवद्ध संरचना एउटा देश हो । निर्धारित सिमानामा आवद्ध भएर मानिसहरुले वसोवास गरेको भूगोल हो देश । देशमा बसोवास गर्ने मानिसलाई देशवासी, जनता, नागरिक भनेर सम्बोधन गरिन्छ । एउटा सच्चा देश बन्न सरकारको दयित्व र नागरिकको कर्तव्य मुखरित गरिएको हुन्छ । विश्वको माहामारी Coronavirus Disease-2019 ले प्रत्येक नागरिकलाई आफ्नो देशको अनुभूति गराएको छ ।
विश्वका प्रत्येक नागरिक एउटा न एउटा देशका नागरिक हुन् । कुनै पनि नागरिक देशविहीन छैनन् । हरेक नागरिकको आफ्नो देश छ, पहिचान छ । जुन भूगोलले मानिसलाई जन्माएको छ, नागरिक पहिचान दिएको छ, आफ्नो धर्म र संस्कृति सिकाएको छ त्यो निश्चित भूगोललाई नागरिकले मेरो देश भन्छ । जसले मलाई हुर्कायो, बढायो, भाषा, संस्कृति सहित मेरो चिनारी दियो– त्यो मेरो देश । आमनागरिकको बुझाई नै त्यहि हो ।
जुन देशले जन्मायो, हुर्कायो, सिकायो र आज मेरो नागरिक भनेर किटानी ग¥यो वास्तवमा त्यो देश जननी हुन् । आफ्ना सन्तानले आफ्नी जननीको खोजी गर्न पाउनुपर्छ । जननीले संरक्षण, पालनपोषण गर्नुपर्छ । यो पृथ्वीआमा र आकाश वुवाको संयोगबाट हरेका मानव प्राणीको जन्म हुन्छ । वास्तवमा वुवा र आमा त निमित्त मात्र हुन् । हरेक नागरिकलाई प्रकृतिले आफ्नो सन्तानप्रतिको दायित्व निर्वाह गर्न खटाएको मात्र हो । त्यसैले त भनिन्छ – “जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी” । विश्वमा कतै प्रेम भन्ने वस्तु छ भने– त्यो आफ्नो धर्ती र आकाशसँग मात्र छ । यानेकी वावु र आमा । अरु जति बाहिर देखिन्छ ति सब स्वार्थका प्रेम हुन् । निस्वार्थ प्रेम केवल आफ्नो जन्मभूमिमा हुन्छ । ‘मातृवात्सल्य रित्तिन्न जस्तै दुःख भएपनि, बचेरा गुण छाडेर टाढा टाढा .गएपनि’ वास्तवमा यि कवि भगवानका एक अंश नै रहेछन् जसले नागरिकलाई यो आत्माबोध गराए ।
प्राकृतिक प्रकोप कोरोनाभाईरस रोगले पनि हरेक मानिसलाई आफ्नो देशको वोध गरायो, सुखमा प्राय कमैले सम्झन्छन् आफ्ना मातापिता तर दुःखमा हरेक मानिसले भन्छ ऐया÷आमा मरेनी आमा दुःख पीडामा आफ्नै धर्तिमाताको खोजि हुनु सत्य हो । आज त्यहि सत्य गुञ्जीरहेको छ, बोलिरहेको छ अनुभूति भै रहेको छ । वावु आमा मौन छन् । हरेक वावु आमामा आफ्ना सन्तानका सयौं गल्ति माफदिने गुण हुन्छ । आज त्यति धेरै सन्तान तिमीलाई बोलाइरहेका छन् हे आमा (राष्ट्र) तिमी कहाँ छौं ।
निश्चित भुगोलमा बसोवास गर्ने मानिसहरुको सामुहिक भावना हुन्छ त्यो नै राष्ट्रियता हो । राष्ट्र (देश) र राष्ट्रियता बीचको अन्यान्योश्रित सम्बन्ध हुन्छ÷नाता हुन्छ जसले मेरो राष्ट्र÷देश भन्ने भावना जागृत गर्दछ । राष्ट्रियताले राष्ट्र खोज्छ । राष्ट्र र राष्ट्रियता बीचको सम्बन्ध नङ र मासुको जस्तो रहेमा हरेक राष्ट्र आत्मानिर्भर हुन्छ । देशलाई अगाढ प्रेम गर्छ, आफ्नो कर्तव्य खोजिखोजि खुसिले पूरा गर्छ । आफ्नो राष्ट्र प्रमुखलाई देवता मान्छ, आफ्नो दैनिक कृयाकलापलाई सेवा ठान्छ, सार्वजनिक धरोहरलाई आफ्नो गहना मान्छ र सँधै आफ्नो कर्तव्यप्रति निष्ठा र ईमान्दारिता राख्छ । त्यस्तो राष्ट्रभक्तलाई दुःख पर्दा सहयोग गर्ने देवता राष्ट्र प्रमुख हो । आज विश्व नै माहामारीको चपेटामा छ । यस स्थितिमा आफ्ना निश्चित लक्ष्य र उदेश्य पूरा गर्न देश वाहिर गएका सन्तान आफ्नो घर फिर्न खाजिरहेछन् । सरकारले आफ्नो घर ल्याईदिने संयन्त्र निर्माण गर्दैन, हरेक व्यक्ति, परिवार, घर विचलित छ, त्रसित छ हारगुहार गरिरहेछ तर उसको आवाज सुनिदिनु पर्नेले सुनिदिदैन, मर्म बुझिदिनु पर्नेले बुझिदिदैन । अखिर तिनको अविभावक खोई ?
