थप ३६ मा कोरोना संक्रमण, संक्रमितको संख्या ५८४ पुग्यो
काठमाडौं । नेपालमा आज थप ३६ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले थप ३६ जनामा कोरोना पुष्टि भएको बताएका हुन्।
प्रवक्ता देवकोटाले सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीको शिवनाथ गाउँपालिकाका ४ जनामा कोरोना पुष्टि भएको बताए। उनीहरु संक्रमणको आशंकामा सेती अस्पतालको आइसोलेसमा थिए। संक्रमित २० वर्षीय २ जना २२ वर्षीय १ र २७ वर्षीय १ गरी चार पुरुष रहेका छन्।
त्यस्तै कोशी अञ्चलको प्रयोगशालामा गरिएको परीक्षणमा झापाको झापा गाउँपालिकाका डिल्लीराज मावि क्वारेन्टिमा रहेका ३३ वर्षीय पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको छ।
त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमूना परीक्षणमा नरैनापुरको मद्रसाका १७ देखि ३२ वर्षसम्मका ६ जना पुरुष, नरैनपुरको राष्ट्रिय प्रविमा गरिएको नमूना संकलनमा १५ जनाको रिपोर्ट पोजिटिभ आएको हो। नरैनापुरकै २२ देखि ५० वगर्षीका ६ जना पुरुष र बर्दियाको बढैया तालका १९ वर्षीय पुरुष र सुर्खेतका दुई पुरुष र १ महिलाको रिपोर्ट पोजेटिभ आएको छ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ। जसमध्ये ७० जना निको भइसकेका छन् भने तीन जनाको मृत्यु भइसकेको छ ।