नेपालमा कोरानाको प्रभाव
सन् २०१९ डिसेम्वरमा चीनको हुवान प्रान्तमा देखापरेको कोरोना भाईरस डिजिज आज विश्वको माहामारीको रुपमा देखापरेको छ । हाल विश्वका २१३ वटा देशमा यस माहामारीले आफ्नो प्रभाव फैलाईरहेको छ । विश्वका हरेक राष्ट्र आक्रान्त छन् । विश्व बन्दा वन्दी (लकडाउन) मा छ । आर्थिक कृयाकलाप लगभग शुन्यताको अवस्थामा छ । यसले अर्थतन्त्रलाई धराशायी बनाएको छ । मानिसहरुमा त्रास फैलिएको छ । तर नेपालको सन्दर्भमा कोरोना भाईरस डिजिज (कोभिड–१९) को प्रभावलाई सकरात्मक र नकरात्मक गरी दुई भागमा विभाजन गरेर विश्लेषण गर्न सकिन्छ ।
आजका दिन सम्म विश्वमा लगभग ५३ लाख मानिसमा यो रोग संक्रमित भएको छ भने लगभग ३ लाख ४० हजारको हाराहरीमा मानिसहरुले ज्यान गुमाईसकेका छन् । यस माहामारीबाट बढि क्षति संयुक्त राज्य अमेरिकाले व्यहोरिरहेको देखिन्छ । अवस्य नै यस माहामारीले विश्वमा आर्थिक मन्दी ल्याउने निश्चित छ । यसको साथै भोकमरीले विश्वलाई जर जर बनाउने छ । आजका दिनमा विश्वलाई आर्थिक मन्दीले भन्दा पनि भोकमरीले बढि आक्रान्त बनाउने देखिन्छ । विश्व नै कोभिड–१९ले प्रभावित छ ।
नेपालको सन्दर्भमा यसको प्रभाव विश्लेषण गर्दा सकरात्मक र नकरात्मक दुवै प्रभाव सृजना भएको पाईन्छ । नेपाल विश्वमा एक अतिकम विकसित मुलुक हो यसको चश्माबाट हेर्दा यस माहामारीले सकरात्मक प्रभावमा उत्तिकै सक्रिय रहेको पाईन्छ । सकरात्मक प्रभावले उन्नती, फाईदा, विकास, सदुपयोग,चेतना जस्ता विषयलाई अंगाल्दछ भने नकरात्मक प्रभावले नाश, अवनती, दुरुपयोग, क्षति, विनाश जस्ता विषयलाई अँगाल्दछ । तसर्थ सकराम्मक प्रभाव विकास हो भने नकरात्मक प्रभाव विनाश हो ।
नेपालमा कोरोना माहामारीको प्रभाव | सकरात्मक प्रभाव नकरात्मक प्रभाव |
आम नेपालीमा रहेको विदेश मोहबाट आफ्नो देशको महत्व उजागर ग¥यो । आफ्नो बारी बाँझोराखेर बोराको चामलमा रमाउनेलाई खेती गर्नु पर्ने रहेछ भन्ने चेतना फैलायो । वाणिकवादी अर्थतन्त्रबाट विश्वलाई प्रकृतिवाद तर्फ मोडिदियो,यो प्रभाव नेपालमा बढि प¥यो । नेपाली नेपालीमा प्रेम जगायो । सहयोग गर्नु पर्छ भन्ने चेतना फैलायो । गाउँ फर्क अभियान तिव्रता दिलायो । कृषि, कृषक र तिनको महत्व चिनायो । सरकारको खाँचो महशुस गरायो । | मानवीय क्षति र त्रास सृजना ग¥यो । दीर्घकालीन आर्थिक मन्दी सृजना ग¥यो । भोकमरी र वेरोजगारी सृजना ग¥यो । माहामारी फैलिरहेको अवस्थामा भ्रष्टाचार गर्न सरकारलाई सहयोग पु¥यायो । दुई तिहाईको सरकारलाई अध्यादेश ल्याउन उक्सायो । लिम्पियाधुरा, कालापानी र लिपुलेकको नक्सा बनाउने भनेता पनि भूमि गुम्ने खतरा बढायो । जवरजस्त एमसीसी पास गराउने वातावरण सृजना ग¥यो । सरकारले बाँडेको भनेको ८० करोडको राहतले जनता भोक भोकै पैदल हिडेर गाउँ जान बाध्य बनायो । |
यि दुवै कोरोनाका माहामारीबाट सृजित प्रभाव हुन । कोरोना भाइरसले हामी सबैलाई यस्तो सबक शिकायो जुन कसैको वसमा छैन । यसले ठूलो सानो, धनी गरीब, शत्तिशााली कमजोर कसैलाई पनि भेदभाव गरेन । व्श्विका विकसित राष्ट्र जसले बढि प्रजातन्त्र अवलम्बन गर्दछन् तिनै राष्ट्रमा यस रोगले प्रशय पाएको पाईन्छ । प्रजातन्त्रलाई पूर्णत पालना गर्न नसकेका राष्ट्रमा यसको प्रभाव पनि कमै छ ।
कोरोना भाईरस डिजिज विश्वको माहामारी भएकोले यसको प्रभाव विश्वव्यापि छ । तर नेपाललाई मात्र नियालेर हेर्दा यसको प्रभाव सकरात्मक र नकरात्मक पाईन्छ । सकरात्मक प्रभाव भन्दा नकरात्मक प्रभाव वढि देखिए तापनि सकरात्मक प्रभावले नेपाललाई दीगो विकास तर्फ डो¥याउने देखिन्छ । कृषिमा आत्मनिर्भर बन्ने प्रयत्न उजागर भएको पाईन्छ ।