सर्वोच्चको पहिलो महिला न्यायाधीश सिंहको निधन
काठमाडौं । सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंह (शिलु)को ८१ वर्षको उमेरमा शुक्रबार निधन छ।
२०५८ सालदेखि २०६३ सालसम्म सर्वोच्चको न्यायाधीश बनेकी उनको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको बताइएको छ ।
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सिंहलाई निर्भिक, इमान्दार र निष्ठावान न्यायाधीशको रुपमा आफूले चिनेको बताएका छन् । महिलाहरुको कानुनी सहायता परियोजनामा पनि उनको उल्लेखनीय योगदान रहेको बताइएको छ ।
काठमाडौंको पकनाजोलमा घर भएकी उनका श्रीमान इतिहासका जानकार मानिकलाल श्रेष्ठ हुन् । श्रेष्ठ पनि अस्वस्थ छन् । उनीहरुका एक छोरा जर्मनीको एक सरकारी अस्पतालमा डाक्टर छन् ।