शिक्षण अस्पतालका विरामी र ग्राण्डकी कर्मचारीमा कोरोना संक्रमण
काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । कवानपुरको हेटौंडा उपमहानगरपालिका– ४ हुप्रचौर घर भएकी ५४ वर्षकी महिलामा शुक्रबार कोरोना भाइरस ९कोभिड १९० को संक्रमण पुष्टि भएको हो ।
मुुटु रोगको बिरामी ती महिलालाई हेटौंडा अस्पतालले एक साताअघि त्रिवि शिक्षण अस्पताल हाताको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रेफर गरेको थियो ।
ती महिलालाई गणेशमान भवनस्थित आइसोलेसनमा सारिएको बताइएको छ ।
त्यस्तै ग्राण्डी अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको बताएको थियो । उनी ग्राण्डीका कर्मचारी भएको स्रोतको दावी छ ।
उनको काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । संक्रमित व्यक्ति स्वास्थ्यकर्मी नभएको अस्पताल स्रोतले जनाएको छ ।
अब अस्पताल सिल गरेर उनको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको खोजी गर्ने र परीक्षण गर्ने तयारी भइरहेको बताइएको छ ।