संविधान संशोधन विधेयक संसदमा दर्ता
काठमाडौं । सरकारले संविधान संशोधन विधेयकमा संसदमा दर्ता गरेको छ । आज विहान बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार कानूनमन्त्री शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक दर्ता गर्नु भएको हो ।
मन्त्रिपरिषद्को बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने निर्णय गरेको थियो ।