चरम आर्थिक दरिद्रताले निम्त्याएको प्राकृतिक प्रकोप

आर्थिक व्यवहारले अर्थतन्त्रको नमूना तय गर्दछ । आर्थिक व्यवहार आर्थिक अनु्शासनको मियो हो यसले आर्थिक अनुशासनलाई व्यवस्थापन गर्दछ । आर्थिक व्यवहारमा अनावश्यक रुपमा अधिक आर्थिक संकलनतर्फ बढ्ने मनस्थितिको उदय हुनु दरिद्रता हो । म लिउँ, बढि लिउँ भन्ने सोच नै दरिद्रता हो । व्यक्तिगत रुपमा अनावश्यक लोभको जागृत हुनुले दरिद्रता सृजना गर्दछ । अधिक दरिद्रतालाई कानूनले होईन प्रकृति स्वयंले सबक सिकाउछ ।
अप्राकृतिक तवरबाट अधिक आर्थिक सम्पन्न बन्ने मनस्थिति दरिद्र मनस्थिति हो । दरिद्र मनस्थितिले आर्थिक कृयाकलापको क्षय गर्दछ । आफ्नो क्षमता, स्तर निश्चित आवश्यक्ता भन्दा माथिको लोभले, उत्पादक, बजार र उपभोक्ता सबैलाई हानी पु–याउछ । व्यक्ति परिवार देखि देश देश सम्म वैमनस्यता सृजना गरी द्धन्द निम्त्याउन सक्छ । आवश्यक्ता भन्दा बढि उत्पादन गर्ने चाहनाले अत्याधिक प्राकृतिक दोहन हुनपुग्दछ, उत्पादन सुद्धतामा कमि आउँछ यसले प्रकृति जीव सबलाई नकरात्मक प्रभाव पार्दछ । प्रकृतिको सदुपयोग गरी समुचित प्रयोग गर्ने काम मानिसको हो । मानिसले प्रकृतिको व्यवहारमा निर्भर रहेर जीविको पार्जन गर्नु पर्ने ठाउँमा आफू स्वयंले प्रकृतिलाई आफ्नो नियन्त्रणमा राख्न उद्यत हुनु आफ्नै विनास निम्त्याउनु हो । अधिक आर्थिक उपार्जन गरी अन्य भन्दा उत्कृष्ठ वा हाईफाईको जीवन व्यतित गर्ने चाहनाले मानिसमा अधर्म फैलाउछ । अधर्म धारण गर्नु पर्ने भन्दा बाहिरको काम/कर्म जसले सामाजिक विचलन ल्याउछ ।
सामाजिक विचलनले समाजलाई दुषित पार्दछ । आर्थिक अनियमितताले मानिसलाई आकर्षित गर्दछ । चरम दरिद्रताले मानवीय प्रेरणा घटाउछ, मानिस आफ्नो आकांक्षालाई मात्र मध्येनजर गर्दछ । अत्याधिक दरिद्रताले नै भ्रष्टाचार हुने हो । भ्रष्टाचारले सामूहिक उत्पादन घटाउछ र वेरोजगारी सृजना गर्दछ । मानिसमा सृजना भएको उच्च आकांक्षाले बढि आर्थिक प्रतिफल अपेक्षा गर्दछ । यसै अपेक्षाले द्धन्द सृजना गरी आर्थिक तथा सामाजिक, मानवीय उन्नतिलाई घटाउँछ । विश्वमा विगत देखि वर्तमानसम्म यहि दरिद्रताको कारण द्धन्द सृजना भैरहेको छ । प्राकृतिक स्रोतसाधनले सम्पन्न राष्ट्रलाई विकसित राष्ट्रले Dominate गरिरहेको हुन्छ । आजको विश्वमा विभिन्न देशहरु बीचको द्धन्द यसैको प्रतिफल हो । विभिन्न समयमा विभिन्न देशहरुबीच एक अर्कामा द्धन्द र हिंसा समेत भएका छन् । ठूलो धन जनको क्षति गराएका छन् ।
आर्थिक दरिद्रता कै कारण कतिपय शक्ति सम्पन्न राष्ट्रले स–साना राष्ट्रहरुलाई प्रत्यक्ष उपनिवेसिकरण गरे जस्तो नदेखिएता पनि अप्रत्यक्ष रुपमा शासन गरिरहेकै छन् । संयुक्त राज्य अमेरिकाले आतंककारी भन्दै ध्वस्त गरेका देश अमेरिकाको स्वार्थ विमुख भएर हो । आफ्नो स्वार्थ पुरा गर्ने उदेश्यले अमेरिकाले धेरै देशलाई ध्वस्त बनायो । आफ्नो वस्तु बढि बिकाउन वा त्यस देशको प्राकृतिक स्रोतसाधन न्यून मुल्यमा लिएर आफू सम्पन्न बन्ने अभिप्रायले अमेरिका अगि बढिरहेको