नागरिकको अविभावक सरकार हुन्छ । हाम्रो देशमा तीन तहका सरकार छन् । आखिर कोरोका कारण सीमामा आइपुगेर रोकिएका, भोकले छटपटाएका, विदेशमा अलपत्र परेकाहरुका लागि सरकार खोई ? सरकार म मेरो देश फर्किन्छु, भन्नेलाई फर्काउने सरकार खोई ?। राजधानीबाट भोको पेट लिएर पैदल हिडेर घरजानेको वियोग छ ति निस्वार्थ नागरिकको सरकार खाई ? । राहत पाउन भोट दिएको हुनुपर्ने, भोट नदिनेका लागि सरकार खोर्ई ? पहुँच, चिनजान, लाठि मुङग्री गर्नेले राहत पाउछन्् पहँुचविहिनका लागि सरकार खार्ई ? सांसद, मन्त्री, सचिव, कर्मचारी, मेयर, अध्यक्षलगायतका जनप्रतिनिधिहरुको विलासी जीवन विताइरहेका छन्, आत्मा रक्षाका लागि एक पेट गरीबलाई खुवाउने प्रतिनिधि खाई ? जनताको कर लिएर खाने आजति करदाताको संरक्षण गर्ने सरकार खोई ? सरकार ! नागरिक तिम्राभक्त हुन्, भत्त नभएको देवता पूजित हुँदैन । नागरिकले दुःखमा सरकार पुकार्छ अरु समयमा आफ्नो दुःखजिलो गरेर जीयको हुन्छ । आज जीउन मुस्किल भएरै सरकारलाई गुहार मागेका हुन् । हिजो तिनलाई घर घरमा खाना पु¥याउनु परेको थिएन तर आज दुःखमा रोईरहेछन् तिनको उदार त गर सरकार ∕ राणा, राजा, पञ्चे, कांग्रेस भन्ने शब्द छोड सरकार, तिमी पार्टी होइनौ । भ्रष्टचार अनियमितता छोड सरकार, तिमी एउटा व्यक्ति होइनौं । समान राहतवितरण गर सरकार, भोट नदिने पनि तिम्रा नागरिक हुन् । धेरै सुविधाबाट विलासी नबन सरकार, आर्यघाट त सबैको एउटै हो । तसर्थ नागरिक माथिको दायित्व पुरा गर । नागरिकले दायित्व पुरा नगर्दा बल प्रयोग गरेर गराछौ । आज तिमी दायित्वविमुख किन ?
सरकार ∕ तिमीलाई जनता चाँहिदा भाँडो नत्र ठाँडो हो ? भोली ति चाहिन्नन् कि त अर्को पल्ट चाहिनन् भनेर मौन हो ? यदि त्यसो हो भने नागरिकलाई भनि देउ तिमीहरुको जिम्मेवारी सरकारले लिदैन, अव तिमीहरुको आवश्यक्ता छैन । यदि भन्न सक्दैनौ भने आफ्नो दायित्व पुरा गर, दायित्वको वोध गर, नागरिक अविभावकत्व पूरा गर । यसैमा तिम्रो कल्याण छ । धर्तीमाताले आशिरवाद दिन्छिन । नागरिक मेरो देश खाई ? खोजिरहेछन् उनीहरुलाई देश प्रदान गर । देश चिनाई देउ, देश देखाई देउ । कम्तिमा नागरिक माथिको यति दायित्व त पूरा गर स्थानीय, प्रदेश र संघीघय सरकारहरु ∕ । यदि यि नागरिक मेरो गाउँ, मेरो प्रदेश र मेरो देश खोई भनेर बाहिर हिड्न थाले भने त्यसले ल्याउने भयावह स्थितिको सामना कस्ले गर्ने ? जनप्रतिनिधिहरु जिम्मेवार बन्नु पर्छ यसमा दुईमत छैन ।
इदि मातृत्व र भ्रातृत्व सकियो भने अपनत्व हराउँछ । यसले नागरिकलाई कर्तव्य विमुख बनाउँछ भने सरकारलाई दायित्व विमुख बनाउँछ । सरकार र नागरिकबीचको सम्बन्ध अविभावक र छोरा छोरी सरह हुन्छ । यसमा सरकारले आफ्नो दायित्व र नागरिकले आफ्नो कर्तव्य निस्वार्थ रुपमा निर्वाह गर्ने हो भने कल्याणकारी राज्यको परिकल्पना यथार्तमा परिणत हुने देखिन्छ ।