संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५०७ पुगेको छ । यी मध्ये तीन जनाको मृत्यु भइसकेको छ भने ७० जना निको भएर घर फर्किसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज थपिएकाहरुमा डडेलधुराको पराशुराम–१० का २८ वर्षीय पुरुष र वैतडीको शिवनाथ–१ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै कैलालीमा तीन जनामा संक्रमण पुष्टि भएको छ । जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमण पुष्ट भएको हो ।
यस्तै बाँकेमा भेटिएका १४ जना संक्रमितहरु १८ देखि ६१ वर्ष उमेरका पुरुषहरु छन् । उनीहरु मध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् ।
यस्तै मोरङको रतुवामाई– २ का एक जनामा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।