छ । भारत पनि अमेरिकाको शिको गर्दै नेपालमा आफ्नो स्वार्थ लाद्दै छ । नेपालमा हुने हरेक कृयाकलाप भारतको ईच्छा मुताविक हुने, भारतको परामर्श विना नेपालमा चिलायदा पनि कन्याउन नपाईने स्थिति सृजना हुदै गईरहेको छ । विश्व व्यापारको सन्दर्भमा पनि नेपालले ११० वटा मुलुकसँग व्यापार सम्झौता गरेको भएता पनि भारतसँग मात्रै लगभग ८५∞ व्यापार गर्नु पर्ने वाध्यतामा छ । उसकै वस्तु सेवा परामर्शमा नेपालको शासकीय स्वरुप बन्दछ भन्ने कुरा विद्धानहरुको छ । वास्तवमा व्यवहारमा पनि त्यहि अनुभूति भैरहेको पाईन्छ ।
शक्तिशाली राष्ट्रहरुले कमजोर राष्ट्रहरुलाई आफ्नो परामर्श अनुकुल चलाउने, परामर्श पालना नगर्ने राष्ट्रलाई विभिन्न विल्ला लगाई नष्ट गरिदिने चलन निकै लामो समयदेखि चल्दै आईरहेको छ । यस्तो परम्पराले प्राकृतिक तथा मानवीय दुवै धर्मलाई नष्ट गर्दै लगेको छ । यसरी हुने धार्मिक नष्टले प्राकृतिक प्रकोप सृजना गर्दछ । प्रकृतिले सृजना गर्ने प्रकोप प्रजातान्त्रिक हुन्छ सबैलाई समान हुन्छ । प्राकृतिक प्रकोपलाई जतिसुकै शक्तिसम्पन्न राष्ट्रले पनि निर्मूल गर्न सक्दैन÷रोक्न सक्दैन । वास्तवमा प्राकृतिक प्रकोप जति बलियो संसारमा कुनै वस्तु छैन । समय समयमा हुने स–साना प्रकोपले एउटा दुइवटा देशलाई मात्र प्रभावित बनायो भने विश्वव्यापि प्रकोपले विश्वका हरेक देशलाई प्रभावित बनाउदछ । जसरी Coronavirus Disease-2019 ले विश्वलाई नै व्याप्त बनायो । यसले कुनैपनि देशलाई अछुतो राखेन । यसले मानवीय धर्म छाडेकालाई धर्मको बाटो देखाउने वातावरण सृजना ग–यो । विश्वका शक्तिशाली राष्ट्रहरु पैसा बाटामा फालेर, पैसाकै लागि मानवीय धर्म बिर्सियौं तर आज त्यो पैसाले काम गरेन हाम्रो पीडा रोक्न सकेन, यो पैसाको के काम भन्दै बाटामा फालेको पनि देखियो । यसले विश्वका मानिसहरुलाई के सवक सिकायो भने कृतिम लोभले गलत संस्कार भित्र्यायो । एक अर्का बीचमा अविश्वास सृजना ग–यो, मनमुटाव बढाई द्धन्द र हिंसा सृजना ग–यो । अव सबैले मानवीय प्राकृतिक धर्मलाई अवलम्वन गर्न सक्यो भने जीवनमा सृजित प्राकृतिक प्रकोपले सृजना गर्ने पीडा, दुःख सबै न्यूनिकरण हुदै जान्छन् । असत्यको बाटोबाट म धन कमाएर धनीमानी बन्नुपर्छ, मेरो गुणस्तरिय जीवन अरुको तुलनामा धेरै उच्च हुनुपर्छ भन्ने मनस्थितिलाई परिवर्तन गरी सत्यपथ तर्फ लागियो भने हामी सबैको कल्याण छ । कल्याणकारी राज्यको परिकल्पना गर्ने तर असत्यको बाटोमा हिड्ने प्रवृति विनासको÷पीडाको सूचक नै हो ।
आर्थिक सम्पन्न बन्ने स्वार्थगत ईच्छाले विश्वमा द्धन्द हिंसा सृजना गरिरहेको देखिन्छ । अत्याधिक ईच्चाकै कारण अप्राकृतिक बाटो समात्न पुग्दछ र प्राकृतिक विनाश शुरु हुन्छ । प्राकृतिक विनाशले प्राकृतिक प्रकोप सृजना गर्दछ यसले मानवीय क्षति गराउँछ जुन पीडा दायक हुन्छ । यस्ता परिस्थितिलाई न्यूनिकरण गर्ने व्यक्तिगत स्वार्थलाई छोड्दै प्राकृतिक संरचनाको संरक्षण गर्नु पर्ने देखिन्छ । प्रकृति, जीव र वनस्पति बीचको सम्बन्ध बुझ्न जरुरी छ ।