गुल्मीदरबार गाउँपालिकाको पहलमा भारतमा अलपत्रको उद्दार
गुल्मी। भारतका बिभिन्न ठाउँबाट आइ सुनौली नाकामा अलपत्र परेका ५५ जनाको गुल्मीदरबार गाउँपालिकाको पहलमा उद्दार भएको छ । बिश्वब्यापि रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को सन्क्रमणबाट रोजगार गुमाइ नेपाल–भारत सीमा नाका सुनौलिमा आइ अलपत्र परेका गुल्मीदरबार गाउँपालिकाका बिभिन्न वडाका ५५ जनालार्इ गाउपालिकाले सुनौलि नाकामा वस पठाएर शनिवार राति ल्याइपुर्याएको छ । उनीहरुलाई म्यालपोखरी माबिमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको गुल्मिदरबार गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले जानकारी दिएका छन् ।
अझै बिभिन्न माध्यमबाट सीमा नाकामा आइ अलपत्र परेको खबर गाउँपालिकालाई आएको र उनीहरुलाई ल्याउने कार्यलाई निरन्तरता दिइने बस्नेतले बताएका छन् ।
उनीहरुलााई राखिएको क्वारेन्टाइनमा चारपाला प्रहरी चौकीबाट खटिएको सुरक्षाकर्मीको टोली, गाउपालिका भित्रका स्वास्थ्यकर्मी , स्वयमसेवक लगायत २४ सै घण्टा खटिइरहेको स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले बताएका छन् ।
गुल्मीदरबार गाउँपालिका कार्यपालिकाको जेठ ६ गते बसेको बैठकले भारत तथा अन्य मुलुक र देश भित्रकै पनि संक्रमण फैलिएको स्थान र त्यसको वरपरबाट आउने अर्थात नेपाल सरकारले तोकेको रेडजोनबाट गाउँपालिकाभित्र आउने जो कोहीलाई म्यालपोखरी माध्यमिक विध्यालय गौडाकोटमा स्थापना गरिने गाउँपालिका स्तरिय क्वारेन्टाईनमा राख्ने र देशभित्रका संक्रमण नफैलिएका स्थानबाट आउनेहरुलाई यसअघि नै संचालनमा आएका प्रत्येक वाडहरुमा रहेका क्वारेन्टाईनमा राख्ने निर्णय गरेको अध्यक्ष अशोक कुमार थापाले बताएका छन् ।
गुल्मीदरबार गाउँपाकिाका बिभिन्न क्वारेन्टाईनमा हालसम्म ३१ जनाको आरडिटि परिक्षण गरि सबैको रिपोर्ट नेगेटिभ आएकोले डिस्चार्ज गरिसकिएको स्वास्थ्य अधिकृत अर्यालले बताएका छन् ।
आइतबार बिहान सम्पुर्ण क्वारेन्टाइनमा रहेकाहरुलाइ स्वास्थ्यकर्मी टोलिले ज्वोरो मापन गरेको थियो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मी प्रकाश अधिकारिले बताएका छन् ।
अहिले म्यालपोखरि माबि क्वारेन्टाइनमा रहेका सम्पुर्ण बेड भरिएकोले रुन्खा दह माबिमा गाउपालिका स्तरिय क्वारेन्टाइन निर्माण गर्न लागिएको बताइएको छ ।