आर्थिक दुरुपयोगले निम्त्याएको नेपालमा आर्थिक संकट
आर्थिक कृयाकलाप मानिसले आफ्नो जीवनयापनको लागि सञ्चालन गर्दछ । यिनै सञ्चालित आर्थिक कृयाकलापहरुको समग्रता अर्थतन्त्र हो । यसलाई कानून विपरित व्यक्तिगत स्वार्थमा लगाउनु अर्थतन्त्रको दुरुपयोग हो । यसको दुरुपयोग हुँदा यसले आफ्नो क्षमतासम्मको उत्पादन गर्न सक्दैन जसका कारण आर्थिक कृयाकलाप घट्छ र आर्थिक संकट निम्तिन्छ ।
औपचारिक अर्थतन्त्रमा प¥याउनु पर्ने रित नपु–याई वा कानून विपरित दुरुपयोग आर्थिक दुरुपयोग हो । यसको दुरुपयोग अर्थतन्त्रको भाइरस हो । जसले आर्थिक कृयाकलापका गतिविधिहरुलाई नष्ट गरिदिन्छ । अनौपचारिक अर्थतन्त्रले औपचारिक अर्थतन्त्रलाई कमजोर बनाईदिन्छ । यसले गैरबजेटरी प्रणालीलाई प्रोत्साहन गर्दछ । जसबाट निर्दिष्ट गरिएका कार्यहरु पछि पर्छन् , उत्पादन मूखि अर्थतन्त्र भन्दा आयातमूखि अर्थतन्त्रले प्रशय पाउछ । आर्थिक कृयाकलाप देशका मुठ्ठीभरका मानिसहरुको नियन्त्रणमा हुन्छ । उनीहरुले आफ्नो मनमर्जी अनुसार कृयाकलाप सञ्चालन गर्ने हुँदा आर्थिक कृयाकलापको दायरा सानो हुन्छ । अर्थतन्त्र नै साघुरिदै जाँदा आर्थिक संकट सृजना हुन्छ ।
आर्थिक प्रणाली औपचारिक र अनौपचारिक अर्थतन्त्रमा निर्भर गर्दछ । नीति, नियम, निर्दिष्ट प्रणालीबाट सञ्चालन हुने अर्थतन्त्र औपचारिक अर्थतन्त्र हो । यो पारदर्शि र उत्तरदायी हुन्छ । अनौपचारिक अर्थतन्त्र कुनै व्यक्तिद्दारा सञ्चालित जसले सिमित नीति नियमलाई अंगालेको हुन्छ । यो प्रायःव्यक्तिगत स्वार्थमा सञ्चालन हुने हँुदा नाफामूखि हुन्छ । पारदर्शिता र उत्तरदायित्व यसमा शून्य हुन्छ । बजेटरी सिष्टमले औपचारिक अर्थतन्त्रलाई अंगालेको हुने हुँदा वार्षिक कार्यक्रमको महत्व र उपलव्धि मूल्यांकन गरिएको हुन्छ । यो साझा लक्ष्य र उदेश्यले निर्माण हुने तथा सामाजिक हितमा प्रयोग गरिनुले मानिसहरुको सामाजिक आर्थिक परिवेशमा परिवर्तन हुन्छ । यसले देशमा विद्यमान प्राकृतिक स्रोतसाधनहरुको समुचित उपयोग गरी रोजगारी तथा देशको जीटीपी आदिमा बढोत्तरी ल्याउँछ । गरीबी घटाई मानिसहरुको गुणस्तरीय जीवन व्यवस्थापन गर्न औपचारिक अर्थतन्त्रले मद्धत गरिरहेको हुन्छ । यो संगठित रुपमा परिचालन गरी उत्पादन गरिने हुनाले आवश्यक्ता र महत्वलाई प्राथमिकता दिईन्छ । यसले नीति, नियम, गुणस्तर,प्रभाव उपलव्धि आदि विषयमा मापदण्ड कायम गर्ने हुँदा तोकिएको योजना समय सापेक्ष सम्पन्न हुन्छन् । यस्ता कृयाकलापले देशको आर्थिक प्रणाली चलायमान भै रहन्छ । चलायमान अर्थतन्त्रले देशलाई आर्थिक समृद्धि तर्फ धकेल्दछ । औपचारिक अर्थतन्त्र बजेटरी प्रणालीमा आर्थिक प्रशासन चुस्त र दुरुस्त हुन आवश्यक हुन्छ । अर्थतन्त्रको दुरगति भ्रष्टचार र अनियमितताले बनाउछ । यस्ता अर्थतन्त्रलाई रोक्ने र खुट्टा भाँच्नेकाम प्राय नीति नियम तहकै व्यक्ति समुदायबाट गरिएको पाईन्छ । विशेषतः नेपालको सन्दर्भमा राजनीतिक जिम्मेवारीको कमि र अनुशासन हीनताले माथिल्लो निकायबाट नै चरम आर्थिक अनियमितता भएको पाइन्छ । यस्तो अवस्थाले गुणस्तरहीन उत्पादन बढाउछ, सिमित व्यक्तिको कमिसनका लागि आफ्नो उत्पादन भन्दा पनि आयातित उत्पादनलाई बजार दिईन्छ । वस्तु तथा सेवाको अभाव गराएर लुट्नेहरु राजनीतिक संरक्षणमा लुटिरहन्छन् । लुटेरा बनिबनाउ हुन्छन भने उत्पादक किसानको अवस्था दयनीय हुन्छ । कानून, नीति, नियम सर्वसाधारण जनताका लागि बनाइन्छ तर उच्च ओहदाका व्यक्तिहरु कानून भन्दा माथि रहेर काम गर्छन् ।
अनौपचारिक अर्थतन्त्र व्यक्तिबाट सञ्चालित अर्थतन्त्र हो । यो अर्थतन्त्र नाफामुखि हुन्छ । यो पटके आम्दानी तथा खर्च जस्तो प्रकृतिको हुन्छ । यसको प्रकृति दीर्घकालीन र नियमित नहुने हुँदा यसले मुद्रास्फिति (Inflation) बढाउछ । निश्चित आम्दानी भएका व्यक्ति समुदाय बढि प्रभावित हुन्छन् । यो अर्थतन्त्रले उपभोग क्षमतामा वृद्धि गरी आयातित वस्तुको प्रयोगमा वृद्धि गर्दछ । उत्पादनसँगै उपभोग भएर जानुले अर्थतन्त्रमा यसको प्रभाव खासै देखिन्न । देशको अर्थतन्त्रमा यसको कृयाकलाप समावेश प्रायः नहुदा देशको अर्थिक स्थिति आंकलन गर्न कठिनाइ सृजना भै रहेको हुन्छ । निदिष्ट कानूनले प्रभाव नपार्ने र व्यक्तिले नाफाको उदेश्य राखेर सञ्चालन हुनाले यसमा पारदर्शिता र जवाफदेहिता लुप्त हुन्छ । गैरबजेटरी सिष्टमबाट यो प्रणाली बढि प्रभावकारी हुन्छ । व्यक्तिगत रुपमा आर्थिक उन्नति भएता पनि सार्वजनिक रुपमा यसको प्रभाव खासै पर्दैन । स्वतन्त्र अर्थतन्त्र (Free Economy) मा हरेक मानिसलाई व्यापार व्यवसाय गरेर आम्दानी गर्ने उत्पादन गर्ने अधिकार छ । यस अन्र्तगत उत्पादन गरी व्यक्तिगत लाभ लिने अभिप्रायले सामाजिक हित पनि सृजना भईरहेको हुन्छ । आर्थिक लेनदेन भएको देखिएता पनि सरकारी संयन्त्रमा यसले खासै योगदान चाँहि पु–याईरहेको हुदैन । यो प्रणाली माछामार्न सिकाउने होईन, मारेर खानदिने प्रकृयासँग सम्वन्धित छ । सिमित व्यक्ति र स्वार्थलाई यसले योगदान पु–याउँछ तर देशको समग्र अर्थतन्त्रमा समाबेश पूर्णरुपमा भैरहेको हुदैन । यसबाट दीर्घकालीन उत्पादन हुदैन । प्रायशः यो अर्थतन्त्र भ्रष्टचार, अनियमितता तथा व्यत्तिगत स्वार्थमा केन्द्रित हुन्छ । Corona virus Disease-2019 विश्वभरी आज माहामारीको रुपमा फैलिएको छ । यस अवस्थामा उत्पादन र वितरण प्रायः ठप्प छ । आर्थिक कृयाकलाप Short down को स्थितिमा लम्किरहेको छ । उत्पादनको ठूलो पूँजी माथिल्लो स्तरकै अनियमितताले उत्पादन विहीन छ । कताबाट अवसर आउला र लिउँला भन्ने मनसायले मानिस निर्लज्ज हुदै कुरिरहेको छ । कारोबारीय पूँजी भ्रष्टचारमा जाने, बजार मूल्य बढ्ने तर उत्पादन नहुने कारण देशमा आर्थिक कृयाकलाप सुक्दछन् यसले अर्थतन्त्रलाई साँगुरो बनाएर आर्थिक संकट ल्याउछ । नेपाललाई हेर्ने हो भने सानो अर्थतन्त्र त्यो पनि ग्रामिण, पूर्णतः मौद्रिकिकरण नभएकोले पैसाको तरलता कमि छ । सानो तरल पूँजी उत्पादन विहीन क्षेत्रमा गएपछि थप उत्पादन हुदैन, रोजगारीमा कमि आउँछ, उपभोग कटौति हुन्छ पैसाको मूल्य बढि र वस्तुको कम हुन जान्छ, मानिसले लगानी गर्न चाहदैन, यि विविध कारणले मुलुकमा आर्थिक संकट (Economic Crisis) ले अर्थतन्त्रलाई थिच्छ । अनौपचारिक क्षेत्रका मानिसले आफ्नो क्षेत्रबाट हात धुनुपर्ने स्थिति देखापर्छ ।
अन्तमा, वर्तमान स्थितिमा आर्थिक संकट नियमित उपभोग र उत्पादन शून्यताको कारण देखापर्दछ । सरकारको लगानी आकस्मिक क्षेत्रमा जानेहुँदा उत्पादन हुदैन । आकस्मिक क्षेत्रमा गरिएको खर्च वालुवामा पानी खन्याए सरह हो । उत्पादन विना आर्थिक कृयाकलाप हुदैन, अर्थतन्त्र साँघुरिन्छ । साँघुरो अर्थतन्त्रले स्वतः आर्थिक संकट निम्त्याउने देखिन्छ । यो आर्थिक संकट “गाउँफर्क अभियान” को अचुक औषधी बन्नसक्छ ।